Ramlal Adhikari, Agamsingh Giri and Laxman Shrimal Jayanti
Ramlal Adhikari, Agamsingh Giri and Laxman Shrimal Jayanti

रामलाल अधिकारी, अगमसिंह गिरी अनि लक्ष्मण श्रीमल जयन्ती पालन

Share this news

सिलगढीमा सञ्चालित साहित्यकार रामलाल अधिकारी सेवा समितिद्वारा कवि अगमसिंह गिरी, वरिष्ठ साहित्यकार रामलाल अधिकारी अनि वरिष्ठ नाटककार लक्ष्मण श्रीमलको जन्मजयन्ती समारोह भव्यताका साथ पालन गरिएको थियो।
चम्पासरी, कालकुट–सिलगढी स्थित साहित्यकार रामलाल अधिकारी सेवा समितिको आयोजनामा नेपाली साहित्यका तीन विशिष्ट स्तम्भ, गोर्खा जातीय सचेतक कवि अगमसिंह गिरी, विभिन्न विधाका वरिष्ठ साहित्यकार रामलाल अधिकारी अनि नाटक र उपन्यासको क्षेत्रबाट नेपाली साहित्यलाई योगदान पुराउने लक्ष्मण श्रीमलको जन्मजयन्ती समारोह भव्यता तथा साहित्यिक गरिमाकासाथ सम्पन्न गरियो।
नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, प्रवर्द्धन तथा पुस्तान्तरणमा समर्पित यस समारोहले साहित्यिक चेतना, ऐतिहासिक स्मृति र सर्जकप्रतिको सम्मानभावलाई एकै मञ्चमा एकीकृत गरेको थियो। कार्यक्रमलाई तीन चरणमा विभाजन गरी सुसंयोजित रूपमा सम्पन्न गरियो। कार्यक्रमको प्रथम चरणमा औपचारिक उद्घाटन सत्र सम्पन्न भयो। यसमा प्रमुख अतिथि: भूपाल सिंगौरे,विशिष्ट अतिथि: दीनानाथ शर्मा (देवकोटा) लगायत अन्य अतिथि तथा पदाधिकारीगण खगेन्द्र साङ्पाङ राई (सचिव), डी.आर. गुरुङ, एम.के. रिजाललगायत विभिन्न सामाजिक तथा साहित्यिक संघसंस्थाका प्रतिनिधिहरू उपस्थित थिए। सबैले आसन ग्रहण गरेपछि प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी कार्यक्रमको विधिवत् उद्घाटन गरियो। त्यसपश्चात समितिका सचिवद्वारा स्वागत वक्तव्य प्रस्तुत गरियो। कार्यक्रममा प्रारम्भिक चरणमै स्वागत गीत तथा सरस्वती वन्दना प्रस्तुत गरि वातावरणलाई साहित्यिक र सांस्कृतिक भावनाले गरिलो बनाइयो। यसै चरणमा साहित्यकार रामलाल अधिकारीको जीवन, साहित्यिक योगदान र सृजनात्मक यात्रामाथि प्रदीप शर्माद्वारा परिचय तथा जीवनी प्रस्तुत गरियो। त्यसपछि प्रदीप शर्माद्वारा नै रामलाल अधिकारीको एउटा कविता वाचन गरिनु कार्यक्रमको महत्वपूर्ण आकर्षण रह्यो।

कार्यक्रमको दोस्रो चरणमा वरिष्ठ नाटककार लक्ष्मण श्रीमलप्रति समर्पित रह्यो। यस चरणमा लक्ष्मण श्रीमलको परिचय तथा जीवनी श्रीमान् भूपाल सिंगोरेद्वारा पठन गरियो। कल्पना गुरुङद्वारा श्रीमलका कविता वाचन प्रस्तुत गरियो। प्रदीप कुमार शर्माद्वारा सरचित कविता पाठ गरियो। शम्भु राईले पनि लक्ष्मण श्रीमलका कविता वाचन गरे साथै प्रमुख अतिथि श्रीमान भूपाल सिंगौरेद्वारा लक्ष्मण श्रीमलका नाट्य र साहित्यिक योगदानमाथि गम्भीर र विश्लेषण राख्दै सबैको ध्यानाकर्षण गराए। उनको यस लेखले नाट्य साहित्यको ऐतिहासिक विकास र लक्ष्मण श्रीमलको विशिष्ट योगदानलाई स्मरण गराउने कार्य गर्‍यो।
तेस्रो चरणको कार्यक्रममा महान् कवि अगमसिंह गिरीको स्मृतिमा समर्पित रह्यो। यस चरणमा कवि अगमसिंह गिरीको परिचय तथा जीवनी संजीव श्रीमलद्वारा वाचन गरियो। गिरीलाई समर्पित गर्दै “जय गोर्खा” शीर्षक कविता खगेन्द्र साङ्पाङद्वारा प्रस्तुत गरियो। कविताकै क्रममा “तिमी त यहाँ नचिनिने भएछौ” कविता संजीव श्रीमलद्वारा भावपूर्ण ढङ्गले वाचन गरियो। कवि अगमसिंह गिरीद्वारा रचित प्रसिद्ध गीत “नौ लाख तारा उदायो” को सुमधुर प्रस्तुति किरण घिमिरेद्वारा गरियो। यसै क्रममा सङ्गीत साधक गोपाल गजमेरलाई साहित्य–संगीत क्षेत्रमा पुर्‍याएको योगदानको कदरस्वरूप खादा तथा माल्यार्पण गरी सम्मान प्रदान गरियो।कार्यक्रमको अन्त्यतिर—प्रमुख अतिथिको वक्तव्य भूपाल सिंगोरेद्वारा प्रस्तुत गरियो। उनले नेपाली साहित्यको वर्तमान अवस्था, सर्जकको दायित्व र भावी पुस्ताका लागि यस्ता कार्यक्रमहरूको महत्वमाथि गहन विचार राखे। सभापतिको वक्तव्य दीनानाथ शर्मा (देवकोटा)द्वारा प्रस्तुत गरियो, जसले कार्यक्रमको सार्थकता र समितिको निरन्तर साहित्यिक यात्राप्रति विश्वास व्यक्त गर्‍यो। कार्यक्रमलाई निरन्तरता दिंदै राजेन शर्माले लक्षमण श्रीमलका कविता वाचन गरे। अनोद जोशी, प्रदीप शर्माले पनि आफ्नो बहुमूल्य उपस्थिति दिंदै कार्यक्रमको शोभा बढाए। कार्यक्रमको सम्पूर्ण सञ्चालन मीरा श्रीमलद्वारा सुचारु, सन्तुलित र साहित्यिक गरिमासहित सम्पन्न गरियो।
साहित्यकार रामलाल अधिकारी सेवा समितिको आयोजनामा अगमसिंह गिरी, रामलाल अधिकारी अनि लक्ष्मण श्रीमलको संयुक्त जन्मजयन्ती समारोह नेपाली साहित्यप्रति श्रद्धा, सम्मान र प्रतिबद्धताको जीवित दस्तावेजका रूपमा स्थापित भयो। यस प्रकारका कार्यक्रमहरूले साहित्यिक परम्परालाई निरन्तरता दिनुका साथै भावी पुस्तालाई चेतनशील, सर्जनशील र उत्तरदायी बनाउने प्रेरणा प्रदान गर्दछ। अन्त्यमा शम्भु राईद्वारा धन्यवाद ज्ञापन सहित अध्यक्ष डीआर गुरुङको भाषणका साथ कार्यक्रम समाप्त गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ