Vikram Timilsina reform suggestion Nepal
Vikram Timilsina reform suggestion Nepal

सार्वजनिक संस्थान सुधार अपरिहार्य: सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना

Share this news

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सार्वजनिक संस्थानहरुको सुधार र पुनर्संरचना गर्न अपरिहार्य रहेको बताउनुभएको छ। गोरखापत्र प्रकाशनको १२६औँ वर्ष प्रवेशका अवसरमा आज आयोजित कार्यक्रममा उहाँले समयानुकूल ढंगले सार्वजनिक संस्थानलाई अघि बढाउन सरकारले आन्तरिक गृहकार्य गरिरहेको उल्लेख गर्नुहुँदै संस्थानको हितलाई केन्द्रमा राखेर कर्मचारीले पनि थप जिम्मेवारी र उत्तरदायित्वका साथ काम गर्नुपर्ने जोड दिनुभयो। सञ्चारमन्त्री तिमिल्सिनाले अब समस्या मात्रै औँल्याएर नहुने भन्दै समाधानमुखी सोच र व्यवहार आवश्यक रहेको उल्लेख गर्नुभयो। “आज भनेको भोलिको इतिहास हो।

आज राम्रो काम गर्न सक्यौँ भने त्यसले भोलिको मार्गनिर्देशन गर्छ। आफुले काम गरिरहेका संस्था गर्व गर्न लायक हुने बनाउन कर्मचारीहरुले पनि उच्च मनोबलका साथ सक्रीयता देखाउनुहोला,” सञ्चारमन्त्री डा. तिमिल्सिनाले भन्नुभयो।उहाँले सार्वजनिक संस्थानलाई प्रभावकारी, उत्तरदायी र नागरिकमुखी बनाउन सुधार अपरिहार्य रहेको बताउँदै सूचना प्रविधिको तीव्र विकास र डिजिटल मिडियाको प्रभावसँगै गोरखापत्र संस्थानको पुनर्संरचना आवश्यक भएको धारणा राख्नुभयो। गोरखापत्रको लामो इतिहास स्मरण गर्दै उहाँले पत्रकारिताको शैली, तौरतरिका र प्रविधिमा व्यापक परिवर्तन आइसकेको उल्लेख गर्नुभयो। बदलिँदो समयअनुसार गोरखापत्रले आफूलाई अन्य सञ्चारमाध्यमभन्दा कसरी फरक र प्रभावकारी बनाउने भन्ने विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बेला आएको उहाँले बताउनुभयो।

नेपालको भाषिक विविधताले देशलाई समृद्ध बनाएको उल्लेख गर्दै उहाँले त्यसको संरक्षण, प्रयोग र अपनत्वलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो। साथै सञ्चारमाध्यमले नागरिकको अपेक्षा र विश्वासलाई केन्द्रमाराखेर काम गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो। मन्त्री तिमिल्सिनाले नागरिकले तिरेको करबाट सार्वजनिक संस्था सञ्चालन हुने भएकाले नागरिकको हितमा काम गर्नु सबैको प्रमुख दायित्व भएको बताउनुभयो । यसैबीच, गोरखापत्रले आजदेखि सन्थाल र हायु भाषामा समेत समाचार प्रकाशन सुरु गरेको जनाएको छ । सो भाषा सम्बन्धि पृष्ठको प्रतिकृति सञ्चारमन्त्री तिमिल्सिनाले अनावरण समेत गर्नुभयो।

Share this news
आजको रोजाइ
राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

राशन कार्डका लाभार्थीको नाम पुनः बहाल भएपछि गोरामुमोद्वारा मुख्यमन्त्री शुभेन्दु अधिकारी र सांसद राजु विष्टप्रति आभार

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

दार्जीलिङ पहाड, तराई र डुवर्समा नेपाली भाषामै सरकारी कामकाज हुने संकेत, मुख्यमन्त्रीको आश्वासनपछि भाषा विवादमा नयाँ मोड

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

आजको रोजाइ