4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द बाटो सफा गरियो

Share this news

खरसाङ,  (निसं): शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा गत 4 अक्टोबर रातिको भारी वर्षाको कारण शेर्पा बस्ती बीच गाउँमा शेर्पा गुम्बा नजिक पैह्रोको कारण बन्द रहेको हिँड़ने बाटो साफ-सफाई गरिएको छ। स्थानीय डिकी शेर्पाको घर मुनी पहिरोको कारण उक्त बाटो बन्द रहेकोले मानिसहरूलाई हिँड़न धेरै असुविधा भइरहेको थियो।

यस अवधि शेर्पा सोसियल वेलफेर ग्रुप खरसाङद्वारा जनाइए अनुसार, डिकी शेर्पा शेर्पा सोसियल वेलफेर ग्रुपका एकजना सदस्य हुन्‌‍। तिनको पतिको स्वर्गवास भइसकेको छ भने तिनी अनि तिनकी छोरी मात्र घर-परिवारमा रहेकीले यस आपद-विपतको समयमा वेलफेयर ग्रुपद्वारा तिनलाई सहयोग गर्ने निर्णय लिँदै बाटो सफाईको कार्य गरिएको हो। वेलफेयर ग्रुपका सभापति लाक्पा शेर्पा अनि वरिष्ठ प्रतिनिधि सानु शेर्पाको अगुवाईमा पहिरो पीड़ित डिकी शेर्पाको घर मुनिलो भागमा बाटोमा थुप्रिएको ढुङ्गा-माटोलाई हटाउने अनि सफा गर्ने कार्य संस्थाका लगभग 60 जना सदस्यहरूद्वारा गरिएको थियो ।

उक्त वेलफेयर ग्रुप वा संस्थाले प्रति महिना दुई वा तीन पल्ट सेवा कार्य निरन्तर गर्दै आइरहेको छ। त्यति मात्र होइन, मरौ-परौमा पनि संस्थाले आ-आफ्नो सदस्यबाट मासिक शुल्क संग्रह गरेर सदस्यहरूलाई आर्थिक सहयोग गर्दै आईरहेको जनाइएको छ। शेर्पा बस्तीमा यो संस्था जनकल्याणको निम्ति सदैव अघि बढ़िरहेको जानकारी वार्ड नम्बर 7 का भुतपूर्व नगरपार्षद सञ्जय मुखियाले दिएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ