गिद्धे पहाड़को स्वस्थ्य केन्द्रमा सभासद् श्याम शेर्पाको भ्रमण

Share this news

खरसाङ, (निसं) : खरसाङ खण्ड अन्तर्गत घैयाबारी एक ग्राम पञ्चायतको गिध्द पहाडस्थित गिद्ध पहाड़ सुस्वास्थ्य केन्द्रमा सभासद जीटीएको स्वास्थ्य एवं परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाले भ्रमण गरेका छन्‌‍। उनीसितै घैयाबारी एक ग्राम पञ्चायतको उप प्रधान आशिष छेत्री, खरसाङ इञ्जिनियरिङ विभागको एई नारायण छेत्रीले संयुक्त रुपमा भ्रमण गरेका थिए। उक्त सेन्टरको कमिटी हेल्थ अफिसर फुर्दीकी शेर्पाले सभासद श्याम शेर्पा समक्ष उक्त स्वास्थ्य केन्द्रबारे सम्पूर्ण जानकारी गराइन्‌‍। उनले उक्त केन्द्रबाट जनताले स्वास्थ्य विषयमा पाउने सुविधाहरुबारे जानकारी गराइन्‌‍ साथै स्वास्थ्य केन्द्रमा रहेको समस्याहरुबारे पनि जानकारी गराइन्‌‍। समस्यामा विशेषगरी स्वास्थ्य केन्द्र मुख्य सड़कदेखि 20-25 मिटर मुनि रहेको र बाटोमा रेलिङ्ग नभएकोले बिरामीहरु र गर्भवती स्त्रीहरुलाई केन्द्रमा आउनु अप्ठ्यारो पर्ने भएकोले बाटोमा रेलिङ्ग बनाई दिने निवेदन पनि गरिन्‌‍। यस निरीक्षण भ्रमणबारेमा सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार जनताको लागि धेरै लाभान्वित रहेको गिध्द पहाड सुस्वास्थ केन्द्र जाने बाटोमा रेलिङ्ग नभएकोले जुन असुविधा छ। यसबारे निरीक्षण अनि निर्माण कार्यको लागि उक्त ग्राम पञ्चायतकाी प्रधान रिना छेत्री र उप प्रधान आशिष छेत्रीले जानकारी र निवेदन गरेका थिए र आज आएर निरीक्षण अनि खरसाङ इञ्जिनियरिङ विभागको इञ्जिनियरद्वारा नापजोख गराइएको पनि बताए। उनले यस विषयमा जीटीए प्रमुखलाई जानकारी गराउने अनि समाधान निकाल्ने जानकारी गराएका छन्‌‍। सभासद श्याम शेर्पाले जनतालाई सुस्वास्थ्य केन्द्रबाट सहयोग भईरहेको र यस केन्द्रको समस्या अवश्य नै समाधान गरिदिने आश्वासन दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ