Road construction kalimpong
Road construction kalimpong

विभाग मौन रहेपछि बोङबस्तीमा गाउँलेले सड़क मर्मत आफैँ गरे

Share this news

Road construction kalimpong

लामो समयदेखि विभागीय लापरवाही र मौनताले थलिएको बोङबस्ती क्षेत्रको सिडफार्मदेखि टारी गाउँसम्मको जीर्ण सड़क आइतबार गाउँले, चालक र ग्राम पञ्चायतको सक्रिय ऐक्यबद्धतामा मर्मत गरिएको छ। प्रधानमन्त्री ग्राम सड़क योजनाअन्तर्गत निर्माण भएको यो सड़क वर्षौंदेखि जिर्ण हुँदै आएको थियो। बारम्बारको गुनासोपछि पनि सम्बन्धित विभागबाट कुनै पहल नआएपछि स्थानवासी आफै मर्मतमा जुट्न बाध्य भए।

करीब ५०–६० जना युवा, स्थानीय चालक तथा बासिन्दाहरूको श्रमदान, आर्थिक र भौतिक सहयोगमा मर्मत कार्य सम्पन्न गरिएको हो। सड़क सुधारसँगै आवागमनमा सहजता आउने आशा गरिएको छ।

स्थानीय बासिन्दा गोपाल राईले विभागको उदासीनताप्रति रोष व्यक्त गर्दै भने, “सड़कको अवस्था यति जोखिमपूर्ण थियो कि दुर्घटनाको डर सधैँ रहन्थ्यो। सवारीसाधनहरू चल्नै सक्ने अवस्थामा थिएनन्। विभागचाहिँ कानमा तेल हालेर बसेजस्तो देखियो, अन्ततः हामी आफै जुट्यौँ।”

सड़क मर्मतमा स्थानीयले कसैले सिमेन्ट, कसैले रड, कसैले गिटी-बालुवा, त कसैले नगद सहयोग गरेका थिए। अधिकांशले श्रमदान मार्फत सक्रिय भूमिका निभाए।

गैरी गाउँ ट्याक्सी वेलफेयर एसोसिएसनका अध्यक्ष अमर प्रधानले सड़क मर्मत हुनुअघि चालकहरू गाडी चलाउनै छोड्ने अवस्थामा पुगेको उल्लेख गरे। “विभागले वास्ता नगरेपछि हामी आफै अघि बढ्नुपर्‍यो,” उनले भने, “यस्तो अवस्था दोहोरिनु हुँदैन। अन्य क्षतिग्रस्त सड़कहरू पनि तुरुन्त मर्मत गरिदिन हामी विभागसँग अपिल गर्छौं।”

सड़क मर्मतको निरीक्षण गर्न ग्राम पञ्चायत प्रधान रेजिना लेप्चा, कालेबुङ–१ पञ्चायत समिति कर्माध्यक्ष रोशन दाहाल, सदस्यहरू कमल राई, नाम्गे मगर, सकिला सुब्बा लगायतको टोली स्थलगत रूपमा उपस्थित थियो। उनीहरूले श्रमदाताहरूलाई प्रशंसा गर्दै सबै सहयोगीप्रति आभार प्रकट गरे।

निरीक्षण क्रममा पञ्चायत टोलीले विभागको निष्क्रियताप्रति गहिरो चिन्ता व्यक्त गर्दै भने, “यदि सरकारी संयन्त्रले समयमा काम नगर्ने हो भने जनता आफै सड़क बनाउने दिन आउनेछ, जुन आज यथार्थमा देखियो।”

यो घटना स्थानीय तहमा जनसहभागिता र सामूहिक प्रयासले परिवर्तन सम्भव छ भन्ने स्पष्ट सन्देश हो। यसले न केवल सरकारी संयन्त्रलाई सजग गराउने छ, तर अन्य ठाउँका समुदायहरूलाई पनि प्रेरित गर्नेछ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ