सभासदद्वारा आईसीडीएस केन्द्रको निरीक्षण

Share this news

खरसाङ,  (निसं)ः खरसाङको 0608 आईसीडीएस सेन्टरमा खरसाङ शहर चिम्नी देवराली समष्टिका सभासद्‌‍ श्याम शेर्पाले निरीक्षण भ्रमण गरे। यस भ्रमणको अवधिमा तिनले मा बाल-बालिकाहरूलाई भिटामिन ए पनि खुवाए। वार्ड न0 को यस आईसीडीएस सेन्टरमा आइतवार 2 वर्षदेखि 5 वर्षसम्मका नानीहरूलाई भिटामिन ए खुवाउने कार्यक्रम सम्पन्न गरिएको हो। यस कार्यक्रममा आईसीडीएस कर्मी सीता प्रधान, सहायिका निर्मला छेत्री, आशाकर्मी साथै स्वस्थ्य कर्मी सरोजा लामाले शिविरमा कार्य गरेका थिए। बिहान 11 बजेदेखि आरम्भ गरिएको उक्त शिविरमा वार्ड नम्बर 7 अनि वरिपरिका अभिभावकहरूले आफ्नो नानीहरूलाई लिएर आएका थिए।

यस कार्यक्रममा निरीक्षण गर्दै सभासद्ले बाल-बालिकाहरूलाई भिटामिन ए खुवाएका हुन्‌‍। सभासद्ले बाल-बालिकाहरूमा भिटामिन ए कमी भए विभिन्न समस्याहरू सृजना हुने बताउदै यस्ता समस्याहरू नानीहरूमा आउन नदिनको निम्ति सबैले आफ्नो 5 वर्षसम्मका नानीहरूलाई यसरी आयोजना गरिने शिविरमा लगेर भिटामिन ए खुवाउन पर्ने बताए।

शिविरको बारेमा आईसीडीएस कर्मी सीता प्रधान अनि स्वस्थ्य कर्मी सरोजा लामाले जानकारी गराए अनुसार कति नानीहरूले घरमा सागसब्जी खान मन्दैनन्‌‍, प्याकेट फुड खानु मन पराउछन्‌‍, जसको कारण नानीहरूमा भिटामिन एको कमी भएर जान सक्छ। भिटामिन एको कमी भए नानीहरूको स्वास्थमा असर पर्छ यसैले सरकारी कार्यक्रम अनुसार समय समयमा जुगाको औषधि, भिटामिन वितरण गरिन्छ वा यस्ता शिविरहरूमा नानीहरूलाई बोलाएर खुवाउने गरिन्छ। भिटामिन ए खुवाउनाले नानीहरूलाई फाईदा हुन्छ साथै आँखालाई राम्रो हुन्छ, अन्धपनदेखि नानीहरूलाई बचाउन सकिन्छ। तिनीहरूले कार्यक्रममा सभासद्‌‍ श्याम शेर्पा निरीक्षणमा आएकोमा उनलाई हामी धन्यवाद दिन्छैाँं, यसरी शिविरमा निरीक्षण भ्रमण गरिदिएको खण्डमा हामीलाई पनि काम गर्ने उत्साह र उर्जा प्राप्त हुनेछ भने।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ