Sange Lahmu Sherpa became the Chairperson of Goranasan, Kalebung Committee
Sange Lahmu Sherpa became the Chairperson of Goranasan, Kalebung Committee

गोरानासं, कालेबुङ कमिटीकी अध्यक्षा बनिन् साङ्गे लहमु शेर्पा

Share this news

गोर्खा राष्ट्रिय नारी संगठन कालेबुङ कमिटीकी अध्यक्षा पदमा साङ्गे लहमु शेर्पा चयन भएकी छिन्। आज कालेबुङ आर सी मिन्त्री रोड (सीके चोक) जगन्नाथ भवनमा गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रिय समितिको प्रमुख उपस्थितिमा सांङ्ठनिक सभा सम्पन्न भएको थियो। सभामा विशेष संगठन सुदृढीकरण र आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने उद्देश्यले नयाँ गोरानासं कालेबुङ समिति गठन गरियो। केन्द्रीय समितिका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त बैठकले संगठनात्मक संरचनालाई थप मजबुत बनाउने निर्णय गरेको हो।

बैठकबाट सर्वसम्मत रूपमा निम्नानुसार पदाधिकारी तथा सदस्यहरू चयन गरिएको छ। नवगठित कालेबुङ गोरानासं अध्यक्षा पदमा साङ्गे लहमु शेर्पा, उपाध्यक्षामा मञ्जु गुरुङ, सचिवमा फुलमाया राई, उपसचिवमा रञ्जु मिश्र, कोषाध्यक्षामा शारदा डङ्गाल अनि अनिता शर्मा चयन भएका छन् भने कार्यकारिणी सदस्याहरुमा डोमा शेर्पा, सुकुमारी ग्याबा, लक्ष्मीमाया तामाङ अनि कुसुम छेत्री चयन गरिएका छन्। यसैगरी, गोर्खा राष्ट्रिय नारी संगठन केन्द्रीय समितिको प्रतिनिधिवर्गको निम्ति कालेबुङ गोरानासंबाट कल्पना लामा (ब्लक–१), सविना तामाङ (ब्लक–२), रिमा भुजेल (ब्लक–३), कुसुम तामाङ (कमिटी–टाउन), धनमाया भुजेल अनि शकुनतला मेरी चयन गरिएका छन्। नवगठित गोरानासं कालेबुङ समिति अनि गोरानासं केन्द्रीय समितिको निम्ति चयन भएका प्रतिनिधिवर्गलाई गोरानासं केन्द्रीय समिति अध्यक्षा मणिकला तामाङ अनि गोरामुमो कालेबुङका प्रतिनिधिवर्ग अनि केन्द्रीय समिति सदस्यगणद्वारा श्रद्धा लगाएर स्वागत जनाउँदै वधाइ अनि शुभकामना व्यक्त गरियो। बैठकको अन्त्यमा नवगठित समितिका पदाधिकारीहरूलाई संगठनको नीति, सिद्धान्त र उद्देश्यप्रति निष्ठावान रही जनताको हितमा काम गर्न आग्रह गरिएको थियो। सहभागी नेताहरूले एकतावद्ध भएर पार्टी अध्यक्ष मन घिसिङको हात बलियो बनाएर गोर्खा जातिको लक्ष्यहरू हासिल गर्नुपर्नेमा जोड दिएको गोरामुमो सञ्चार प्रभारी दिनेश साम्पाङले जानकारी दि छन्।।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ