राशन कार्ड धमाधम निष्क्रिय भएपछि आधार केन्द्रमा भीड़

Share this news

खरसाङ, (निसं): वर्तमानमा लाभार्थीहरूले राशन कार्ड धमाधन निष्क्रिय भइरहेको छ भने आधार-मोबाइल लिङ्क गर्न, आधारमा बायोमेट्रिक प्रक्रिया पुरा गर्न अथवा नयाँ आधार कार्ड बनाउन यहाँको आधार नामाङ्कन केन्द्रमा मानिसहरूले भीड़ लाग्न थालेको छ। सोमवार खरसाङ मुख्य डाकघरमा रहेको आधार नामाङ्कन केन्द्रमा मानिसहरूको निकै भीड़ देखियो। मानिसहरू यस केन्द्रमा बिहानैदेखि नयाँ आधार कार्डको निम्ति नामाङ्कन गर्न, आधार कार्डमा फोन नम्बर लिङ्क गर्न, फोन नम्बर परिवर्तन गर्न, ठेकाना परिवर्तन गर्न आएका थिए। ती मध्ये निकै मानिसहरू आधार-फोन नम्बर लिङ्क नभएको, आधार कार्ड नभएको, आधार कार्डमा बायोमेट्रिकको प्रक्रिया पुरा नगरिएकोले राशन कार्ड निष्क्रिय भएकोले आएका थिए। वर्तमानमा खरसाङ शहर अनि वरिपरि क्षेत्रका राशन कार्ड धारकहरूको राशन कार्ड एक्कासी धमाधम निष्क्रिय (ब्लक) भइरहेको छ। खाद्या एवम्‌‍ आपूर्ति विभागको खरसाङ कार्यलयमा पाइएको जानकारी अनुसार यसरी राशन कार्ड निष्क्रिय हुनुको कारण आधार कार्ड नभएर, आधार-मोबाइल नम्बर लिङ्क नभएर, आधारमा बायोमेट्रिकको प्रक्रिया पुरा नगरिएको अथवा अन्य स्थानमा पनि राशन प्राप्त गरिरहेको अवस्था रहेको पाइएको छ। यसरी एक्कासी राशन कार्ड निष्क्रिय भएपछि मानिसहरू आफ्नो आधार कार्ड बनान, आधार-मोबाइल नम्बर लिङ्क गराउन खरसाङ मुख्य डाकघरको आधार नामाङ्कन केन्द्रमा आइरहेका छन्‌‍। खरसाङ्को वार्ड नम्बर 3 निवासी एक व्यक्तिले आधारमा मोबाइल नम्बर लिङ्क नभएकोले आफ्नो राशन कार्ड निष्क्रिय भएकोले लिङ्क गराउन आएको हो भनी बताए। तिनले आफू बिहान 11 बजेदेखि पालो पर्खिएर बसेको बताउदै समयमा आधार-फोन नम्बर लिङ्क भए तुरुन्तै खाद्य एवम्‌‍ आपूर्ती विभागको कार्यालयमा गएर आफ्नो राशन कार्ड सक्रिय गराउछु, नत्र राशन पाइन्दैन भने। यसै गरी सिटोङ निवासी एक महिलाले आफू आधार कार्डमा मोबाइल नम्बर लिङ्क गराउन बिहानैदेखि पालो पर्खेर बसेकी बताउदै आधार-मोबाइल नम्बर लिङ्क नभएकोले राशन कार्ड निष्क्रिय बनेको बताए। तिनले सिटोङ जाने गाड़ीहरू साढ़े एक बजेसम्म खरसाङबाट प्रस्तान गरिसक्ने हुनाले आफू चिन्तामा रहेको पनि बताइन्‌‍। यसै गरी तीनधारे, सिविटार, चुनभटी अनि अन्य टाड़ाका स्थानबाट आएका मानिसहरू यस आधार नामाङ्कन केन्द्रमा सेवा प्राप्त गर्नलाई पालो पर्खिएर बसिरहेका थिए। तथापि यस केन्द्रमा कार्यरत कर्मचारीले निकै सक्रियता पूर्वक अनि द्रुत गतिमा कार्य गरेर धेरै मानिसहरूलाई सेवा प्रदान गरिरहेकी देखिए। तिनले यस आधार नामाङ्कन केन्द्रमा यस दिन सोमवार मानिसहरूको अधिक भीड़ भएको र अबोप्रान्त भीड़ रहने सम्भावना रहेको बताइन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ