Rohini Toll Tax Collection Stop
Rohini Toll Tax Collection Stop

रोहिणी मार्ग टोल शुल्क उठाउन बन्द, जनताको दीर्घकालीन माग पूरा

Share this news

दार्जीलिङ पहाडका जनताले आजदेखि एक महत्वपूर्ण र ऐतिहासिक उपलब्धिको अनुभूति गरेका छन्। लामो समयदेखि रोहिणी मार्ग प्रयोग गर्ने सर्वसाधारण, सवारी चालक, व्यापारी र यात्रुहरूले भोग्दै आएको टोल शुल्कको भार अन्ततः हटाइएको छ।

रोहिणी मार्ग दार्जिलिङ र तराईलाई जोड्ने प्रमुख सडक मार्ग हो। यस मार्गमा लाग्दै आएको टोल शुल्कका कारण स्थानीय बासिन्दा, दैनिक यात्रु, व्यवसायी तथा सवारी चालकहरू आर्थिक रूपमा प्रभावित हुँदै आएका थिए। आजदेखि उक्त टोल प्रणाली समाप्त भएसँगै जनताले ठूलो राहत महसुस गरेका छन् भनी खर्साङ ब्राञ्च कमिटी अध्यक्ष निमा लामाले जनाएका छन्।  यस उपलब्धिलाई गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष मन घिसिङको नेतृत्वमा निरन्तर उठाइँदै आएको जनसरोकारको मुद्दाको सकारात्मक परिणामका रूप हो । जनताको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसमक्ष विषयलाई प्रभावकारी रूपमा गोरामुमोले निरन्तर कार्य गरेका थिए।

त्यसैगरी, दार्जीलिङ लोकसभा क्षेत्रका सांसद राजु विष्टले पनि सडक पूर्वाधार, जनहितका विषय तथा क्षेत्रीय विकासका मुद्दाहरूमा निरन्तर पहल गर्दै आएका छन् र उनको प्रशासनिक पहलले पनि ट्याक्स बन्दको भएको भन्दै निमा लामाले जनाउदै सांसद राजु बिष्ट प्रति धन्यवाद दिदै गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको तर्फबाट आभार व्यक्त गरेका छन्। स्थानीय बासिन्दाहरूका अनुसार टोल शुल्क हटाइनुले दैनिक आवतजावत सहज हुनुका साथै व्यापार, पर्यटन र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। यस निर्णयलाई केवल प्रशासनिक परिवर्तन मात्र नभई जनभावनाको सम्मान र जनआवाजको जीतका रूपमा लिइएको छ।

दार्जीलिङ पहाडका नागरिकहरूले यस उपलब्धिलाई स्वागत गर्दै भविष्यमा पनि जनहितका यस्ता विषयहरू समाधानतर्फ उन्मुख हुने विश्वास व्यक्त गरेका छन्। “आफ्नो गाउँ, आफ्नो माटो, आफ्नो बाटो र आफ्नो अधिकारका लागि गरिएको प्रयासको सकारात्मक परिणाम आज जनताले अनुभूति गरेका छन्।”

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ