Sonam Wangchuk release appeal Ladakh
Sonam Wangchuk release appeal Ladakh

जेल यात्रापछि वैज्ञानिक, पर्यावरण अभियन्ता र शिक्षाविद् सोनाम वाङ्चुक

Share this news

एनएसए (राष्ट्रिय सुरक्षा अधिनियम) जस्ता कड़ा कानुन उल्लंघनको आरोपमा पक्रा परेर छ: महिना जोधपुर जेलमा बन्दी बन्नु परेको एकजना वैज्ञानिक, पर्यावरण अभियन्ता तथा प्रखर शिक्षाविद् सोनाम वाङ्चुङ अघि सरकार आफै झुक्नु पऱ्यो। उनलाई एनएसए जस्ता कड़ा कानुन लगाएर यसका यसकारण पक्राउ गरिएको थियो कारण उनले लद्दाखको भूमि, पर्यावरण र अस्तित्व बचाउन सङ्घर्ष गरि रहेका थिए। लद्दाख र लद्दाखी जनताको सुरक्षाको निम्ति लद्दाखलाई छुट्टै राज्य वा छैठौं अनुसुचि प्रदान गरिनु पर्ने उनको माग थियो। तर कार्पोरेट जगतको विस्तार गर्ने कतिपय उद्योगपतिहरूको निम्ति सोनाम वाङ्चुङको माग अनि सङ्घर्ष बाधा बनेर उभिएको थियो जुन उद्योगपतिहरुको दबदबा सरकारमा पनि थियो। जसको कारण सोनाम वाङ्चुकको सङ्घर्षलाई दबाउन सरकार प्रायोजित आईटी सेल वा अन्य एजेन्सीहरु उनको पछि लागी परेको थियो। ती सेल अनि एजेन्सीहरुले उनलाई चीन र पाकिस्तानको एजेन्ट देखाउन सम्म पछि परेन। उनलाई देश द्रोही बताए। किसिम किसिमको षड्यन्त्रहरु गरे अनि सेप्टेम्बर २०२५ मा उनलाई एनएसए जस्ता कानुन लगाएर लद्दाख बाट जोधपुर जेल पुऱ्याईयो। तर उनको सरल, स्वच्छ, ईमान्दार छवि देख्नेहरुको कमि थिएन यो देशमा। एकजना पर्यावरणवीद्, शिक्षाविद् तथा वैज्ञानिकको हैसियतले उनले शिक्षा, पर्यावरण अनि देशको निम्ति पुऱ्याएको योगदान स्वतन्त्र दृष्टिकोणले हेर्ने हरेक व्यक्ति विशेषको अघि छर्लङ्गै थियो। त्यसले गर्दा उनीमाथी सरकारको षड्यन्त्र भएको छ भन्ने बुझ्न कठिन थिएन। यो देशमा सरकार आफैबाट पनि यस्तो प्रकारको धेरै षड्यन्त्र भई रहन्छ/ भई रहेकै छ। सोनाम वाङ्चुक पनि सरकारको त्यस्तै षड्यन्त्र भित्र परे।

तर… देशको प्रत्येक स्वतन्त्र अनि सचेत वर्गलाई सरकारको षड्यन्त्र भएको थाहा थियो। जसको कारण ती प्रत्येक स्वतन्त्र सचेत वर्गबाट सरकारको यो षड्यन्त्रको बिरूद्ध आवाज उठ्यो। शोसल मिडियामा एउटा तहल्का मच्चियो। सोनाम वाङ्चुकलाई गिरफ्तार गरेर सरकारले ठूलो भूल गरेको छ भन्ने हल्ला देश विदेशमा फैलियो। जसको कारण छ: महिना पछि १२ मार्चको दिन सरकारले सोनाम वाङ्चुङ माथी लगाएको एनएसए कानुन फिर्ता लियो अनि सर्वोच्च न्यायालयले उनलाई जोधपुर जेलबाट मुक्त गऱ्यो। जेलमुक्त बनेर निस्किए पछि उनी एकजना साधारण मानिष बनेर मिडिया अघि प्रस्तुत भयो। शान्त र गम्भिर मुद्रामा उनले मिडियामा ती तमाम देशवासीलाई धन्यवाद दिए जसले उनको रिहाईको निम्ति बिभिन्न माध्यमहरुबाट आवाज उठाए, ती तमाम कानुनी सल्लाहकार अनि वकिलहरूलाई धन्यवाद दिए जसले उनको रिहाईको निम्ति कार्य गरे अनि विशेष गरिकन जोधपुरको ती मानिसहरूलाई सम्झना गर्दै धन्यवाद दिए जसले उनको रिहाईको माग गर्दै जोधपुर जेलसम्म धेरै पल्ट पैदल यात्रा गरे। तर कसैमाथी उनले बिष बमन गरेनन्। कसैको कटु आलोचना गरेनन्। कसैलाई आक्षेप लगाएनन्। कसैलाई दागा धरेनन्। कसैमाथी आक्रोश पोखाएनन्। उनले शान्त भएर अब विन-विन हूनपर्ने, गिभ एण्ड टेक हुनपर्ने कुरा बताए। उनले लद्दाखको सङ्घर्षमा पीडित बनेका जनताको पीड़ा सम्झिए, आफ्नो प्राण उत्सर्ग गर्नेहरुलाई स्मरण गरे अनि शान्ति अनि सत्यको बाटो भएरै यो सङ्घर्षलाई अघि लिएर जाने‌ बताए।

छ: महिना पछि जोधपुर जेलबाट जब उनी प्रथम पल्ट लद्दाख पुगे तब उनलाई लद्दाखी जनताले गर्मजोशी सँग स्वागत जनाए। उनलाई स्वागत गर्न आई पुगेका भीड़ले “कौन आया-कौन आया शेर आया” भन्ने नारा लगाएको सुनेपछि भीडलाई सम्बोधन गर्दै उनले त्यतिकै शान्त सँग भने “शेर आया” नभन्नुहोस्। म गधा हूँ । “शेर भन्दा म गधाको धेरै इज्जत गर्छु। शेरदेखि मानिसहरु डराउँछ, मानिसहरुलाई चोट पुऱ्याउँछ, खान्छ तर गधाले सबैको बोझ बोकी दिन्छ। कहिले पनि गधाले कसैमाथी हमला गरेको देख्नु भएको छैन। म त्यो गधा हूँ।” हाम्रो यता नेतालाई शेर मानिन्छ उता पनि जनताको त सोंचाई त्यस्तै रहेछ। फरक सोंच नेताको हुनपर्ने रहेछ।एकजना साँचो पर्यावरणवीद्, शिक्षाविद् एवम् वैज्ञानिक सँगै एकजना कुशल जननायकको भूमिकामा उभिएका सोनाम वाङचुकबाट देशको प्रत्येक राजनेताहरुले सिक्नु पर्ने कुरा धेरै छ जस्तो लाग्छ। तथापि लद्दाखको सङ्घर्ष गन्तव्यमा पुग्न अझै बाँकी नै छ। यहाँ सम्मको त सोनाम वाङ्चुकको नेतृत्वमा लद्दाखी जनताको सङ्घर्ष सहि दीशामा अघि बढ़ि रहेको छ। मशिन नभएर एकजना मानिस भएको नाताले उनले अघि लिएर जाँदै गरेको सङ्घर्षलाई कसरी अघि बढाउने हो, त्यो हेर्न बाँकी नै छ। जे होस्, लद्दाखको सङ्घर्षले लक्ष्य प्राप्त गरोस् भन्ने अपेक्षा भने अवश्यै राख्दछौं। कता कता लोभ लाग्छ हाम्रोमा पनि यस्तो नेताहरू जन्मिनु नी है। –जोकमान थापा।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ