शहीद गोल्ड कप टुर्नामेन्ट स्थगित

Share this news

खरसाङ, (निसं): खरसाङ महकुमा खेलकूद संघको आयोजनामा हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको छ। खरसाङ्को चानमारी सेनाको खेल मैदानमा आगामी 18 जनवरीदेखि शुरु हुने भनिएको खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्टको तेह्रौँ संस्करण हालको लागि स्थगित गरिएको जानकारी गराइएको छ। बिहीवार खरसाङ महकुमा खेलकूद संघको तर्फबाट पत्रकार सम्मेलन बोलाएर खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही समयको लागि स्थगित गरिएको जानकारी गराइएको हो। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ महकुमा खेलकूद संघको उपाध्यक्ष फुर्बा घिसिङ र सचिव निर्मल गुरुङले खरसाङ्को चानमारी आर्मी खेल मैदानमा फुटबल टुर्नामेन्ट आयोजनाको लागि अनुमति प्राप्त भएर नै फुटबल टुर्नामेन्टको लागि खेल तालिका पनि सार्वजनिक गरिएको थियो तर हिजो अचानक जलपहाड़बाट फोनमार्फत्‌‍ केही दिनको लागि स्थगित गरिदिने सूचना आएपछि खरसाङ शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट केही दिनको लागि स्थगित गरिएको हो भनी बताएका छन्‌‍। यस शहीद गोल्ड कप फुटबल टुर्नामेन्ट कहिले आयोजना गरिने त्यो विषयमा पछिबाट सूचित गरिने भएको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ