स्कुल बन्द होइन, लालकोठी मुखी आन्दोलन हुनुपर्छ: भाजपा 

Share this news

दार्जीलिङ,19 दिसम्बर(निसं): कलकत्ता उच्च न्यायलयले जीटीए-ले 313 शिक्षकको नियुक्तिलाई अवैध ठहर गर्दै सबै नियुक्ति खारेज गरेको विषयमा चौतर्फी प्रतिक्रिया साथै विरोधको मिश्रण आआज उठिरहेको क्रममा भारतीय जनता पार्टी(भाजपा)दार्जीलिङ जिल्ला समिति महासचिव सुजेन्द्र राईले शिक्षक नोकरी गुमाउने 313 जनाको आन्दोलन लालकोठी मुखी हुनु जरुरी छ। कोलकाता उच्च न्यायालयमा विचाराधीन जीटीए क्षेत्रका 313 उच्चशिक्षक नियुक्ति मामिलामा अन्ततः उनीहरुको नोकरी न्यायालयले खारेज गरेको खबर छ भनी बताउदै, नोकरी गुमाउने ती सबै शिक्षक- शिक्षिका लगायत उनीहरुको आश्रित परिवारप्रति भारतीय जनता पार्टी(भाजपा)दार्जीलिङ जिल्ला समिति सहानुभूति प्रकट गर्छौ। राईले भनेका छन् , उनीहरुको नोकरी किन न्यायालयले रद्द गर्यो, यसबारे शिक्षक- शिक्षिकाहरु आवेगमा आएर होइन तर गम्भीर भई चिन्ता गर्नु जरुरी छ। यसको मूलदायी लालकोठीमा बस्नेहरु नै हुन्। सिस्टम र विधिलाई ताकमा थन्क्याएर जिटीएलाई अव्यवस्थित ढंगमा सञ्चालन गर्ने गरेको परिणाममध्ये एउटा यो पनि हो।उनीहरु नै यसको जवाफदेही हुनुपर्छ।  शिक्षित र योग्य युवाहरूको जीवनसित खेलवाड गर्नेहरु उनीहरू नै हुन्। बंगाल सरकारसित मिलेर काम गर्छौ भन्दै, कमिसन खाँदै, सही  व्यवस्थापन गर्नु नसक्नु लालकोठीमा बस्नेहरु नै हुन् भनी राईले दोषारोपण लगाएका छन्।उनले भनेका छन् ,  यस काण्डको दायी बंगाल सरकार पनि हो। सरकार किन चुप छ ? नोकरी गुमाउने शिक्षक शिक्षिकाहरुका आन्दोलन र घेराउ सबै लालकोठी मुखी हुनुपर्छ। बंगाल सरकारमाथि दवाव हुनुपर्छ। शिक्षित जमात फेरि मिसगाइट हुनु हुँदैन। मिसगाइट हुँदा नै यो परिस्थिति सृष्टि भएको हो। मूल दोषीहरुलाई माला र समर्थन दिँदै अरुलाई शंका गर्ने चरित्र परिवर्तन नगरेसम्म पहाडमा यो समस्याको समाधान  छैन।
     राईले अझ भनेका छन्, आफुलाई अन्याय भएको विचारलाई उजागर गर्ने गणतान्त्रिक अधिकार सबैलाई छ। तर आफ्नो अधिकार खोज्ने  प्रयासमा विद्यार्थीहरुका शैक्षिक अधिकार हनन् गर्नु सही होइन। स्कुल बन्द गर्नु उचित होइन। न्याय विचार र कानुनी प्रक्रिया मार्फत नै न्याय खोज्नु विवेकशील पहल हुनेछ। हामी सबै शिक्षक-शिशिक्षाहरुप्रति अपील गर्छौ।

Share this news
आजको रोजाइ
चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

आजको रोजाइ