Roads were closed
Roads were closed

महानदी तीनधारे समष्टिको विभिन्न स्थानहरुमा पैह्रोले रोडहरु बन्द

Share this news

लगातार रुपमा परिरहेको पानी झरीले गर्दा तीनधारे महानदी क्षेत्रमा आइतबार जनजीवन प्रभावित बनाएको थियो। राष्ट्रिय राजमार्ग 110 अन्तर्गत तीनधारेको‌ 17 माइल क्षेत्रमा‌ नै रोडभरि पानी जमिएर‌ यातायातमा धेरै असुविधा र रोड बन्द भएको थियो भने केही समयपछि जेसीबी लगाएर सफा गरेर रोड खुलाइएको थियो।‌
त्यसरी नै राष्ट्रिय राजमार्ग 110 को दुई नम्बर बस्ती क्षेत्रमा एउटा ठूलो रुख छलेर बिहान रोड बन्द भएको थियो भने क्षेत्रीय‌ सभासद नवराज छेत्री र अन्यको पहलमा 2 घण्टापछि रोड खोलिएको थियो। तीनधारेको‌ बजारदेखि चुनभट्टी निस्कने ओल्ड मिलिटेरी रोडमा मिठाईडाँडामुनितिर पैह्रो गएपछि रोड बन्द भएको थियो जसमा क्षेत्रीय सभासद नवराज छेत्री र घैयाबारी ग्राम पञ्चायत दुईको उप प्रधान रञ्जित थापा र टोली पुगेर पोलिथिन लगाउने कार्य गरिएको थियो। उक्त रोड पैह्रोको कारणले बन्द नै रहेको बताइएको छ। त्यसरी नै दुई नम्बर बस्ती क्षेत्रमा धेरै स्थानमा पैह्रो गएको जानकारी प्राप्त भएको छ।‌ यसको साथै राष्ट्रिय राजमार्ग 110 अन्तर्गत सिलिम हिल क्षेत्रमा बनिरहेको रोडमा पनि पैह्रो गएको जानकारी प्राप्त भएको छ। क्रमशः तीनधारेदेखि सिविटार जाने रोडमा पनि पैह्रो गएर रोड वाधित बनेको छ। यसै क्रममा राष्ट्रिय राजमार्ग 110 अन्तर्गत रंगटङ्ग क्षेत्रमा पनि पैह्रो गएर रुख ढलेर रोड बिहान वाधित बने पनि केही समयपछि खोलिएको थियो।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ