वाहनको कमीले जनसाधरण समस्यामा

Share this news

खरसाङ,  (निसं): खरसाङबाट बेलुकीको समयमा सिलगढ़ी झर्ने गाड़ीको अभाव भइरहेको जनगुनासो छ। दिउँसोको 2 बजेसम्म गाड़ी राम्रैसित पाइने भए तापनि 2 बजेदेखि रातिसम्म सिलगढ़ी झर्ने गाड़ी पाउनलाई धेरै समस्या झेल्न पर्ने खरसाङ्का कतिपय यात्रीहरूले गुनासो गरेका छन्‌‍।

डुमारामका एक व्यक्तिले पाँच दिन अघि सिलगढ़ी जानलाई घरबाट बेलुका निस्किएको तर बजारमा गाड़ी नपाएर एक घण्डा भन्दा अघिक समय गाड़ी पाउनलाई प्रतिक्षा गर्नु परेको बताए। तिनले भने, खरसाङ सेण्डिकेटमा गाड़ी थिएन, दार्जीलिङबाट आउने गाड़ी सबै यात्री भरी लिएर आइरहेका थिए। यसरी गाड़ी पर्खन्दा दिक्क भएको थिएँ। अन्तमा दार्जीलिङबाट आएको एउटा गाड़ीमा हामी सबै कोचरिएर सिलगढ़ी गयौँ। खरसाङ सेण्डिकेटमा पर्याप्त गाड़ी छन्‌‍, सेण्डिकेटले बेलुकाको समयमा पनि पर्याप्त गाड़ी सेवामा राख्न पर्ने हो।

यसरी नै खरसाङ बजारका एक व्यक्तिले पनि वर्तमान समयमा बेलुका सिलगढ़ी झर्नलाई समस्या हुने गरेको बताए। तिनले पनि अघिको जस्तो गाड़ी बेलुकाको समयमा नपाइने गरेको बताउदै खरसाङ सेण्डिकेटमा बेलुकाको समय गाड़ी नरहने गरेको पनि गुनासो गरे।

यस बारेमा खरसाङ सेण्डिकेटका एक चालकसित प्रश्न गर्दा तिनले भने, वर्तमानमा के कारणले हो, सिलगढ़ी झर्ने यात्रीको संख्या अधिक छ। पहिलाबाटै विभिन्न होमस्टेहरूमा बसेका यात्रीहरू ओह्रालो झरिरहेका छन्‌‍। अर्को तर्फ हामीलाई बेलुका यात्री लिएर सिलगढ़ी आएपछि फर्कन्दा समस्या हुने गर्छ। हामी खरसाङबाट यात्री लिएर त आउँछौँ तर फर्कन्दा यात्री नभएपछि खाली गाड़ी फर्कन पर्ने हुन्छ।

यसरी खाली फर्कन्दा हामीले नोक्सान खप्नु पर्ने हुन्छ। यसो हुँदा हामी बेलुका सिलगढ़ी झर्न मन गर्दैनौँ। तिनले मंगलवार चार बजे आफू खरसाङबाट सिलगढ़ी झरेको राति फर्कन्दा यात्री नभएपछि खाली गाड़ी खरसाङ फर्कनु परेको पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ