बंगालमा गणतन्त्र बचाउन अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ: महिला मोर्चा

Share this news

दार्जीलिङ30 जुन(निसं): जनताको सुरक्षा र गणतन्त्र रक्षा हेतु बंगालमा अविलम्ब राष्ट्रपति शासन बाहेक अहिले अर्को विकल्प छैन भनी भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला महिला मोर्चा अध्यक्षा चन्द्रकला एक प्रेस विज्ञप्तिमा भनेकी छन्।भारतीय जनता पार्टी(भाजपा) दार्जीलिङ जिल्ला महिला मोर्चा अध्यक्षा चन्द्रकला राईले विज्ञप्तिमा भनेका छन्, महिला मुख्यमन्त्री भएको राज्यमा नारी- महिलाहरु नै सुरक्षित छैन। कोलकाता आरजी कर हस्पिटलमा नारी डाक्टरको हत्या, कलेजमा उनले भनिन् , एमसी छात्र नेताद्वारा छात्रामाथि बलात्कार,मुर्शीदावादमा  हिन्दु महिलाहरुमाथि उत्पीडन, सन्देशखालीमा महिलाहरुमाथि उत्पीडन र सिलगढीमा गोर्खा छात्राको निर्मम हत्या जस्ता धेरै घटनाहरुले प्रमाण गर्छ बंगालमा महिलाहरु पटक्कै सुरक्षित छैन। बंगालको शासन व्यवस्था पक्षपातपूर्ण छ। पूलिस प्रशासन सबै ममताको सुसारे भएका छन्। जनताको गणतन्त्र र सुरक्षा हेतु आवाज उठाउँदा केन्द्रीय मन्त्री सुकान्त मजुमदार समेतको मर्यादालाई वास्ता नगरी गिरफ्तार गर्ने अशोभनीय चरित्र अति निन्दनीय छ। हामी यस्तो अगणतान्त्रिक सरकारी नियतको विरोध गर्छौ।  बंगालमा गणतन्त्र नै छैन।
बंगालमा एकपछि अर्को घोटालाहरु हुँदैछन्।  शिक्षक नियुक्ति घोटाला, कोईला घोटाला, ग्रुप सी र डी पदमा नियुक्ति  घोटाला, प्राथमिक शिक्षक नियुक्ति घोटाला,पशु ओसारपसार घोटाला,सयदिने रोजगारमा व्यापक घोटाला र बंगलादेशीहरु घुसपैठमा घोटालाहरुले राज्यको चारतर्फी बदनाम भएको छ। राज्यमा भ्रष्टाचारको संस्कृति फलेको र फुलेको छ। मन्त्रीहरु र टिएमसी नेताहरु नै भ्रष्टाचारको  कारण जेलबन्दी छन्। राईले अझ भनिन् , नैतिकताको आधारमा ममता व्यानर्जीले राजीनामा दिनुपर्ने हो। तर ममता व्यानर्जीले यस्तै सरकार चलाइरहेकी छिन्।  राज्यमा कुशासनको कारण जनतामाथि झण्डै सात लाख करोडको ऋणको बोझ पुगिसकेको राईले आरोप लगाएकी छन्। उनले अझ भनिन्,  राज्यको अर्थ व्यवस्था डमाडोल छ। सुप्रिम कोर्टद्वारा निर्देश हुँदा पनि बंगालको कर्मचारीहरुका 25 प्रतिशत समयमा दिनु नसक्ने स्थितिमा सरकार पुगेको छ। जसको कारण बंगालका जनता संकटकालिन स्थितिमा जाकिएका छन्। सबै व्यवस्थापनमा ममता बेनर्जी सरकार पूर्णरूपले असफल भइसकेको छ। अहिले सरकार, जनतालाई डर धम्की, हत्या,हिंसा र बलात्कारहरु ढाकछोप गरेर जसरी होस् सरकारको बचाउ गर्ने  षड्यन्त्रकारी योजना गर्न लागेका छन्। जसको कारण बंगालमा  जनताको सुरक्षा असम्भव छ। अब बंगालमा गणतन्त्र बचाउन र जनतालाई सुरक्षा दिनु हो भने अविलम्ब राष्ट्रपति शासन लगाउनुपर्छ। यो बाहेक अर्को विकल्प अहिले छैन। बंगालको भुक्तभोगी जनताले केन्द्रीय सरकारमाथि यही उम्मीद लिएर बसेका छन्।

President's-rule-imposed-immediately-to-save-the-republic-in-Bengal

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ