Sarupathar
Sarupathar

भागोपले असमलाई कठिन समयमा साथ दिएको छ : शान्ति राई

Share this news

विशिष्ट शिक्षाविद श्रीमती शान्ति राईले एनआरसी, डि-भोटर अनि आधार प्रमाणीकरणका संवेदनशील मुद्दाहरूमा परिसंघको बौद्धिक हस्तक्षेपको प्रशंसा गर्दै “गोलाघाट गोर्खा गौरव सम्मान २०२५” ग्रहण गरेको जनाइन्। सरुपथार, गोलाघाट : “एनआरसी अद्यावधिक प्रक्रियामा भारतीय गोर्खा परिसंघको भूमिका असमका गोर्खाहरूका लागि नम्र साथै प्रभावकारी उदाहरण हो, जसले मौन तर बौद्धिक हस्तक्षेपद्वारा सुनिश्चित गर्यो कि कुनै पनि रैथाने गोर्खाहरू एनआरसीबाट बाहिर नहोस,” श्रीमती शान्ति राईले, गोलाघाट गोर्खा गौरव सम्मान २०२५ प्राप्त गरे पश्चात यी कुरा भनिन्। उनी सम्मान स्वीकारेको विषय मा भन्नुहुन्छ “यो सम्मान मैले मेरो दिवंगत पति श्रीमान शिवाजी राई, जो बोलोसिङ मेमोरियल स्कूल (BMS) का संस्थापक प्रधानाध्यापक र गोलाघाटमा अखिल भारतीय गोर्खा लिगका संस्थापक सदस्य साथै यसक्षेत्रका शिक्षाविद र समाज सेवक उहाँकै योगदानलाई समर्पित गर्दै ग्रहण गरें।” आभार व्यक्त गर्दै उनले भनिन्, “यो सम्मान प्रदान गर्नुहुने सम्मान छनोट समिति, गोलाघाट जिल्ला परिसंघका अध्यक्ष ज्ञनिन्द्र छेत्री, कार्यकारी अध्यक्ष गणेशकुमार गिरी, मूलसचिव रुप नारायण राई, जिल्ला पर्यवेक्षक धनप्रसाद लिम्बू र राज्य महासचिव नन्द किराती देवान जो मेरा विद्यार्थी हो सबैलाई धन्यवाद ज्ञापन गर्दछु।” स्वास्थ्यगत कारण र डिब्रुगढस्थित असम मेडिकल कलेजमा उपचाररत भएकाले श्रीमती राईले कार्यक्रममा व्यक्तिगत उपस्थिति जनाउन सकिनन्। “म मेरो अनुपस्थितिका लागि क्षमा चाहन्छु” भन्दै मेरी जेठी बुहारी मायाले मेरो तर्फबाट सम्मान ग्रहण गरेको जानकारी गराइन्।

Share this news
आजको रोजाइ
HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

HHTDCSS को तराई क्षेत्रीय संयोजकमा कृष्ण नन्द सिंहको नियुक्ति

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

ग्लास्गो राष्ट्रमण्डल खेलहरूमा खेलको संख्या घटाइँदा भारतलाई ठूलो झटका

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

प्रशिक्षकहरू र अधिकारीहरूसँगको निर्देशक-स्तरीय समन्वय बैठक

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

राष्ट्रमण्डल खेलमा भारतले दुई पदक जित्ने राम्रो सम्भावना : मुरली श्रीशंकर

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

‘प्रदर्शनमा जानुभन्दा घरमै बसेर पढेँ, अंक सुधारें’ : नीट–यूजी पुनःपरीक्षाका AIR 2 पंशुल बन्सल

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आजको रोजाइ