मानव अधिकार एसोसिएशनद्वारा राजा चन्द्रृवंशीको जन्म जयन्ती पालन

Share this news

खरसाङ, (निसं)ः भारतीय मानवाधिकार एशोसिएशनका संस्थापक पूज्य राजा चन्द्रवंशीको स्मृतिमा हरेक वर्ष जनवरी 8 को दिन एशोसिएशनले देशभर राजा चन्द्रवंशी जयन्ती मनाउने परम्परा छ। यो परम्परालाई जारी राख्दै यस वर्ष पनि एसोसिएशनको खरसाङ इकाईले आफ्नो कार्यालय परिसरमा राजा चन्द्रवंशी जयन्ती भव्य रूपमा पालन गऱ्यो।

कार्यक्रममा राज्य सचिव पंकज गुप्ताले जयन्तीको महत्त्वबारे प्रकाश पार्दै भने, “यो जयन्ती केवल एक दिनको उत्सव होइन, यो हरेक व्यक्तिलाई आफ्ना अधिकारका लागि लड्ने प्रेरणा प्रदान गर्ने दिन हो। पश्चिम बङ्गालका सबै इकाईहरूमा आज यसरी आ-आफ्नै प्रकारले राजा चन्द्रवंशी जन्म जयन्ती मनाइन्दैछ।“ बङ्गालमा एशोसिएशनका जम्मा 9 जिल्लामा इकाईहरू सञ्चालित छन्‌‍।

खरसाङ इकाईका उपाध्यक्ष शङ्कर रावतले सबैलाई जयन्तीको शुभकामना दिँदै भने, “एशोसिएशनका संस्थापकको दूरदर्शिताकै कारण हाम्रो नयाँ पहिचान बनेको छ। अब यो पहिचानलाई जनताका अधिकारको लागि प्रभावकारी रूपमा प्रयोग गर्नुपर्छ।“ मानव अधिकार एशोसिएशनले खरसाङ क्षेत्रमा मानवअधिकारका मुद्दामा जागरण कार्यक्रम सञ्चालन गर्दै आएको छ र अधिकार हनन्‌‍का घटनाहरूमा सक्रिय भूमिका खेलिरहेको छ। वर्तमान राज्यमा चलिरहेको को पहलमा सहयोग पुऱ्याउन हेल्पलाइन सेवा पनि सञ्चालन गरेको राज्य मिडिया प्रभारी ज्योति कुमार मुखियाले बताएका छन्‌‍।

Share this news
आजको रोजाइ
अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

आजको रोजाइ