Ruden Lepcha campaign Darjeeling
Ruden Lepcha campaign Darjeeling

भागोप्रमोका उम्मेदवार रुदेन सादा लेप्चासँग संवाद कार्यक्रमको थालनी

Share this news

रुदेन सादा लेप्चासँग संवाद कार्यक्रमको थालनी भयो भने, खेल क्षेत्रका व्यक्तित्वहरूसँग पहिलो चरण सम्पन्न भएसकेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (भागोप्रमो) -का विधायक उम्मेदवार रुदेन सादा लेप्चाले विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूसँग प्रत्यक्ष संवाद तथा भेटघाट कार्यक्रमको आजदेखि औपचारिक सुरुवात गरेका छन्। आगामी विधानसभा चुनावलाई लक्षित गर्दै हरेक क्षेत्रका मानिसहरूसँग प्रत्यक्ष छलफल गरी आफ्ना धारणा स्पष्ट पार्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो।

कार्यक्रमको पहिलो दिन खेल जगतलाई केन्द्रमा राख्दै विभिन्न खेलकुदसँग आबद्ध व्यक्तित्वहरू, खेलाडीहरू तथा खेलप्रेमी युवाहरूको उल्लेखनीय सहभागितामा संवाद सम्पन्न भयो। कार्यक्रममा क्रिकेट, फुटबल, म्याराथन लगायतका विधाका खेलाडीहरू, कोच तथा रेफ्रीहरूको उपस्थिति रहेको थियो। उपस्थित विशिष्ट व्यक्तित्वहरूमा ISL फुटबल खेलाडी नाडोङ भोटिया, फुटबल खेलाडी उदय राई, राष्ट्रिय म्याराथन धावक सरस्वती राई, फुटबल रेफ्री त्रिलोक राई, क्रिकेट खेलाडी विशाल स्याङ्देन, प्रजय राई, निगेल राई, फुटबल कोच मारियो सित्लिङ (आहो) र सोनाम लगायत रहेका थिए।

यसैगरी, विभिन्न खेलकुद संस्थाहरूमा जर्जियन फुटबल क्लब, यूसीसीके, वरियर्स ग्रुप, कालेबुङ रनर्स तथा कालेबुङ रेफ्री एसोसिएसनको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा खेल क्षेत्रको वर्तमान अवस्था, चुनौतीहरू, सम्भावना तथा भविष्यमा आवश्यक सहयोगबारे खुला छलफल गरिएको थियो। उम्मेदवार रुदेन सादा लेप्चाले खेलकुद विकासका लागि आफ्नो प्राथमिकता र योजनाबारे धारणा राख्दै युवाहरूको क्षमता विकासमा विशेष जोड दिने प्रतिबद्धता व्यक्त गरे। यो कार्यक्रम आगामी दिनहरूमा शिक्षा, स्वास्थ्य, संस्कृति, व्यवसाय लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूसँग निरन्तर रूपमा सञ्चालन गरिने जानकारी छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ