Sheetal Subba campaign Darjeeling
Sheetal Subba campaign Darjeeling

क्षेत्रीय राजनैतिक दलहरु आफ्नो खुट्टामा उभिएका छैनन्ः शीतल सुब्बा

Share this news

अहिलेको राजनीतिक परिदृश्यलाई हामीले सुक्ष्म रूपले नियालेर हेरे पश्चिम बङ्गालको विधानसभा चुनाउले धेरै कुराहरुलाई खुलस्त पारेको स्पष्ट देख्छौं। प्रथम कुरा त क्षेत्रिय राजनैतिक दलहरु कोई पनि आफ्नो खुट्टामा उभिएको देखिएन। प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रत्येक क्षेत्रिय राजनैतिक दलहरु कुनै न कुनै राष्ट्रिय पार्टीकै थांग्रामा उभिएको छ। यसले के स्पष्ट बुझ्न सकिन्छ भने यी जम्मै क्षेत्रिय दलहरुले हाम्रो क्षेत्रिय समस्या समाधानको जिम्मा राष्ट्रिय दलहरुमाथि “राम भरोसे” मा छोड़ेको छ।

देशको सरकारमा बसेका भारतीय जनता पार्टीसँग गठबन्धन गरेर जाति उन्मुक्तिको कुरा गर्ने गठबन्धनका दलहरुलाई त भाजपाले राज्य बिभाजन गर्ने पक्षमा छैन भनेर तिमीहरूको मूल मुद्दानै हामीले निलाम गऱ्यौं भन्न चाहेको देखियो। उनीहरूले के बुझे त्यो ठूलो कुरा नहोला तर आउने समयमा गठबन्धनका ती तमाम दलहरुको अस्तित्व पनि रहला नरहला भन्नेमा उनीहरू कतिको चिन्तित छ त्यो पक्कै ठूलो कुरा हुनेछ। गठबन्धनमा रहेका यी क्षेत्रिय दलहरुलाई यो कुराहरु थाहा छैन भन्न त सकिन्दैन तर उनीहरू यस्तो राजनैतिक बाध्यतामा पुगेको छ जसले उनीहरूलाई चाहेर पनि नकार्न सकि रहेको छैन। तृणमूल कंग्रेस अनि उसको गठबन्धनका साथी प्रजातान्त्रिकको त कुरै नगर्दा हुन्छ, जातिको कुरा गर्ने र बुझ्ने उनीहरूको न भावना छ न विवेक नै। उनीहरुलाई चाहिएको पैसा, पावर अनि कुर्सी बाहेक अरू केहि होइन। अर्को जनशक्ति फ्रन्टको मुद्दा के हो उनीहरू नै स्पष्ट छैन। सब कुरा गर्छु भनेता पनि अन्त्यमा जुनै एंगलबाट हेर्दा पनि कुर्सी नै उनीहरूको निम्ति ठूलो भएको देखिन्छ।

यो अवस्थामा अधिकांश जनता आँखामा पट्टी बाँधेर गान्धारीको भूमिका निभाउँदै बिभिन्न पार्टीहरुको समर्थनमा जिन्दावाद र मुर्दावादको नारा लगाउँदै चुनाव सभा अनि जुलुसहरुमा थुप्रिएको देखिन्छ। तर यो गज्याङ राजनीतिक माहौललाई नियालेर हेर्ने एकांश सचेत समूह भने यहाँबाट जाति, समाज अनि क्षेत्रको उन्नति, उन्मुक्ति र उत्थानको निम्ति एउटा नयाँ मार्गको खोज हुनपर्छ भन्नेमा चिन्ता र चिन्तन गरि रहेको देखिन्छ। यस्ता समूहहरुले यो चुनावी माहौलले निम्त्याएको बाध्यता अनि कराकर देखि अलग्गै बसेर नै भोलीको निम्ति सहि मार्ग बनाउनु पर्ने देखिन्छ जुन मार्ग द्वारा जाति उन्मुक्तिको सपना साकार पार्न सकियोस्।

भलै आ-आफ्नो विचारधारामा बाँधिएको समूह नै किन नहोस्, तर लक्ष्य भनेको नै क्षेत्रको वास्तविक बिकास, समाजको उत्थान र जातिको उन्मुक्ति हुनपर्छ भनेर मान्ने यस्ता सचेत समूहहरू एक ठाउँमै उभिएर काम गर्न नसके पनि आ-आफ्नो क्षेत्रबाट नि:श्वार्थ भाव लिएर अघि बढ़्नु पर्ने आजको आवश्यकता हो। चुनावमा जीत्ने र हार्ने दल अनि जीतपछि उत्सव मनाउने र हारपछि शोक मनाउने गान्धारीहरु देखि अलग्गै बसेर चुनावी माहौललाई नियाली रहेको सचेत समूहले सजग र जागरूक बनेर जाति र क्षेत्रको निम्ति सुनौलो अनि सुनिश्चित भविष्य निर्माणको माहौल तैयार पार्ने यसलाई नै शुभ साइत मान्नु पर्छ। प्रिय संग्रामी साथीहरु अहिलेलाई धर्य राखौं।

Share this news
आजको रोजाइ
राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

राहुल गान्धीले केन्द्र सरकारसमक्ष पाँच बुँदे माग अघि सारे, शिक्षा मन्त्रीको राजीनामादेखि न्यायिक छानबिनसम्मको माग

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

इङ्ग्ल्यान्डका पूर्व कप्तान तथा फुटबल प्रशिक्षक केभिन कीगनको ७५ वर्षको उमेरमा निधन

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

आजको रोजाइ