रोहिणी रोड खोलिने

Share this news

दिसम्बर (निसं):पैह्रोले वाधित रोहिणी रोड आगामी १ जनवरीदेखि खोलिने भएको छ। गत ४ अक्टोबरको राती गएको पैह्रोले वाधित बनेको रोहिणी रोड लगभग तीन महीनापछि १ जनवरी बिहीबारदेखि खोलिने भएको छ। मंगलवार अपरान्हको समयमा जीटीए प्रमुख अनित थापाले रोहिणी रोडको निरीक्षण गरे।

उनले रोहिणी रोडमा चलिरहेको मरम्मत कार्यको निरीक्षण गरे। उनले रोहिणी रोडको मरम्मत कार्य ३१ दिसम्बरसम्म पूरा गरेर रोड खोल्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ। यसको साथै मंगलवार बिहानको समयमा सम्बन्धित विभागीयअधिकारीहरुले रोहिणी रोडको निरीक्षण गरेका थिए। रोहिणी रोड १ जनवरीदेखि गाडीहरु कुदाउन खोलिए पनि मरम्मत कार्य जारी रहने भएको छ। बाटो खोलिएपछि पनि यसको कतिपय कार्यहरु जारी रहने भएको छ।

उल्लेख्य, रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग-१० भएर कुदिरहेका छन्। अब रोहिणी रोड खोलिएपछि सबैलाई सुविधा हुने भएको छ। यसको साथै रोहिणी क्षेत्रका होटल व्यवसायीहरु बाटो खोलिने भएपछि उत्साहित देखिएका छन्।

रोहिणी रोडको मरम्मत कार्य जीटीए अन्तर्गत खरसाङ अभियन्ता विभागबाट गरिएको हो। यसको मरम्मत कार्य गर्दा मुनिबाट ६ मिटर आरसीसी गरेर ८ तहसम्म आउँदा फेरि ३ मिटर आरसीसी गरेर माथि सडकसम्म आईपुग्दा २५ तहभन्दा बेसी भएको बताइएको छ। यसको साथै अहिले ससेज वाल गरेर मरम्मत गरिएको बताइएको छ।

रोहिणी रोड पैह्रोले वाधित बनेपछि सबै गाडीहरु राष्ट्रिय राजमार्ग-१० भएर कुदिरहदा महानदी, घैयाबारी, तीनधारे, रंगटङ क्षेत्रमा होटल व्यवसाय राम्रो चलिरहेको छ भने रोहिणी क्षेत्रका होटलहरु बन्द अवस्थामा रहेका छन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ