Recognition Day
Recognition Day

कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन

Share this news

लैनसिंह बाङ्देल साहित्य कला प्रतिष्ठान कलकत्ताको तत्वावधानमा हिजो कलकत्तामा भाषा मान्यता दिवस भव्यरुपमा पालन गरियो। कार्यक्रमको सभापति श्रीमती देविका मोक्तान, प्रमुख अतिथि डा. राजेन्द्र भण्डारी, विशिष्ठ अतिथि समाजसेवी सुश्री रंगु सौरिया र साहित्यकार बिमल लामा अनि अतिथिहरूमा प्रा. डा. प्रीति घतानी, समशेर अली, नारायण प्रसाद हुमागाई, रोशन सिंह, खेमराज बराल रहेका थिए। कार्यममा स्वागत मन्तव्य प्रा अशेष लिम्बुले राखे। प्रमुख अतिथि डा. राजेन्द्र भण्डारीको बाहुलीबाट दीप प्रोज्ज्वलन गरी कार्यक्रमको शुभोद्घाटन गरियो। प्रा. डा. किरण सुब्बाले बाङ्देलको जीवन, कला र साहित्यमाथि चर्चा गरे। कार्यक्रमको मूल आकर्षण सम्मान कार्यक्रममा डा. राजेन्द्र भण्डारीलाई मातृभाषा सेवाश्री सम्मान, सुश्री रंगु सौरियालाई वीर खड्ग बहादुर बिष्ट समाज सेवा सम्मान र नुन चियाका लेखक बिमल लामालाई प्रभात साहित्य सम्मानले सम्मानित गरियो। यस बाहेक कलकत्तामा रहेर विभिन्न समाज सेवा गर्ने श्रीमती पद्मा गुरुङ्ग, श्रीमती प्रमिला श्रेष्ठ, श्रीमती उर्मिला छेत्री र दिपील श्रेष्ठलगायत उच्च माध्यमिकमा ९५% अङ्क ल्याएर उतीर्ण हुने, सागर नारायण श्रेष्ठलाई पनि सम्मानित गरियो। प्रतिवर्ष झैँ यसवर्ष पनि विद्यार्थीहरूलाई भाषासित संगलग्न गराउन, निबन्ध प्रतियोगिता राखिएको थियो। जसमा शिक्षादीप अकादमी बिजनबारीका विद्यार्थी बिसान्त सुब्बा प्रथम, सुनदह उच्चतर माध्यमिक बिद्यालयका अनुराग छेत्री दोस्रो र लोवर चुङ्थुङ उच्च माध्यमिक विद्यालयका विद्यार्थी प्रतीक्षा तामाङ तेस्रो भएका छन्। यिनीहरू प्रत्येकको, नगद् राशी, स्मृति चिन्ह र प्रमाण पत्र सम्बन्धित स्कुलमा चाँडै पठाइने छ। अन्य तीनजना विद्यार्थीहरू ब्लुमडेल अकादमीका फुर्बा ल्मू शेर्पा चौथो, शिक्षादीप अकादमी बिजनबारीका प्रतिक्षा सुब्बा पाँचौ र अगमसिंह गिरी स्मारक उमाविका दिपाञ्जली छेत्री छैटौँ भएका छन्। यी तीनै विद्यार्थीलाई स्मृति चिन्ह र प्रमाण पत्र स्कुलमा पठाइने छ। कार्यक्रममा चर्चित कथाकार समशेर अलीको खँदुवा बन्दुकको विधिवत लोकार्पण गरियो। पुस्तकमाथि निमा निष्कर्षले टिप्पणा गरे। कार्यक्रममा प्रा. अविनाश सुब्बा, सन्तोषचन्द्र दर्नाल, बिलोक शर्मा, टिकाराम गोपाल भित्रीकोटी, रूपा अर्याल, सन्जिब गुरुङ, दिपेन्द्र दर्नाल र निमा निष्कर्षले कविता सुनाए। कार्यक्रमको संचालन प्रतिष्ठानका मूल सचिव बिकास कार्कीले गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ