request to resettle the victims
request to resettle the victims

पैह्राे पीडितहरूलाई सुरक्षित स्थानमा पुनर्वास गराइदिने अनुरोध

Share this news

अक्टाेबर महिनामा भएकाे भारी बर्षाले सुके खण्डकाे सियाेक गाेदामधुरा गाउँकाे रंगेली खाेलाले उग्ररूप धारण गरेपछि गाउँकाे नक्सा नै परिवर्तन गरिदिएकाे छ। उक्त ठाउँमा सातवटा घर पूर्णरूपमा क्षति भएकाे छ भने धेरै घरहरू पैह्राेकाे जाेखिममा रहेकाे छ।अन्नबाली नष्ट भएकाे छ। यातायातमा समस्या बनाएकाे छ। उक्त आपदा भएकाे महिना दिन पुग्न लाग्दा पनि गाउँ उराट लाग्दाे बनेकाे छ। चारैतिर ठूलाे ठूलाे ढुङ्गा र पैह्राे मात्रै देखिन्छ। स्थानीय पैह्राे पिडित अमृता प्रधानले पैह्राेले आफ्नाे घरलाई पूर्णरूपमा क्षति गरिदिएकाे जानकारी गराउँदै विनाशकारी पैह्राेले घरकाे सबै समान बगाएकाे बताइन्।तिनले सियाेक गाेदामधुरा गाँउमा प्राकृतिक आपदा आएपछि सरकारी गैर सरकारी संस्थाहरूले खुलेर सहयाेग पैह्राे पीडितहरूलाई गरेकाे जानकारी गराउँदै पुनर्वासकाे पहल पनि भइरहेकाे बताइन्। तिनले चियाकमान प्रबन्धक पक्षले घर निर्माणकाेलागि जमीन पनि उपलब्ध गराउने लगभग प्रबन्ध मिलाइसकेकाे जानकारी गराउँदै सरकारकाे पक्षबाट ब्याङ्क खातामा साठी हजार रूपियाँ जमा पनि भएकाे बताइन्। यद्यपि साठी हजार रूपियाँले घर निर्माण गर्न नसकिने जानकारी गराउँदै पीडित अमृता प्रधानले साठी हजार रूपियाँमा एउटा शाैचालय त निर्माण हुँदैन। घर कसरी निर्माण गर्नु भनी प्रश्न गरिन्। तिनले हामीले हरेष खाएका छैनाैं, सरकारले घर निर्माणमा थप सहयाेग गरिदिन्छ भनेर हामीले धेरै आशा गरेका छाैं भन्दै उक्त विषयलाई ध्यानमा राखेर ठाेस पहल गरिदिने सरकार समक्ष अनुराेध गरिन्। स्थानीय भूषण थापाले सियाेक गाेदामुधारा गाउँ पहिलाकाे स्थितिमा आउन धेरै समय लाग्ने बताउँदै पैह्राेले घरमात्रै हाेइन खेल मैदान, अलैचीबारी, कृषि उब्जनी हुने जमीन साथै खाेलाकाे पक्की पुललाई क्षति गरिदिएकाे जसले गर्दा कतिपय समस्या गाउँमा याथवत रहेकाे बताए। तिनले सियाेक गाेदामधुरा गाउँमा यसभन्दा अघि पनि धेरैचाेटी पैह्राे गएकाे कारणले यहाँका पैह्राेकाे जाेखिममा रहेकाहरूलाई अन्य सुरक्षित स्थानमा पुनर्वास गर्न अति आवश्यक रहेकाे बताउँदै यस विषयमा सम्बन्धित निकायलाई ठाेस पहल गरिदिने अनुराेध गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ