आज सिलगढीमा आयोजित भव्य “विजय यात्रा” कार्यक्रममा सहभागी हुँदै सिलीगुडी, माटीगडा-नक्सलबारी, फाँसिदेवा तथा डाबग्राम-फुलबारी विधानसभा क्षेत्रबाट भारतीय जनता पार्टीका उम्मेदवारहरूले हासिल गरेको शानदार जितको उत्सव मनाइएको छ , उक्त अवसरमा वक्ताहरूले यो विजय जनताको विश्वास, आशा र सकारात्मक परिवर्तनको चाहनाको प्रतीक भएको बताएका छन्। सिलीगुडी, दार्जिलिङ पहाड, तराई तथा डुवर्स क्षेत्रका मतदाताहरूले देखाएको माया, विश्वास र समर्थनप्रति आभार व्यक्त गरिएको छ। जनताले भ्रष्टाचारमुक्त, अपराधमुक्त विकास, इमानदार शासन, युवाहरूका लागि अवसर तथा उज्ज्वल भविष्य चाहेको सन्देश यस जनादेशले स्पष्ट पारेको बताइएको छ। साथै, नरेन्द्र मोदी र सुभेन्दु अधिकारी को नेतृत्वमा जनतासँग गरिएका सबै प्रतिबद्धता पूरा गर्न पार्टी प्रतिबद्ध रहेको उल्लेख गरिएको छ। पूर्वाधार विकास, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, रोजगारीका अवसर तथा क्षेत्रको समग्र विकासका लागि अझ दोब्बर समर्पणका साथ काम गरिने प्रतिबद्धता व्यक्त गरिएको छ। कार्यक्रममा भाजपा कार्यकर्ता तथा समर्थकहरूको अथक मेहनत र समर्पणकै कारण यो परिवर्तन सम्भव भएको भन्दै सबैप्रति धन्यवादसमेत ज्ञापन गरिएको थियो।












