Ramgauri Museum
Ramgauri Museum

पुग्नुस् है, “रामगौरी संग्राहलय…!”

Share this news

सिक्किमका गभर्नर महामहिम भी. रामारावले सन् 2003 मा नै भ्रमण गरे । अर्का गभर्नर. महामहिम ओम प्रकाश माथुरले सन् 2025 मा परिभ्रमण गरे । भूपू मुख्य मन्त्री श्री पवन कुमार चामलिङ ‘किरण’ साथै राज्य मन्त्री श्री अरुण उप्रेती, मन्त्री श्री पुरण गुरुङ, सोरेङका विधायक श्री आदित्य गोले, सांसद श्री इन्द्र हाङ सुब्बा लगायत सिक्किम हाई कोर्टका चीफ जस्टीजहरु सबै सबैले अघिबाटै अवलोकन गरि सक्नु भएको छ, यो “रामगौरी संग्राहलय ।”
जर्मन, क्यानाडा, रसिया, अमेरिका लगायत देश- विदेशका अन्वेषक हरुले कोट्टाई-कोट्टाई हेरी सकेका छन् । कोत्राई-कोत्राई निरीक्षक र परीक्षण गरिसकेका छन् संग्राहलयका पुरातन वस्तुहरु । पौराणिक जिनिस पत्रहरू ।
जापान विश्वविद्यालय का शोधार्थीहरुले फनफनी घुमेर अनुसन्धान गरेका छन् । अनुभव जोगाड़ गरिसकेका छन् त्यस संग्राहलयका उद्धविदहरु माथि ।
सिक्किम राज्यका प्राय:शो स्कुल, कलेज अनि युनिभर्सिटीका उत्साही र जागरूक शिक्षार्थीहरुले चप्पा चप्पा निहारी सकेका छन् संग्राहलय लाई ।
एकत्रित गरिसकेका छन् आफ्ना पाठ्यक्रम भित्र पर्ने धेरै मर-मसलाहरू यही संग्राहलयको माध्यमबाट कलेजका शिक्षार्थीहरुले ।
हामी पो रहेछौ, पछौटे र लोसे त…! ढीले र सुस्त त…! ‘रामगौरी संग्राहलय’ वारे अत्तो पत्तो नहुने । यस संग्राहलय को महत्व थाहै नपाउने । ‘नजिकको तीर्थ सबैको हेला ?’
अझ गज्जबको कुरो त झन के भने, हामी मध्ये कत्तिले त नामै पनि सुनेका छैनौ क्यार यो ‘रामगौरी संग्राहलय’-को ।
सिक्किम राज्यको पूर्वी भागमा पर्ने एउटा सानो, सुखिलो र चिटिक्क बान्की परेको ठाउँ हो रीनक । त्यही रीनक बजार भित्र अवस्थित छ ‘रामगौरी संग्राहलय ।’ सन् 1970 मा श्री गणेश कुमार प्रधानले रोपेको ‘संग्राहलय रुपी विरुवा’ अर्थात यो संस्थान । आज झ्यङ्गिए हेमान बृक्षको रुप लिई सकेको छ । तर उसै झ्याङ्गिएको चाँहि होइनन् ती विरुवा । घर परिवारका सबै सदस्यहरू झुत्तिएर लागि परेको कारणले नै फस्टाएको हो यो ‘संग्राहलय रूपी’ वृक्ष । मल-जल र स्याहार-सुसारमा लागि परेका छन् घरका सबै सदस्यहरू ।
पंक्ती पंक्ती पारेर छुट्टाई दिएका छन् संग्राहलय स्याहार्ने विभागहरू पनि । परिवारका सदस्यहरूलाई संग्राहलयका संस्थापक श्री प्रधानले । ता कि बराबर परोस कामको अभिभारा सबैलाई ।
वर- विरुवा, बोनसाई-ग्राफ्टीङ, दुर्लभ प्रजातिका बर-बिजन अनि अनौठा-अनौठा बान्कीका शीला-पत्थरको विभाग सम्हाल्छन् जेठो छोरो रुबेन र उनकी धर्म पत्नि प्रतिमाले ।
देश-विदेशबाट एकत्रित गरिएका रुपैया र मुद्राहरू, विलुप्त प्राय: डाक टिकटहरु, पौराणिक संस्कार र संस्कृतिका सामाग्रीहरु । अनौठा आकृतिका जरा-बुट्टाहरुको संकलन र संरक्षण विभागको हेर्चाह गर्छन् कान्छा छोरा दिपेन र उनकि धर्म पत्नि शान्तिले ।
संग्राहलयका संस्थापक श्री गणेश कुमार प्रधान स्यंमले सम्हाल्दै आएका छन् – सिक्किमका राजा कालीन दस्तावेज, राज पत्रांक, भानुभक्तका हस्त लिखित रामायण । प्राचीन बान्कीमा पेश गरिएको लामो बीस हाते धरो जस्तो ‘श्री सत्य नारायण वर्त कथा’-को पाण्डुलिपि । सय बर्ष नाघेका नेपाली पुस्तक, पत्र-पत्रिका; अझै अरु के के हो, के के…!
बुहारी द्वय प्रतिमा र शान्ति, संग्राहलय सम्बन्धित यी सबै राखन-धरन भ्याएर पनि जान्छिन् स्कुल डिउटी । उनिहरु दुवै सरकारी स्कुलका टीचर हुन् । अहो…! हेर्नुस् त कत्ति जाॅगरिली बुहारीहरू !
उसै गरी जेठो छोरो रुबेनले आफ्नै ‘ई-भेन्ट म्यानेज-मेन्ट’ (पण्डाल र क्याटरिङ) को व्यवसाय पनि धान्दै आएको छ भने कान्छो छोरो दिपेनले आफ्नै निजी साइबर-क्याफे सञ्चालन गर्छन् ।
नाति अभिषु हाल अध्यनरत हुनाले घरको काम काजमा अंश ग्रहण गरेका छैनन् ।
घरकी आमा श्रीमती कमला प्रधानले दायित्व लिएकी छन् भात-भान्साको व्यवस्थापन ।
संग्राहलयको रिती बमोजिम प्रवेश शुल्कको पनि नियम राखिए कै छ । यद्धपि आजसम्म खासै कसैले पनि प्रवेश शुल्क तिरेको रेकर्ड भने भेटिन्न । भ्रमणकारी हरुले संग्राहलयको पूर्ण अवलोकन गरि सके पछि “थ्याङ्क्-यु ल”- मात्र तिरेको देखिन्छ !
श्री गणेश कुमार प्रधानका स्वर्गवासी बुवा राम प्रधानको संग्राहलय खोल्ने ठूलो सपना थिएछ । तर अभाग्यवश निधन भएछ । सोही सपनालाई जीवन्त रुप दिंदै बुवा राम प्रधान अनि मुवा गौरी प्रधानको संयुक्त नाममा स्थापित रहेछ यो “रामगौरी संग्राहलय ।” यस संग्राहलयले आजसम्म आधा शताब्दीको उमेर नाघेको छ ।
परिवारका सम्पूर्ण सदस्यहरूको जोश, जाँगर,जुनुन र मेहनत विचार्दा निश्चय पनि यो संग्राहलय सिक्किम राज्यभरिमा एउटा उदाहरणीय संग्राहलय बन्ने छ । अनि नेपाली सम्प्रदायको निम्ती एउटा गर्वको बिषय । यसमा दुईमत हुने कुरै छैन् ।
साच्चै, यस्तो महत्वपूर्ण ठाउँमा पुग्नु भएको छैन भने तपाई; निश्चय पुग्नुस् है एकपल्ट
“रामगौरी संग्राहलय ”
सिक्किम भ्रमणको बेला ।

– सुदर्शन अम्बटे


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ