रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह

Share this news

दार्जीलिङबाट सिक्किम हुँदै रंगमञ्चको गल्ली गल्लीमा चार दशकदेखि घोटिएका एक नाट्यकर्मी हुन्- रञ्जित सिंह। कहिले भूतनाथ बनेर आत्माको आवाज बोलाउने, कहिले वनजंगलको रक्षाको आहवान गर्ने, त कहिले आध्यात्मिक मानव मूल्यको खोज गर्ने उनको अभिनय संसार सामाजिक सन्देशले भरिएको छ। चलचित्र ‘दार्जीलिङ मेल’मा एक बंगाली पात्रको रुपमा उनको अभिनयले दर्शकको मन जित्नु मात्र एउटा उदाहरण होl

दार्जीलिङको सन्त रोबर्ट्स स्कूलमा पढ्दा विद्यार्थी जीवनदेखि नै रंगमञ्चको यात्रामा उनको पाइला चल्न थालेको होl दार्जीलिङ सरकारी महाविद्यालयबाट उच्च शिक्षा हासिल गरेका रञ्जित सिंह युवा हुँदादेखि नै नाटक लेख्ने, निर्देशन र अभिनय गर्थेl उनका अनुसार, सन् १९८० को दशकमा दार्जीलिङमा एमेच्योर थिएटर ग्रुप थियोl यसै ग्रुपमा समकालीन नाट्यकर्मी सुरेश खरेल, सोहेनका साथमा नाटक गर्थेl त्यही समयमा दार्जीलिङमै रञ्जित सिंहले आफ्नो हास्य नाटक ‘दिन्छु नि हौ बुढिया’ र ‘ठूली फूपु’ मञ्चन गरेl सो अवधिमा अलाहाबादमा भएको अखिल भारतीय नाटक प्रतियोगितामा पनि ‘दिन्छु नि हौ बुढिया’ मञ्चन गरेका थिएl यसमा उनले उत्कृष्ट अभिनेता र नाटकले उत्कृष्ट पुरस्कार पाएको उनी बताउँछन्l

दार्जीलिङमै नाटक यात्रा चल्दै थियो, यसैबीच ब्यांक अफ् बरोड़ामा नियुक्ति पाए। नोकरीले उनलाई कोचबिहारको दुर्गम ठाउँ सालमारा, बंगलादेश सीमा नजिक पुर्या्यो। ब्यांकको काममै व्यस्त रहँदै नाटक लेखन जारी राखे। त्यहाँको पुरानो जमिनदारी प्रथाबारे सुनेर अध्ययन गरी ‘खुनको बदला खुन’ नामक नाटक नेपालीमा लेखे। त्यता नेपाली नाटक नचल्ने हुँदा त्यसलाई बंगला भाषामा अनुवाद गरी ‘रक्तेर बदलाये रक्तो’ शीर्षकमा मञ्चन गरे। यो नाटक कोचबिहारका दुई तीन ठाउँमा मञ्चन भएको उनी बताउँछन्।

सन् १९९१ मा गान्तोक सरुवा भएपछि मनवीर कोलोनी बुर्तुकमा बस्न थाले। गान्तोकमा नाटकको क्षेत्रमा प्रशस्त ठाउँ र साथीहरू पाए। नेपाली संसारका वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटालको माध्यमबाट सिक्किममा नाटक गर्ने अवसर पाएको रञ्जिनत सिंह बताउँछन्l सो बेला शान्ति थाताल सिक्किममा सांस्कृतिक निदेशक थिइन्। अहिलेको मनन् केन्द्र रहेको ठाउँमा पहिला कम्युनिटी हल थियो, जहाँ नाटकहरू मञ्चन गर्ने गरेको उनी बताउँछन्। उपभोक्ता मामिला, दुर्व्यसनहरूबारे जनचेतनामूलक सडक नाटकहरू गर्दै जाँदा विभिन्न सरकारी विभागहरूले पनि उनलाई सडक नाटक गर्न लगाउन थाले।

रञ्जित सिंहको नाटक लेखाइ प्रायः प्रयोगात्मक, यथार्थवादी र सामाजिक देखिन्छ भने उनका कुरा सुन्दा कतै प्रतीकात्मक रहेको पनि बुझिन्छ। उनको पूर्णाङकी नाटक ‘आत्माको चाहना’ राम्रो चलेको उनी बताउँछन्। आफैद्वारा लेखिएको र निर्देशन गरिएको यस नाटकमा उनी ‘भूतनाथ’को भूमिकामा देखिएका थिए। उनी हाँस्दै भन्छन्, “मलाई आज पनि धेरैले भूतनाथ भनेर चिन्ने गर्छन्।” यसमा भूतनाथ एकजना तान्त्रिक हुन्छन्, जसले आत्मालाई बोलाउँछन्। मान्छे जिउँदो हुँदा कोही राम्रो, कोही नराम्रो कर्म गर्छन्। मरेपछि ती आत्मालाई भूतनाथले बोलाएर सोध्दा नराम्राले पश्चात्ताप गरेको प्रतीक प्रस्तुत गरिएको थियो। जन्म लिएपछि सबैले बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। यो नाटक सिक्किमभरि मञ्चन भएको उनी बताउँछन्।

नाटकबारे कुरा गर्दा रञ्जित सिंह सामाजिक जनचेतनामूलक नाटकमार्फत समाजका सबै वर्गलाई जिम्मेवारीबारे सचेत गराउन केन्द्रित देखिन्छन्। पर्यावरण संरक्षणका लागि वनजंगलको आवश्यकता झल्काउने नाटक ‘रुख बाजे’, आध्यात्मिक दृष्टिकोणबाट मानव मूल्य बुझाउने ‘सन्त कवीर’ मञ्चन गरे। यस्तै, डरलाई विषय बनाएर नाटक ‘अरित्रास’ प्रस्तुत गरे। महाभारतको कथामा आधारित नाटक ‘कर्ण’मा कर्णको भूमिका उनी आफैले निर्वाह गरेका थिए भने वर्तमान सिक्किम प्रेस क्लब अध्यक्ष भीम रावतले पनि अभिनय गरेका थिए। सन् २०२४ मा कालेबुङमा नाट्य उत्सवमा सुपरिचित नाटककार विक्रम पराजुलीको निमन्त्रणामा सहभागी भई आत्महत्याबारे चेतनामूलक नाटक ‘ममता’ मञ्चन गरे।

नाटकलाई निरन्तरता दिँदै उनले म्यूजिक भिडियो एल्बमहरूको काम गरेl सिक्किमका गायक सुनिल मोहोराको गीत ‘चिसो रात’को अवधारणा तयार गरेको, र यसको प्रविधि पक्षमा दिलिप राई, अजय प्रधान, प्रशान्त रसाइली अनि मोडल रवि पिल्लै र निशा गुरुङ रहेको उनी बताउँछन्l सिक्किमकै गायक भानु गुरुङको गीतको भिडियोहरू, र अन्य भिडियो एल्बमहरू बनाएl दूरदर्शन गान्तोकका लागि लघु चलचित्रहरू बनाए, अनि प्रशस्तिपत्र पाएको उनी बताउँछन्l आफैले लेखेको कथा ‘भूल’, ‘उपहार’, ‘लौ न हौ गाउँ फर्किउँ’ आफै निर्देशन गरेर लघु चलचित्र निर्माण गरेl

रञ्जित सिंहले आफ्नै कथा र निर्देशनमा सन् २००७ मा रजतपटको चलचित्र ‘त्याग’ निर्माण गरेl यसमा नायक देवाङ सुनार र नायिका निवेदिता परियार छिन्l उनले आफ्नै प्रोडक्सन हाउस ‘कला मल्टिमिडिया सेन्टर’ स्थापित गरेका छन्, जहाँ उनका श्रीमती नर्वदा गुरुङले एडिटिङको काम गर्ने उनी बताउँछन्l मुर्झाउँदै गएको नाटकमा उर्जा भर्ने कार्यलाई जारी राखेका छन्l भारतीय रिजर्व ब्यांक अफ् इण्डियाको पहलमा अनलाइन ठगीबारे सचेतनामूलक नाटकहरू सिक्किमभरि निरन्तर गरिरहेका छन्l दिलिप राईद्वारा निर्देशित चलचित्र ‘दार्जीलिङ मेल’बाट आफूलाई खुशी लागेको बताउँछन्l यस्तै अर्को चलचित्र सिलगढीदेखि गान्तोकसम्मको यात्रालाई लिएर चन्द्र शेखर गौतमद्वारा निर्देशित ‘गान्तोक एक्सप्रेस’मा पनि बंगाली बाबुकै अभिनय गरेको उनी बताउँछन्l

नाटकलाई बचाउन र यसको लोकप्रियता बढाउनेबारेमा कुरा गर्दा उनी भन्छन्, “नाटक दर्शकलाई आकर्षित गर्नसक्ने हुनुपर्छl हामी नाटककारहरूको जिम्मेदारी हो, राम्रो भन्दा राम्रो नाटक प्रस्तुत गर्नुपर्छl” उनी भन्छन्, “सरकारको भरोसामा मात्र पनि हुँदैन हाम्रो पनि जिम्मेदारी छl” नाटकको अघि आर्थिक चुनौतीहरू रहेको, र हलको भाडा पनि अहिले पहिलेको भन्दा धेरै महँगो पर्ने उनको भनाइ छl रञ्जित सिंहको चार दशकको रंगमञ्च यात्रा सामाजिक सन्देश, सांस्कृतिक चेतना र कलात्मक प्रतिबद्धताको प्रतिबिम्ब हो।*रंगमञ्चका भूतनाथ: चेतनामूलक नाट्ययात्री रञ्जिंत सिंह*
*सञ्जय प्रधान*
दार्जीलिङबाट सिक्किम हुँदै रंगमञ्चको गल्ली गल्लीमा चार दशकदेखि घोटिएका एक नाट्यकर्मी हुन्- रञ्जित सिंह। कहिले भूतनाथ बनेर आत्माको आवाज बोलाउने, कहिले वनजंगलको रक्षाको आहवान गर्ने, त कहिले आध्यात्मिक मानव मूल्यको खोज गर्ने उनको अभिनय संसार सामाजिक सन्देशले भरिएको छ। चलचित्र ‘दार्जीलिङ मेल’मा एक बंगाली पात्रको रुपमा उनको अभिनयले दर्शकको मन जित्नु मात्र एउटा उदाहरण होl
दार्जीलिङको सन्त रोबर्ट्स स्कूलमा पढ्दा विद्यार्थी जीवनदेखि नै रंगमञ्चको यात्रामा उनको पाइला चल्न थालेको होl दार्जीलिङ सरकारी महाविद्यालयबाट उच्च शिक्षा हासिल गरेका रञ्जित सिंह युवा हुँदादेखि नै नाटक लेख्ने, निर्देशन र अभिनय गर्थेl उनका अनुसार, सन् १९८० को दशकमा दार्जीलिङमा एमेच्योर थिएटर ग्रुप थियोl यसै ग्रुपमा समकालीन नाट्यकर्मी सुरेश खरेल, सोहेनका साथमा नाटक गर्थेl त्यही समयमा दार्जीलिङमै रञ्जित सिंहले आफ्नो हास्य नाटक ‘दिन्छु नि हौ बुढिया’ र ‘ठूली फूपु’ मञ्चन गरेl सो अवधिमा अलाहाबादमा भएको अखिल भारतीय नाटक प्रतियोगितामा पनि ‘दिन्छु नि हौ बुढिया’ मञ्चन गरेका थिएl यसमा उनले उत्कृष्ट अभिनेता र नाटकले उत्कृष्ट पुरस्कार पाएको उनी बताउँछन्l
दार्जीलिङमै नाटक यात्रा चल्दै थियो, यसैबीच ब्यांक अफ् बरोड़ामा नियुक्ति पाए। नोकरीले उनलाई कोचबिहारको दुर्गम ठाउँ सालमारा, बंगलादेश सीमा नजिक पुर्या्यो। ब्यांकको काममै व्यस्त रहँदै नाटक लेखन जारी राखे। त्यहाँको पुरानो जमिनदारी प्रथाबारे सुनेर अध्ययन गरी ‘खुनको बदला खुन’ नामक नाटक नेपालीमा लेखे। त्यता नेपाली नाटक नचल्ने हुँदा त्यसलाई बंगला भाषामा अनुवाद गरी ‘रक्तेर बदलाये रक्तो’ शीर्षकमा मञ्चन गरे। यो नाटक कोचबिहारका दुई तीन ठाउँमा मञ्चन भएको उनी बताउँछन्।
सन् १९९१ मा गान्तोक सरुवा भएपछि मनवीर कोलोनी बुर्तुकमा बस्न थाले। गान्तोकमा नाटकको क्षेत्रमा प्रशस्त ठाउँ र साथीहरू पाए। नेपाली संसारका वरिष्ठ संगीतकार तथा गायिका शान्ति ठटालको माध्यमबाट सिक्किममा नाटक गर्ने अवसर पाएको रञ्जिनत सिंह बताउँछन्l सो बेला शान्ति थाताल सिक्किममा सांस्कृतिक निदेशक थिइन्। अहिलेको मनन् केन्द्र रहेको ठाउँमा पहिला कम्युनिटी हल थियो, जहाँ नाटकहरू मञ्चन गर्ने गरेको उनी बताउँछन्। उपभोक्ता मामिला, दुर्व्यसनहरूबारे जनचेतनामूलक सडक नाटकहरू गर्दै जाँदा विभिन्न सरकारी विभागहरूले पनि उनलाई सडक नाटक गर्न लगाउन थाले।
रञ्जित सिंहको नाटक लेखाइ प्रायः प्रयोगात्मक, यथार्थवादी र सामाजिक देखिन्छ भने उनका कुरा सुन्दा कतै प्रतीकात्मक रहेको पनि बुझिन्छ। उनको पूर्णाङकी नाटक ‘आत्माको चाहना’ राम्रो चलेको उनी बताउँछन्। आफैद्वारा लेखिएको र निर्देशन गरिएको यस नाटकमा उनी ‘भूतनाथ’को भूमिकामा देखिएका थिए। उनी हाँस्दै भन्छन्, “मलाई आज पनि धेरैले भूतनाथ भनेर चिन्ने गर्छन्।” यसमा भूतनाथ एकजना तान्त्रिक हुन्छन्, जसले आत्मालाई बोलाउँछन्। मान्छे जिउँदो हुँदा कोही राम्रो, कोही नराम्रो कर्म गर्छन्। मरेपछि ती आत्मालाई भूतनाथले बोलाएर सोध्दा नराम्राले पश्चात्ताप गरेको प्रतीक प्रस्तुत गरिएको थियो। जन्म लिएपछि सबैले बाँचुन्जेल राम्रो कर्म गर्नुपर्छ भन्ने सन्देश यसले दिन्छ। यो नाटक सिक्किमभरि मञ्चन भएको उनी बताउँछन्।
नाटकबारे कुरा गर्दा रञ्जित सिंह सामाजिक जनचेतनामूलक नाटकमार्फत समाजका सबै वर्गलाई जिम्मेवारीबारे सचेत गराउन केन्द्रित देखिन्छन्। पर्यावरण संरक्षणका लागि वनजंगलको आवश्यकता झल्काउने नाटक ‘रुख बाजे’, आध्यात्मिक दृष्टिकोणबाट मानव मूल्य बुझाउने ‘सन्त कवीर’ मञ्चन गरे। यस्तै, डरलाई विषय बनाएर नाटक ‘अरित्रास’ प्रस्तुत गरे। महाभारतको कथामा आधारित नाटक ‘कर्ण’मा कर्णको भूमिका उनी आफैले निर्वाह गरेका थिए भने वर्तमान सिक्किम प्रेस क्लब अध्यक्ष भीम रावतले पनि अभिनय गरेका थिए। सन् २०२४ मा कालेबुङमा नाट्य उत्सवमा सुपरिचित नाटककार विक्रम पराजुलीको निमन्त्रणामा सहभागी भई आत्महत्याबारे चेतनामूलक नाटक ‘ममता’ मञ्चन गरे।
नाटकलाई निरन्तरता दिँदै उनले म्यूजिक भिडियो एल्बमहरूको काम गरेl सिक्किमका गायक सुनिल मोहोराको गीत ‘चिसो रात’को अवधारणा तयार गरेको, र यसको प्रविधि पक्षमा दिलिप राई, अजय प्रधान, प्रशान्त रसाइली अनि मोडल रवि पिल्लै र निशा गुरुङ रहेको उनी बताउँछन्l सिक्किमकै गायक भानु गुरुङको गीतको भिडियोहरू, र अन्य भिडियो एल्बमहरू बनाएl दूरदर्शन गान्तोकका लागि लघु चलचित्रहरू बनाए, अनि प्रशस्तिपत्र पाएको उनी बताउँछन्l आफैले लेखेको कथा ‘भूल’, ‘उपहार’, ‘लौ न हौ गाउँ फर्किउँ’ आफै निर्देशन गरेर लघु चलचित्र निर्माण गरेl
रञ्जित सिंहले आफ्नै कथा र निर्देशनमा सन् २००७ मा रजतपटको चलचित्र ‘त्याग’ निर्माण गरेl यसमा नायक देवाङ सुनार र नायिका निवेदिता परियार छिन्l उनले आफ्नै प्रोडक्सन हाउस ‘कला मल्टिमिडिया सेन्टर’ स्थापित गरेका छन्, जहाँ उनका श्रीमती नर्वदा गुरुङले एडिटिङको काम गर्ने उनी बताउँछन्l मुर्झाउँदै गएको नाटकमा उर्जा भर्ने कार्यलाई जारी राखेका छन्l भारतीय रिजर्व ब्यांक अफ् इण्डियाको पहलमा अनलाइन ठगीबारे सचेतनामूलक नाटकहरू सिक्किमभरि निरन्तर गरिरहेका छन्l दिलिप राईद्वारा निर्देशित चलचित्र ‘दार्जीलिङ मेल’बाट आफूलाई खुशी लागेको बताउँछन्l यस्तै अर्को चलचित्र सिलगढीदेखि गान्तोकसम्मको यात्रालाई लिएर चन्द्र शेखर गौतमद्वारा निर्देशित ‘गान्तोक एक्सप्रेस’मा पनि बंगाली बाबुकै अभिनय गरेको उनी बताउँछन्l
नाटकलाई बचाउन र यसको लोकप्रियता बढाउनेबारेमा कुरा गर्दा उनी भन्छन्, “नाटक दर्शकलाई आकर्षित गर्नसक्ने हुनुपर्छl हामी नाटककारहरूको जिम्मेदारी हो, राम्रो भन्दा राम्रो नाटक प्रस्तुत गर्नुपर्छl” उनी भन्छन्, “सरकारको भरोसामा मात्र पनि हुँदैन हाम्रो पनि जिम्मेदारी छl” नाटकको अघि आर्थिक चुनौतीहरू रहेको, र हलको भाडा पनि अहिले पहिलेको भन्दा धेरै महँगो पर्ने उनको भनाइ छl रञ्जित सिंहको चार दशकको रंगमञ्च यात्रा सामाजिक सन्देश, सांस्कृतिक चेतना र कलात्मक प्रतिबद्धताको प्रतिबिम्ब हो।

Rangmanch ka bhootnath

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड