चिया उत्पादक समिति र होमस्टे समितिद्वारा बाटो मरम्मति

Share this news

सिटोङ -३ ग्रामपञ्च्यात अन्तर्गत थामडाँडा मूल सडकदेखि यहाँको प्रसिद्ध पर्यटनीय स्थल पाँचपोखरीतिर जाने डेड किमी० सडकको जीर्ण अवस्था भएकोले लघु चिया उत्पादक समिति तथा होमस्टे पक्षको संयुक्त प्रयासमा सिमेण्टेड सडक बनाउने कार्य गरिएको छ। यहाँ लोकसभा सांसद विधायकदेखि लिएर पञ्चायती व्यवस्था साथै जीटीए पनि सक्रिय हुँदाहुँदै पनि यसरी क्षेत्रवासीले श्रमदान र आर्थिक सहयोगमा उक्त जीर्ण सडकको मर्मति कार्य गरिरहेका छन्। वर्तमान यो थामडाँडा परिसर अथवा अप्पर सिटोङ होमस्टे पर्यटनको निम्ति पर्यटकहरुको फस्ट च्वाइस बनेको छ। यस क्षेत्रमा लगभग २० वटा जति होमस्टे सञ्चालित छ भने पाँचपोखरीको ऐतिहासिक भ्यु पोइण्ट छ। साथै यहाँ धेरै कृषकवर्गगले जीविकोपार्जनको निम्ति चियाको खेती गरेका छन्। तथापि दुखको कुरा जुन ठाउँवाट सरकारले धेरै रेभिन्यु पाउँछ त्यही ठाउँमा जाने सडकको अवस्था किन हरिबिजोक छ ? प्रशन उठछ। धेरै अघिदेखि धेरै पटक पक्की सडकको मागंपत्र बुझाए तापनि आजसम्म केही पनि नहुनु दुःखलाग्दो कुरा रहेको लघु चिया उत्पादक समितिका सचिव किशन गुरुङ बताउँछन्।

Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ