सिरुबारीको पुलको पिलरमा रड नलगाइएकोले गाउँवासीमा चिन्ता

Share this news

खरसाङ, (निसं): रोहिणी रोड (सुवास घिसिङ मार्ग) बाट तल्लो सिरुबारी गाउँ भएर गिद्धे पहाड़को जीटीए मिनि सचिवालयमा निस्कने सड़कको पुल निर्माण गर्दा फलामे रड नलगाएपछि वर्षाकालको भेलमा पुल भत्किन्छ कि भन्ने चिन्ता सिरुवारीवासीमा रहेको पाइएको छ। रोहिणी रोडदेखि केही पर सिरुबारी गाउँ पुग्न लाग्दाको खोलामा पुलको निर्माण गरिएको छ। वर्तमानमा उक्त पुलको सतह ढलाईको काम चलिरहेको छ। सतह ढलाईको काम राम्रै रहे तापनि पुलको दुई तर्फको खाँबो अथवा दुई तर्फको भागमा रड नलगाइएको गाउँका कतिपय मानिसहरूले गुनासो गरेका छन्‌‍।

पुलको दुई तर्फको खाँबोमा रड नलगाइ, ढुङ्गा र सिमेन्ट मात्र लगाइएकोले वर्षाकालमा माथिबाट ढुङ्गा, माटो सहितको भल आउँदा पुल भत्किन्छ कि भन्ने शंका सिरुबारी गाउँका कतिपय मानिसहरूले गरिरहेका छन्‌‍। सिरुबारी गाउँका एक व्यक्तिले भने, पुलको सतह स्ल्याब राम्रैसित ढलाई भइरहेको छ। स्ल्याबमा रड पनि लगाइएको छ तर पुल निर्माण गर्दा दुई तर्फको पिलर (खाँबो) मा रड लगाइएन यसैले पिलर त्यति पक्का भएको छ जस्तो हामीलाई लाग्दैन। वर्षाकालमा गिद्धे पहाड़देखि उर्लिएर आएको ढुङ्गा-माटो सहितको भलले पुल भत्काइदिन्छ कि भन्ने शंका छ। तिनले पुलको पिलर ढलाई गर्दा भाइब्रेटर मशिन प्रयोग गर्नुको साटो बाँसले सिमेन्ट खाद्ने काम गरेकोले आफूहरूले विरोध जनाएपछि भाइब्रेटर मशिन ल्याएर सिमेन्ट खाद्ने काम गरिएको पनि बताए।

अर्का एक व्यक्तिले भने, यो सड़क वर्तमानमा एउटा मुख्य लिङ्क रोड सावित भएको छ। विगतको समयमा गौरीशंकर चिया बगानमा पैह्रो गएर तीन महिना रोहिणी रोड बन्द हुँदा बिहान अनि रातिको समयमा यो बाटोमा धैरै गाड़ी चलेको थियो। पिकअप भ्यान, ट्रकहरूलाई सिलगढ़ी सामान लिन जानलाई यो सड़कले धेरै सहयोग गरेको थियो। यो रोड धेरै समयदेखि जीर्ण अवस्थामा रहेको थियो। वर्तमानमा सड़कको मरम्मती भइरहेको छ। यसको निम्ति हामी सम्बन्धित विभागलाई धन्यवाद दिन्छौँ तर रोडको मरम्मती सही प्रकारले टिकाउ हुन पर्छ भन्ने हाम्रो चाहाना छ। अहिले त पुलको निर्माण राम्रै भइरहेको जस्तो लाग्छ तर पुल निर्माण गरिन्दा पिलम मुख्य हुन्छ, पिलमा रड नलगाइएकोले पुलको भविष्य लामो छैन जस्तो लाग्छ। तिनले उक्त सड़कको मरम्मतीको कार्य सिलगढ़ीको एक ठेकादारले गरिरहेको बताउदै मरम्मतीको कार्य सठीक तरिकाले गर्नको निम्ति विभागले चाँप दिन पर्ने पनि जनाए।

स्मरण गराइन्छ, सिरुबारीको यो सड़कमा रहेको उक्त खोल्सामा वर्तमानमा पानी नभए तापनि वर्षाकालमा ठूलो खोला बग्ने गर्छ। गिद्धे पहाड़ मुनि सन्त एन्थोनी स्कूल मुनिको पाखामा पैह्रो धस्किन्दा यहाँको पुल अनि बाटो भत्किएको थियो। माथिको स्थानमा पैह्रो धस्किने भएकोले यस स्थानमा ढुंगा-माटो सोहोरिएर आउने गरेको स्थानीयहरूको भनाइ छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ