Rescue of critically injured monkey

गम्भीर अवस्थामा घाइते बाँदरको उद्धार

Share this news

मिरिकको कृष्णनगर अदालत नजिक एउटा बाँदर गम्भीर घाइते अवस्थामा फेला परेपछि स्थानीय बासिन्दाको जानकारीमा मिरिक वन विभागका अधिकारी तथा कर्मचारीहरू घटनास्थलमा पुगेर तत्काल उद्धार गरेका छन्। त्यसपछि बाँदरलाई मिरिक भेटेरिनरी अस्पतालमा प्रारम्भिक उपचार गरियो, जहाँ उसको अवस्था स्थिर बनाइएको जानकारी प्राप्त भएको छ। उपचारपछि बाँदरलाई थप स्याहार र पारम्परिक औषधीय उपचारका लागि मिरिक वन विभागको कार्यालयमा राखिएको छ। मिरिक वन विभागका अधिकारीका अनुसार बाँदरको अवस्थाबारे विभागीय अफिसरलाई सूचित गरिएको छ र वाइल्ड लाइफ टोलीद्वारा त्यसको थप हेरचाह र संरक्षणका लागि लगिने तयारी भइरहेको छ। स्थानीय जनताको सक्रियताले समयमै उद्धार सम्भव भएको वन विभागले जनाएको छ।


Share this news
आजको रोजाइ
माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

माँ यूनिक धामको रजत जयन्तीमा सांसद विष्ट सम्मानित

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

सिक्किमले १३औं अन्तर्राष्ट्रिय पर्यटन मेलाको तयारी सुरु

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

एससी र ओबीसीका नवनियुक्त जिल्लाध्यक्षलाई स्वागत

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

क्यापद्वारा राज्यमा 14 क्षेत्रका पदाधिकारीहरू नियुक्त

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

सासंद राजु विष्ट र बीजेपीको टोली मकैबारी चिया बगानमा

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

विधायक निरज जिम्बाद्वारा स्ट्रीट लाइट जडान कार्यमा तीब्रता

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

समथार प्राथमिक स्वास्थ्य केन्द्रलाई नयाँ एम्बुलेन्स सेवा

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

जलवायु परिवर्तन अनुकूल योजना न्यूनीकरण हेतु प्रशिक्षण

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

पहिलो च्याखुङ रनमा १,२०० धावकहरू सहभागी

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन

डीएलआर प्रेरणाद्वारा ‘चिफ् एक्सरसाइज डे’ पालन