Binay Tamang Statement Darjeeling
Binay Tamang Statement Darjeeling

अमित शाहले पहाड़को निम्ति दिएको वयानमा विनय तामाङको प्रतिक्रिया

Share this news

भाजपाको संकल्प-पत्र अनि भाजपाका वरिष्ठ नेता अमित शाहले दार्जिलिङ पहाड़को जनताको निम्ति दिएको वयानमाथि – विनय तामाङले दिए प्रतिक्रिया भारतीय जनता पार्टीका वरिष्ठ नेता तथा केन्द्रिय गृहमन्त्री अमित शाहले हिज मात्रै ” अखण्ड बंगालको एकतालाई अक्षुण्ण राख्दै दार्जीलिङ पहाडको स्थायी राजनैतिक समाधानको आकांक्षा पुरा गर्ने” भनी दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण गर्न चाहान्छु । गृहमन्त्रीको यो वयान दार्जीलिङ पहाडका सोझा जनतालाई चुनावको अघि पुनः एकपटक ठग्ने र सत्ताको रोटी सेक्ने कुटिल चाल मात्र हो।एकातिर बंगाल विभाजन हुँदैन भन्ने र अर्कोतिर दार्जीलिङ पहाडको निम्ति स्थायी राजनैतिक समाधान गर्दै जनआकांक्षा पुरा गर्छौं भन्नु विरोधाभासपुर्ण छ। जनताले मागेको स्थायी राजनैतिक समाधान केवल दार्जीलिङ पहाडको निम्ति मात्र होइन – सिलगढी तराई डुवर्स लगायत सम्पुर्ण भारतमा बसोबासो गर्ने सम्पुर्ण जातिको निम्ति हो । आज गोर्खाल्याण्ड भनेर भन्न नसक्नु के वाध्यता छ ? आज बङालभित्र नै स्थायी राजनैतिक समाधान भन्नुमा के अर्थ लुकेको छ ? कतै एउटै म्यानमा दुईवटा तलवारहरू अटाउन खोजेका त होइनन् भाजपाका शीर्ष नेताले ? भाजपाले विगत १७ वर्षदेखि राजनैतिक समाधानको नाममा दार्जीलिङ पहाड तराई डुवर्स अनि गोर्खाजातिलाई झुक्याउँदै आइरहेको छ- हिज संकल्प-पत्र जारी गर्दा अमित शाहको बयानले त्यसलाई पुनः प्रमाणित र पुष्टि गरेको छ। हिजको अमित शाहको वयान संवैधानिक मार्ग हो कि राजनैतिक दाउपेच हो ? गृहमन्त्रीले कुन संवैधानिक मार्ग-को कुरा गरेका हुन् ? यदि भाजपा गोर्खाल्याण्डप्रति इमानदार छ भने संसदमा बिल ल्याउन कसले रोकेको छ ? बंगालको क्षेत्रीय अखण्डताको कुरा गरेर गृहमन्त्रीले दार्जीलिङ पहाडका जनताको भावनामाथि अझ खेलबाड गरिरहेको छ। अमित शाह आफैले कालेम्पोङमा दिएको भाषण यति छीटो विर्सेको ? अमित शाहको विगतमा कालेम्पोङमा दिएको वचन र हिजको वयानमा अन्तद्वन्द स्पष्ट देखिएको छ। यसैले यो केवल चुनाव जित्ने “जुमला” बाहेक अरू केही होइन। भाजपाको संकल्प-पत्र अनि अमित शाहको वयानमा दार्जीलिङ पहाडका भाजपाई नेताहरू अनि भाजपा गठबन्धनका नेताहरू किन मौन छन् ? अमित शाहको यो बयानले पहाडका भाजपा समर्थक र सहयोगी दलहरूलाई ऐना देखाइदिएको छ। अब उनीहरूले यसै चुनावमा जनताको अघि स्पष्ट पार्नुपर्छ कि उनीहरू बंगालभित्रै कै व्यवस्थामा खुम्चिएर बस्न तयार भएका हुन् त् ?

हाम्रो माग र गन्तव्य स्पष्ट छ। हामीलाई अल्मल्याउने भाषा होइन, ठोस कार्य योजना चाहिएको हो। गोर्खा जातिको पहिचान र सुरक्षाका लागि बंगालको भौगोलिक सीमाभन्दा बाहिरको व्यवस्था नै अन्तिम विकल्प हो। अमित शाहको बयानले दार्जीलिङ पहाड तराई डुवर्स अनि गोर्खाको स्वाभिमानलाई चोट पुर्‍याएको छ। भाजपाले दार्जीलिङ पहाड तराई अनि डुवर्सका जनतालाई सधैं “भोट बैंक” मात्र सम्झेको छ। अब समय आएको छ कि दार्जीलिङका पहाड तराई डुवर्सका जनताले यस्ता भ्रमपूर्ण र जालझेलपुर्ण राजनीतिलाई चिन्नुपर्नेछ। हामीले अब एक स्वरमा एक आवाजमा भन्न नै पर्छ – “बंगालको “एकता र अखण्डता”को नाममा गोर्खा जातिको “अस्तित्व र स्वाभिमान” मेट्न दिने छैनौं।”

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ