जीटीए क्षेत्रमा 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको सडक योजना

Share this news

दार्जीलिङ,30 जून(निसं):प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत बनिरहेको सडकहरु निरिक्षण साथै इस्टिमेट बमोजिम काम गुणस्तरीय होस, जनताको कुनै पनि अभियोग भएमा भाजपा दार्जीलिङ जिल्ला समितिलाई सम्पर्क गर्दै लिखित अभियोग दर्ता गर्नुपर्ने साथै सडक निर्माण काममा लापरवाही हुँदैछ भने फोटो खिँचेर पठाउनु पर्ने, कामको बोर्ड लगाएको छ,छैन भने बुझ्नु पर्छ, जनता अब चुपचाप नबस्नु। यो जनताको रुपियाँ र गाउँको सम्पत्ति हो भनी बताउदै भारतीय जनता पार्टी(भजपा) दार्जीलिङ जिल्ला समिति उपाध्यक्ष तथा प्रवक्ता एलएम लामाले भनेका छन्, ग्रामीण क्षेत्रको पूर्वाधार विकासको निम्ति सडक सम्पर्कहरु मूल आधार हो। हाम्रो पहाडी क्षेत्रको भौगोलिक स्थिति निकै समस्या जडित छन् र सडक सम्पर्क अत्यन्तै आवश्यक देखिन्छ। केन्द्रीय सरकारको सडक अनि यातायात विभागद्वारा निकटवर्ती गाउँ-ठाउँहरुलाई जोड्ने सोंच बनाएर प्रधानमन्त्री ग्राम सडक योजना शुरु गरेको फलस्वरूप हाम्रो पहाडी क्षेत्रमा निकै सुविधा पुगेको तथ्य जनताको सामु प्रत्यक्ष छ। पहिले पहिले यस्तो  योजना सिमित हुन्थ्यो। पहाडप्रति सरकार उदार थिएन। केही वर्ष अघिदेखि नै यो योजना शुरु भएपछि गाउँले जनताले सडक र यातायातका सुविधा भोग पाउनु थालेको  हो। उनले भने अनुसार,  वर्तमानमा प्रधानमन्त्री ग्राम सडक योजनाहरुमाथि स्थानीय लोकसभा सांसदको शिफारिस आवश्यक हुने विभागको निर्देशन छ। दार्जीलिङका वर्तमान लोकसभा सांसद राजु विष्टले आफ्नो अधिकारलाई संकिण राजनैतिक सोंचदेखि माथि उठेर र पक्षपात नगरी ठाउँ-ठाउँको सडक समस्यालाई मध्ये नजर दिएर दार्जीलिङ पहाडको लागि प्रधानमन्त्री ग्राम सडक योजना अन्तर्गत वर्ष 2024-25 को लागि 1 सय 67 किलोमिटर 3 मिटरको लागि 1 सय 38 करोड 79 लाख 84 हजार रुपियाँको लागतमा जम्मा 21 वटा प्रधानमन्त्री ग्राम सडक योजना ( पीएमजीएसवाई) केन्द्रीय सरकारको सडक अनि यातायात विभागद्वारा स्वीकृत गराउन सफल भए। सरकारद्वारा एकमुष्ठमा स्वीकृत यी योजनाहरुका सूचि अहिले दार्जीलिङको क्षेत्रीय प्रशासन गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन(जीटीए)-मा पुगेर कतिवटाको जीटीए-द्वारा उनीहरुले पास गरेको जस्तो सांसदसित शिष्टचार समेतको पर्वाह नदिई शिलान्यास गर्दै ठेकादारहरु नियुक्त गरी काम शुरु गरिरहेको भाजपा स्पष्टता जानकारी गराउन चाहन्छ, यी योजनाहरु जनसुविधाको स्वार्थमा स्वीकृत भएका योजनाहरु हुन् र काममा कुनै प्रकारको लापरवाही र भ्रष्टाचार नहोस्। योजना भइरहेको गाउँ ठाउँका सामाजिक व्यक्तिहरु समेत सबै सचेत र सतर्क भई काममा लापरवाही भएमा जनविरोधको आवाज उठाउनु जरुरी छ। यो जीटीए सभासदहरु र ठेकादारहरुका व्यक्तिगत फायदाको लागि होइन। लामाले अघि बताए अनुसार, जनहितमा आएको योजनाहरु हुन् भन्ने वास्तविकता गाउँलेहरुले बुझ्नु जरुरी छ। भाजपाको प्रतिनिधिहरुका टोलीले अब चाँडै योजना भइरहेको ठाउँ-ठाउँमा गएर कामको निरिक्षण गर्नेछन्। यो जनताको जानकारी हेतु यसवर्ष कुन कुन योजनाहरु सांसदद्वारा अनुमोदित र सरकारद्वारा स्वीकृत भएको छ। जसमा , बिजनबारी ब्लक अन्तर्गत  कैजले बजारदेखि मानेभञ्ज्याङ मार्फत रेलिङ,बिहिबारे, 11 किलोमिटर 14 मिटरको लागत खर्च 9 करोड 22 लाख 14 हजार रुपियाँ, लेबुङ दार्जीलिङदेखि याङकु रोड 7 किलोमिटर 32 मिटर लमाइ, लागत खर्च 6 करोड 25 लाख, 47  हजार रुपियाँ, बिजनबारीदेखि लोधोमाबाट कैजले बजार 17 किलोमिटर 42 मिटर, लागत खर्च 13 करोड,91  लाख 38 हजार रुपियाँ,
जोरबंगलो-सुके ब्लक अन्तर्गत- पुसिम्बेङ फाटकदेखि तुङसुङ चियाबारीबाट पुसिम्बेङ चियाबारी 7 किलोमिटर 11 मिटर लमाइको सडक जसको लागत खर्च 6 करोड 44 लाख 1 हजार, तामसाङ फाटकदेखि मिम चियाबारी 9 किलोमिटर 20 मिटर, लागत 9 करोड 6 लाख, तकदाह ब्लक अन्तर्गत पुबोङदेखि नामरिङ चियाबारी 4 किलोमिटर 49  मिटर लागत, 3 करोड 49 लाख, 12  हजार रुपियाँ, मंग्पू पीडब्लूडी रोडदेखि ताकदा कान्टोमेन्ट- 17 किलोमिटर 17  मिटर लागत 13 करोड 65 लाख,12 हजार रुपियाँ, खरसाङ ब्लक गिद्ध पहाडदेखि रोहिणीबाट लोवर सिरुबारी 4 किलोमिटर 24 मिटर लागत 3 करोड 28 लाख 4 हजार रुपियाँ, कोइला गोदामदेखि जोगीघाटबाट सब्जेमाना घलेटार  9 किलोमिटर 22 मिटर लागत 7 करोड 49 लाख 21 हजार रुपियाँ, घुम्तीदेखि महल्दीरामबाट शिवखोला 4 किलोमिटर 32 मिटर, लागत 3 करोड 64 लाख 59 हजार रुपियाँ, मिरिक ब्लक  सौरिनी बजारदेखि 10 नम्बर फाटकसम्म 4 किलोमिटर 45 मिटर लागत 3 करोड 65 लाख 31 हजार रुपियाँ, खरबानीदेखि दुधेवास नोलडाँडा 4 किलोमिटर 42 मिटर लागत 3 करोड 36 लाख 31 हजार रुपियाँ,  कालेबुङ ब्लक-1 अम्बके गोलाईदेखि चारकोल फाटकमार्फत काल्देन डाँडा 3 किलोमिटर 12  मिटर, लागत 3 करोड 19 लाख 41 हजार रुपियाँ, हनुमान फाटकदेखि चुइखिम मार्फत फालेटार कम्बल 10 किलोमिटर 50 मिटर, लागत 8 करोड 45 लाख 36  हजार रुपियाँ, कालेबुङ ब्लक-2  नोक डाँडादेखि समाबियोङ कमान 3 किलोमिटर 39  मिटर लागत 2 करोड 93 लाख,92 हजार रुपियाँ, देवराली फाटकदेखि लाभा मार्फत नोक डाँडा 10 किलोमिटर 34 मिटर लागत 9 करोड 15 लाख 21 हजार रुपियाँ, लाभा रोडदेखि कागे 7 किलोमिटर 9 मिटर लागत 6 करोड 62 लाख 88 हजार रुपियाँ, पेदोड रिसी रोडदेखि भालु मार्ग मार्फत फुरुङ कमजोर 3 किलोमिटर 46 मिटर, लागत 2  करोड 80  लाख रुपियाँ,  गोरुबथान ब्लक अन्तर्गत शेर्पा गाउँदेखि सेरमाली रोड 6 किलोमिटर 65 मिटर,लागत 5 करोड 35 लाख  3 हजार रुपियाँ  पान डाँडादेखि कुमाई मोड 11 किलोमिटर 85 मिटर, लागत 9  करोड 52 लाख 41  हजार रुपियाँ, कुमाई मोडदेखि ताङता(ताङगा) 8 किलोमिटर 80 मिटर लागत 7 करोड 38  लाख 8 हजार रुपियाँ रहेको छ।लामाले अझ भनेका छन्, यति ठूलो धनराशी स्वीकृत गरी दार्जीलिङ पहाडको विभिन्न ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताको हितार्थ केन्द्रीय सरकार अधिनस्त सडक तथा यातायात मन्त्री नितिन गडकरीको खुला र सहयोगकारी मनलाई हामीले कृत्यज्ञता जनाउँदै यसको स्वीकृति हेतु सक्रिय पहल गर्ने सांसदसित धन्यवादी साथै कृत्यज्ञ छौं। अझै धेरै ग्रामीण गाउँ ठाउँमा यस्तो योजना अति आवश्यक रहेको छ। तर अहिले स्वीकृत भएको कामहरु  सबै गुणात्मक होस् हाम्रो मूल शर्त र माग छ, लामाले बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ