Santu Lama was successfully
Santu Lama was successfully

सन्तु लामाको सफलतापूर्वक उपचार गरायो कैरिंग हैण्डले

Share this news

नयाँ दिल्लीमा सञ्चालित कैरिंग हैण्ड गैरसरकारी संस्थाले दार्जीलिङ ऋषिहाट निवासी बिमारी सन्तु लामाको सफलतापूर्वक उपचार गरायो। उनको उपचारको लागि क्षेत्रीय समाजबाट अनुरोध आएपछि कैरिंग हैण्ड दार्जीलिङ ब्रान्चकी पदाधिकारी नम्रताको माध्यमबाट दिल्लीलाई जानकारी दिइएको थियो। यसक्रममा सिलगढी ब्रान्चकी मेरिना लगायत सम्पूर्ण टोलीले सन्तु लामाको बारेमा जानकारी दिइएको थियो। बिमारीको बारेमा जानकारी दिइएपछि उनलाई दिल्लीमा ल्याउनुभन्दा पहिला दार्जीलिङ लगायत सिलगडीको हस्पिटलमा देखाइएको थियो र उनको विभिन्न टेस्टहरूको क्रममा उनलाई पेनक्रियासमा ट्युमर लगायत त्यो ट्युमर चाहिँ क्यान्सरमा ९९% परिवर्तन भइसकेको कुरा डाक्टरहरुले बताएको जानकारी थियो। यही क्रममा डाक्टरले तुरुन्त सर्जरी गर्ने सल्लाह पनि दिएका थिए। परिवारमा कलह मच्चियो, यसरी परिवारमा सबैजना दुःखी भएका थिए। तर आदरणीय सन्तु लामालाई यो कुरा लुकाइयो, भनिएन। तर कसरी हुन्छ, उनको उपचार गराउने प्रयास चलिरहेको थियो। डाक्टरले चाँडोभन्दा चाँडो सर्जरी गर्न छ लाख लाग्ने भनिएको थियो। यही क्रममा नम्रतासँग सन्तु लामाका श्रीमान पेमा लामाले बातचित गर्ने क्रममा सम्पूर्ण जानकारी नम्रतालाई भने र यसै क्रममा उनले कैरिंग हैण्डका प्रमुख शिशिर राईलाई बताएपछि उनको उपचार दिल्लीमा गराउने भयो। त्यसपछाडि उनलाई एम्स हस्पिटलमा उपचार सुरु गरियो। त्यही क्रममा बिमारीको केही ब्लड टेस्टहरु रिपिट भयो। त्यो रिपोर्टहरूमा साथै पुरानो उनको सिटी स्क्यान विभिन्न टेस्टको रिपोर्ट डाक्टरले हेरेपपछि र पूर्ण ब्लड टेस्ट गरेको रिपोर्टमा कुनै पनि प्यानक्रियासमा क्यान्सर भएको छैन भन्ने कुरा थाहा पाउँदा सबै छक्क परे। तर यसबारे कसैलाई विश्वास नलागेको कारण दार्जीलिङ सिलगडीका डाक्टरहरूले बिमारीलाई प्यानक्रियासमा क्यान्सर भएको बताएको कारण दिल्ली ल्याइएको बताए। यदि तपाईंले अर्को कुनै टेस्ट गरेर क्यान्सर भए-नभएको जानकारी गराइदिए असल हुनेछ भनी डाक्टरलाई अनुरोध गरेपछि त्यतिखेरै उनले इन्डोस्कोपीको लागि गराउने सझाउ दिए। उक्त इन्डोस्कोपीको रिपोर्टमा पनि क्यान्सर सेल पाइएन। त्यसपछाडि सबैमा खुसी छायो। डाक्टरले उनको पहिलेदेखि नै गलब्लडरमा स्टोन छ, र त्यसको सर्जरी गर्ने बताए। तर यसको लागि ६ हप्ता पनि लाग्न सक्ने बताए। तर सन्तु लामाकी छोरीले दार्जीलिङ जस्तो टाढा ठाउँबाट आएका हौं
भनेपछि डाक्टरले तपाईँलाई फोन गर्छु भन्दै नम्बर लिए। उनले त्यही दिन बिमारीकी छोरीलाई फोन गरेर भोलि सर्जरीको लागि आउन सक्नुहुन्छ भने। यो कुरा सुनेर सबैमा खुसी आयो। अन्त्यमा सर्जरी लेटोस्कोपीद्वारा सफलतापूर्वक भयो। सन्तु लामा केही समय आराम गरेर अहिले उनी एकदमै स्वस्थ भएकी छिन्। यो परिवार अहिले दार्जीलिङ फर्किरहेको छ। उनको परिवारले सम्पूर्ण टिमलाई धन्यवाद ज्ञापन गरेको छ। यो अवस्था हुँदा सन्तु लामाको परिवारबाट उपचार गर्नुभन्दा पहिला राम्रोसँग विचार गरेर सल्लाह गरेर मात्र गराउनुहोस् भन्ने सुझाउ र सल्लाह पनि सबैलाई दिएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ