Sarita Limbu from Golaghat became the first 'Miss Gorkha Assam' winner
Sarita Limbu from Golaghat became the first 'Miss Gorkha Assam' winner
Share this news

गोलाघाटको मेरापानीकी छात्रा तथा युवा नेतृ सरिता लिम्बू पहिलो संस्करणको मिस गोर्खा असम प्रतियोगिताको विजेता घोषित भएकी छिन्। गोर्खा युवा मञ्चद्वारा सदियाको शान्तिपुरमा आयोजित गोर्खा महोत्सव–2025 को प्रमुख आकर्षण बनेको यो सौन्दर्य र ट्यालेन्ट प्रतियोगितामा उनले विजयी हुँदै मिस गोर्खा असम मुकुट ताज, प्रमाणपत्र तथा उपाधि प्राप्त गरिन्। गोर्खा महोत्सव शान्तिपुरमा आइतबार राति भएको कार्यक्रममा सरिता लिम्बूलाई विजेता घोषना गरिएको हो। यसै प्रतियोगितामा तिनसुकियाकी स्वेता राई पहिलो रनर अप र चिराङकी नालिगेन लिम्बू दोस्रो रनर अप घोषित भए। मिस गोर्खा असमको विजेताले सरिता लिम्बूलाई रु. ३०,००० नगद पुरस्कार, आयोजकमार्फत एक प्रतिष्ठित प्रोडक्शन हाउससँग म्यूजिक भिडियो अनुबन्ध, उपाधि तथा सम्मान प्राप्त गरिन्।

२० वर्षीया सरिता हाल गोलाघाटको डी.आर. कलेजकी बी.ए. पाँचौँ सेमेस्टरकी छात्रा तथा साथै अखिल असम गोर्खा छात्र संघ (AAGSU) गोलाघाट कलेज इकाइकी उपाध्यक्ष हुन्। मेरापानी नजिकै रहेको छल्लाङपथार गाउँमा जन्मेर हुर्केकी सरिताले प्राथमिक शिक्षा ग्रहण गरेर उनको सांस्कृतिक यात्राको शुरुवात कोविड–१९ लकडाउनका दौरान नृत्य अभ्यास कवर भिडियो धेरैले रुचाएपछि उनको उत्साह बढेको थियो। त्यही यात्रा क्रमशः मोडलिङ्ग र प्रतिभा प्रतियोगितातर्फ मोडियो, जसले उनलाई उच्च स्तरका मञ्चहरूमा पुर्‍यायो। गत वर्ष गान्तोकमा आयोजित मिस लिम्बू सिक्किम प्रतियोगितामा उनले मिस ट्यालेन्टेड पर्सनालिटी उपाधि जितेकी थिइन्। सो प्रतियोगिताकी विजेता अरुणाचलकी नेहा लिम्बूले सरिताको प्रशंसा गर्दै “वास्तवमा सरिता नै उपाधि जित्ने योग्य थिइन्” भन्दै सार्वजनिक रूपमा सम्मान व्यक्त गरेकी थिइन्।

“यो उपाधिले जिम्मेवारी थपेको छ” — सरिता लिम्बू
जीतपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सरिताले आत्मविश्वास व्यक्त गर्दै भनिन् “पहिलो मिस गोर्खा असमको उपाधिसँग ठूलो जिम्मेवारी जोडिएको छ। गोर्खा महाजातिको संस्कृति र साहित्यको संरक्षण तथा प्रवर्द्धन मेरो पहिलो प्राथमिकता हुनेछ। सामाजिक सञ्जाल र सार्वजनिक उपस्थिति मार्फत म यसका लागि समर्पित रहनेछु।”
यस संस्करणमा असमका १९ जिल्लाबाट ६७ भन्दा बढी सहभागी थिए, जसबाट विभिन्न छनोट चरणपछि मात्र शीर्ष–१५ प्रतियोगी छनोट गरिएको थियो। ख्यातिप्राप्त निर्णायक तथा प्रशिक्षकहरूले प्रतियोगिता सञ्चालन गरे, जसमा समावेश थिए सुश्री मोन नाल्बो सुब्बा ; मिस लिम्बू इन्टरनेशनल, सिक्किम, आशीष गजमेर मोडल, बोडोल्याण्ड अनि सुपु नेवार, ग्रुमर, मार्गेरिटा। प्रतियोगिता परिचय, प्रस्तुति, परम्परागत पहिरन, अन्तर्राष्ट्रिय रूप र अन्तर्वार्ता चरणमा आधारित थियो। सरिताले आफ्नो याख्थुङ लिम्बू संस्कृति, बोली र पहिरन सहितको प्रस्तुतिबाट दर्शकको मन जितिन्, जसमा उनले याख्थुङ भाषामा अभिवादन प्रस्तुत गरेकी थिइन्।

“यो कार्यक्रम सांस्कृतिक सन्देश हो” — आयोजक
कार्यक्रमका मुख्य आयोजक तथा गोर्खा युवा मञ्चका अध्यक्ष किरण लिम्बूले कार्यक्रम केवल मनोरञ्जन नभई गोर्खा युवाहरूको राजनीतिक–सामाजिक पहिचानको घोषणा भएको बताए। उनका शब्दमा “सदियामा उल्लेख्य गोर्खा जनसंख्या छ। युवाहरूले यो क्षेत्रको निर्णय प्रक्रियामा गोर्खाहरूको भूमिका महत्वपूर्ण छ भन्ने सन्देश दिनुपर्छ। मिस गोर्खा असम त्यही उद्देश्यबाट जन्मिएको अभियान हो।” उनका अनुसार दुई दिने गोर्खा महोत्सव विविध जाति जनजाति र जातीय पहिचानको सहभागितासहित अत्यन्त सफल रह्यो र गोर्खा संस्कृति, भाषा र पहिचानको संरक्षण तथा प्रवर्द्धन मुख्य उद्देश्यका साथ ऐतिहासिक प्रभाव छाडेर सम्पन्न भयो।

असमका गोर्खाहरूका लागि नयाँ सांस्कृतिक दूत
यो ऐतिहासिक उपाधिसँगै सरिता लिम्बू अब असमका गोर्खाहरूको प्रतिनिधि सांस्कृतिक छविका रूपमा स्थापित भएकी छिन्। जसले यो क्षेत्रमा आउन चाहने वा वा आउँदै गरेका युवाहरूका लागि उनी प्रेरणाकी श्रोत भएकी छिन्।

-नन्द किराती देवान, गोलाघाट, असम।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ