मुस्कान तामाङ र सुमन तामाङद्वारा सडक निर्माण

Share this news

मिरिक महकुमा अन्तर्गत थर्बु नन्दलाल गाउँ निवासी अवकाशप्राप्त भारतीय सैनिक मुस्कान तामाङ अनि चालक सुमन तामाङले स्थानीय शेराब छोइलिङ गुम्बामा आवत जावत गर्नेहरूलाई यातायातमा सुविधा होस् भन्ने उदेश्य राखेर निजी कोषमा जेसीभीद्वारा सडक खनन कार्य शनिबारदेखि शुरू गराएका छन्। यस अवसरमा बोल्दै समाजसेवीद्वयले, एकचोटीको जुनीमा मरेर लानु केही छैन। बाँचुन्जेल पुण्यको कार्य गर्नपर्छ भन्ने भावना आफूमा जागृत भएपछि अनि गुम्बामा दर्शन गर्न, खोर्लो घुमाउन आउने विशेष गरि वृद्ध अनि बाल बालिकाले यातायातमा भोग्न परेको समस्या समधान गर्न निजी कोषमा सडक खनन गरेको बताए। उक्त सडक खनन कार्यको लागि क्षेत्रीय सभासद मिलेस राईप्रति पनि अर्जी चडाएका थिए तर कतिपय कारणले उनले जेसीभी उपलब्ध गराउन सकेनन्। तर खनन कार्य भएपछि उक्त सडकलाई अलकत्रे बनाउन सभासदले पहल गरिदिने कुरोमा हामी आशावादी रहेको बताए। द्वयले सडक खनन कार्य गर्नको लागि जमिन उपलब्ध गरिदिनेहरूप्रति पनि आभार प्रकट गरे। स्मरण रहोस् मुस्कान तामाङले यसभन्दा अघि पनि गुम्बामा लगभग 6 लाख रूपियाँ निजी खर्च गरेर खोर्लो निर्माण गरिदिएका थिए।

Share this news
आजको रोजाइ
पेदोङ–लिङ्से सडकको जीर्ण अवस्था: मरम्मतमा ढिलाइ हुँदा स्थानीयवासी र विद्यार्थी समस्यामा

लङभ्यू चियाबारी आन्दोलन जारी, अनशनको ९० दिन पुगेको दाबी; श्रमिकले पीएफसहित बक्यौता भुक्तानीको माग दोहोर्‍याए

राष्ट्रिय राजमार्ग–१० सुचारू राख्न एनएचआईडीसीएलको निरन्तर प्रयास, बाघपुल क्षेत्रमा पहिरो पन्छाउने काम जारी

अन्तिम वनडे जित्यो वेस्ट इन्डिज, तर शृङ्खला ३–२ ले न्यूजिल्यान्डको नाम

कालेबुङमा अविरल वर्षापछि पहिरोको जोखिम बढ्यो, दुई परिवार उच्च जोखिममा

कृष्णनन्द सिंह आईजीजेएफको श्रमिक संगठनको तराई क्षेत्रीय संयोजक नियुक्त

दार्जीलिङका जनताको आवाज सदनदेखि सडकसम्म उठाउने प्रतिबद्धता जनाए विधायक नोमन राई

कालेबुङमा जिल्लास्तरीय रोजगार मेला–२०२६ सम्पन्न, १७ दक्ष युवा सम्मानित

राजनीतिक समाधानको अभियानलाई अघि बढाइरहेको गोरामुमोको दाबी, पुराना नेता–कार्यकर्ता पुनः पार्टीमा फर्किने क्रम जारी

खरसाङ सुपर लिग २०२६ : युनाइटेड खरसाङ एफसी र खरसाङ स्पोर्टिङ क्लब विजयी