एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर एसोसिएशनको नयाँ कमिटी गठन

Share this news

खरसाङ 28 जुन (निसं):अ खरसाङस्थित एसबी डे टीबी सेनेटोरियम कन्ट्र्याक्टर वेलफेयर एसोसिएशनको एउटा सभा प्रदीप छेत्रीको सभापतित्वमा , वार्ड नम्बर 1 को डा. अम्बेदकर गाउँ ग्राम सुधार समिति भवनमा सम्पन्न भयो। सभाको सञ्चालन सुदन जोगीले गरेका थिए। सभामा सुदन जोगीले एसोसिएशनको क्रियाकलाप साथै स्थिति बारे विस्तृत जानकारी गराए अनि तिनले एसोसिएशनको हिसाब-किताब बारे पनि सभामा जानकारी गराए। सन् 2015 मा स्थापित भएको यस एसोसिएशनमा सदस्यता प्राप्त गर्नको निम्ति जम्मा आठवटा थप निवेदन पत्र एसोसिएशनकोमा आएको प्रदीप छेत्रीले सभामा जनाए। प्राप्त निवेदनलाई जाँज गरेर अनि छलफल गरेर जम्मा सात जना नयाँ सदस्यहरू यस एशोसिएसनमा सामेल गराइएको जानकारी पनि सभामा राखियो। यस बाहेक उक्त सभामा पुरानो कमिटी विगठन गरेर एउटा नयाँ कमिटीको चयन गरियो। नयाँ कमिटीका सभापतिको पदमा मदन जोगी, उपसभापति अर्जुन छेत्री, सचिव सञ्जय मुखिया, सह सचिव विकास तामाङ, कोषाध्यक्ष सुदन जोगी, सह कोषाध्यक्ष देवेन तामाङ अनि सल्लाहकारहरूमा मोहन कुमार राई, प्रदीप छेत्री अनि सञ्जय राउत अनि पाँच जना कार्यकारिणी सदस्यहरू चयन गरियो। यस अवधि सभालाई सम्बोधन गर्दै सभापतिले आउँदो दिनमा यस एसोसिएशनलाई कसरी अघि बढ़ाउन पर्ने वा सुचारू रूपले सञ्चालन गर्न पर्ने आदि विषयमा चर्चि गरियो। सभामा कमिटीका सबै पदाधिकारीगण साथै सदस्यहरूले नव गठित कमिटीका सदस्य अनि प्रतिनिधिहरूलाई स्वागत जनाए ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ