खरसाङमा रोड सुरक्षा सप्ताह अन्तर्गत सेभ ड्राइभ सेफ लाइभलाई लिएर सचेतना रैलीसहित कार्यक्रम सम्पन्न

Share this news

खरसाङ, 8 जुलाई (निसं)ः सड़क सुरक्षा सप्ताह अन्तर्गत मंगलबार अन्तिम दिन दार्जीलिङ पुलिसको आयोजनामा एंव खरसाङ ट्राफिक पुलिसको तर्फबाट खरसाङमा सेभ ड्राइभ सेफ लाइभ र ड्रग्स विरोधी अभियानलाई लिएर सचेतना रैलीको आयोजना गरियो। खरसाङको मोटर स्ट्याण्डदेखि शुरु भएको उक्त सचेतना र्‍याली हिल कार्ट रोड हुँदै अस्पताल मोड़ भएर वर्द्धवान रोड भएर पुन: मोटर स्ट्याण्डमा आएर सचेतना कार्यक्रममा परिणत भएको छ। सड़क सुरक्षा सप्ताह गत 1 जुलाईदेखि मंगलबार 8 जुलाईसम्म चलेको उक्त कार्यक्रमको अन्तिम दिन सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत सचेतना र्‍याली र सचेतना कार्यक्रमको आयोजना गरिएको छ। उक्त सचेतना र्‍यालीमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङ, भाइस चेयरम्यान सुवास प्रधान, जीटीएको कार्यकारी सभासद रतन थापा, ब्याटमिन्टन एसोसिएसनको सभापति प्रेमेन्द्र गुरूङ, खरसाङ ट्राफिक पुलिसको प्रभारी वीरेन्द्र छेत्री र उनको सहयोगी पुलिस अधिकारीहरु लगायत खरसाङ बजार क्षेत्रमा रहेका विभिन्न विद्यालयहरुका शिक्षक-शिक्षिकाहरु र विद्यार्थीहरुले भाग लिएका थिए। यसको साथै विभिन्न सिण्डीकेटका चालकहरु र अन्यहरु उपस्थित रहेका थिए। उक्त सचेतना रैलीमा सड़क सुरक्षाको लागि जनसाधारण र चालकहरुमा सचेतना फैलाउन विद्यार्थीहरुले प्ला कार्डहरु बोकेर सचेतना गराएका थिए। यस अवसरमा सड़क सुरक्षा साथै ड्रग्स रोकथामको लागि पनि सचेतना गराइएको थियो भने ट्राफिक सड़क सुरक्षा जनचेतना पर्चा पनि वितरण गरिएको थियो। सड़क सुरक्षा सचेतना र्‍याली मोटर स्ट्याण्डमा आएर सचेतना कार्यक्रममा परिणत भएको थियो, जसलाई खरसाङ ट्राफिक पुलिसको प्रभारी वीरेन्द्र छेत्रीले ट्राफिक नियमहरु विषयमा सचेतना गराउँदै खरसाङ बजारमा बाइक स्कुटीहरुको लागि पार्किङ स्थल 6 वटा स्थानहरुमा रहेको जानकारी गराएका छन्। उनले ड्रग्स बेच्ने र खानेहरुलाई पनि चेतावनी दिन्दै समाज विरोधी कार्य नगर्ने नत्र 10 वर्षको जेल सजाय हुने पनि बताएका छन्। उनले यस सचेतना र्‍याली र कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिएका छन्। ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्रीले आगामी 16 जुलाईमा ड्रग्स रोकथामको लागि वृहत् सचेतना र्‍यालीको आयोजना गरिने भएको पनि जानकारी गराएका छन्। उक्त सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङले ट्राफिक सचेतना विषयमा जनसाधारण समक्ष सन्देश लानलाई विद्यार्थीहरु बेस्ट एम्बासेडर हुन् भनी बताएका छन्। उनले खरसाङको सम्पूर्ण जनता सचेत हुनुपर्छ भनी बताउँदै ड्रग्स विरोधी अभियानमा सबैजना एक भएर काम गर्नु पर्ने बताएका छन्। उनले ट्राफिक र ड्रग्सबाहेक पनि समाजका नमिलेका सबै कुराहरु मिलेर मिलाउनुपर्छ भनी बताएका छन्। खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले आफ्नो सम्बोधनमा खरसाङ शहरलाई सुरक्षित र सठीक राख्नलाई सबैको साथ र सहयोग चाहिने बताउँदै यो बर्खाको समयमा दुर्घटनाबाट बाँच्नलाई सबैले गाढ़ीको ब्रेकहरु सठीक रुपमा जाँच गरेर चलाउनु पर्ने बताएका छन्। ब्याटमिन्टन एसोसिएसनका सभापति प्रेमेन्द्र गुरूङले ड्रग्स सेवन रोकथामको लागि कार्य गरिनु पर्ने बताउँदै ड्रग्स रोकथामको लागि सचेतना कार्यक्रम खरसाङमा आगामी 16 जुलाईमा आयोजना गरिने जानकारी गराएका छन्। वक्ताहरुले सड़क सुरक्षा विषयमा जनसाधारण र विद्यार्थीहरुलाई सचेतना गराएका थिए। वक्ताहरुले ट्राफिक सचेतना र ड्रग्स रोकथामको लागि सबैजनस मिलेर काम गर्ने प्रतिबद्धता जाहेर गरेका थिए। यस सचेतना कार्यक्रमपछि पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ ट्राफिक पुलिस प्रभारी वीरेन्द्र छेत्रीले गत 1 जुलाईदेखि आज 8 जुलाईसम्म सप्ताहव्यापी सड़क सुरक्षा सप्ताह पालन गरिएको जसमा प्रत्येक दिन विभिन्न सचेतना कार्यक्रमहरु आयोजना गरिएको र आज अन्तिम दिन सबैको सहयोगमा खरसाङमा सड़क सुरक्षा र ड्रग्स रोकथामको लागि सचेतना र्‍यालीको आयोजना गरिएको जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

न्यूनतम रोज लागु गरेर सबै सहुलियत प्रदान गरिएको खण्डमा चिया बगान श्रमिकहरूको हाजिरा 8 सय भन्दा माथि हुनेछः आरबी लामा

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

वेबसाइटबाट दार्जीलिङ पहाड़ी क्षेत्रका पञ्चायतहरूसँग सम्बन्धित तथ्याङ्क हराएको सांसदको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

विधानसभा चुनाउ नजिक भाजपा नेताहरूले अफवाह फैलाएको भागोप्रमोको आरोप

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

सिमिक लिङ्जे सरकारी जुनियर हाई स्कूलको प्लेटिनम जुबिली पालन

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

महानदी हाई स्कूलका प्रधान अध्यापक अनि सिविटार निवासी महेन्द्र छेत्रीलाई सम्मान जनाइयोको

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

संसदको शीतकालिन सत्रमा गोर्खाल्याण्डको प्राइभेट मेम्बर बील ल्याएको खण्डमा भागोप्रमोले भाजपालाई सहयोग गर्ने

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

मजुवा क्षेत्रका युवाहरूलाई सभासद् श्याम शेर्पाद्वारा जर्सी प्रदान

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङ महकुमा अस्पतालमा माँ क्यान्टिन आरम्भ

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

खरसाङमा चिसो बढ़ेपछि जनजीवन प्रभावित

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा भारतीय मानवाधिकार एशोसिएसनले बाल अधिकार र सुरक्षामाथि सचेतना कार्यक्रम

आजको रोजाइ