साहित्यकार हाङ्गखिमको एकदिन जंगलमा अनि कसले चोऱ्यो-गीतको लोकार्पण

Share this news

दार्जीलिङ,14 नोभेम्बर(निसं): वरिष्ठ साहित्यकार, गीतकार, नाटककार नन्द हाङखिमको निजी वासस्थानमा साहित्यकार हाङखिमको 82औं जन्मजयन्ती मनाउँदै एकदिन जंगलमा(विद्यार्थी नाटक) कृतिको लोकार्पण साथै भक्तराज सुनुवारद्वारा अंग्रेजीमा अनुदित गरिएको साहित्य अकादमीद्वारा प्रकाशित कृति सत्ता ग्रहण कृतिको पनि लोकार्पण गरियो। समाजसेवी उमा प्रधानद्वारा सञ्चालन गरिएको उक्त कार्यक्रम पत्रकार साथै साहित्यकार सबिता संकल्पको प्रमुख आतिथ्य, प्रकाशिका राधा राई डोल्मी, संगीत संयोजक विनय सेवा, पारस राई, अभिषेक परियार, सत्यदीप राई, आकृति शंकरलगायत अन्य विशिष्ट अतिथिहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरियो।
कार्यक्रमको प्रथम चरणमा हाङ्गखिम परिवार साथै प्रमुख अतिथिको बाहुलीबाट दीप प्रज्ज्वलन गरिएपछि साहित्यकार नन्द हाङ्गखिमको ८२ औं जन्मजयन्ती पालन गर्दै एकदिन जंगलमा कृतिको लोकार्पण लेखिएको ठूलो केक लेखकको बाहुलीबाट काटेपछि कृतिकार साथै प्रकाशिकाप्रति उपस्थित सबैले श्रद्धार्पण चढाउँदै बधाई शुभकामना व्यक्त गरे।
 यसपछि साहित्यकार नन्द हाङखिम लिखित विद्यार्थी नाटक संग्रह एकदिन जंगलमा कृतिको उपस्थित प्रमुख अतिथि, प्रकाशिका साथै उपस्थित विशिष्ट अतिथिहरुको बाहुलीबाट कृतिको विधिवत लोकार्पण गरियो। कृति लोकार्पण भएको घोषणा प्रमुख अतिथि सबिता संकल्पद्वारा गरियो। यसपछि लोकार्पित कृतिमाथि कृतिकार स्वयंले कृति बारे आफ्नो वक्तव्य राखे। यसको साथै यसै कार्यक्रमबीच नन्द हाङ्गखिमद्वारा लिखित कृति सत्ता ग्रहण जुन कृति साहित्य अकादमी पुरस्कारद्वारा पुरस्कृत भइसकेको छ भने यसै कृतिको साहित्यकार, अनुवादक भक्तराज सुनुवारद्वारा अंग्रेजीमा अनुदित गरिएको कृति सत्ता ग्रहणको पनि लोकार्पण गरियो। कृतिकार हाङ्गखिमले यसै कृतिमाथि पनि आफ्नो मन्तव्य प्रकट गरे। यसपछि कृतिकार हाङ्गखिमद्वारा लिखित एक गीतको पनि अडियोको लोकार्पण गरियो। जुन गीतको शब्द बाहेक गीतको कम्पोज पनि कृतिकार हाङ्गखिमले नै गरेको छ।  यस गीतको  संगीत संयोजन विनय सेवाद्वारा गरिएको छ भने युवा गायिका आकृति शंकरद्वारा गाएको गीत कसले चोऱ्योको पनि  लोकार्पण गरियो। कार्यक्रमलाई सम्बोधनमा राख्दै प्रमुख अतिथि सबिता संकल्पले आजको दिन हाङ्गखिम परिवारसितै समग्र दार्जीलिङ पहाड़की रानीको निम्ति एतिहासिक बनेको छ भन्ने बताउँदै भारतीय नेपाली साहित्यमा आफ्नो अथक कलमद्वारा योगदान पुर्‍याउदै  आउने साहित्यकार नन्द हाङखिमले आजपर्यन्त विविध विधाहरुमा कलम चलाउँदै आउने एक अथक कलम हुन् भन्ने बताउँदै लोकार्पित कृतिका प्रकाशिका साथै उनकै अर्धाङ्गिनी राधा राई डोल्मीको जुन साथ अनि सहयोग रहेको छ त्यो अतुलनीय रहेको छ भन्ने कुरा राख्दै सम्पूर्ण परिवारमा बधाई टक्र्याए।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ