Queen Bee Project Darjeeling
Queen Bee Project Darjeeling

एट्रीको पहलमा वैज्ञानिक प्रविधिद्वारा रानी मौरी उत्पादनको शुरुआत

Share this news

दार्जीलिङ जिल्लाको खरसाङ उपविभाग अन्तर्गत पर्ने सिट्टोङ–३ ग्राम पञ्चायत क्षेत्रमा अशोका ट्रस्ट फर रिसर्च इन ईकोलोजी एण्ड द इन्भ्यारोमन्ट (एट्री) ले एएमपी हिमालय प्रोजेक्ट अन्तर्गत रानी मौरी उत्पादन पहल शुरु भएको छ।
यो पहल क्षेत्रकै लागि नयाँ र अत्यन्त वैज्ञानिक प्रकृतिको कार्यक्रम मानिएको छ। सिटोङ क्षेत्रका समुदायहरू मौरीपालन (Apiary) अभ्याससँग पहिले नै परिचित भए पनि वैज्ञानिक रानी मौरी उत्पादनको अवधारणा भने सिट्टोङ मात्र नभई सम्पूर्ण पहाडी क्षेत्रकै लागि नयाँ विषय भएको स्थानीयवासीहरूले बताएका छन्।

रोलक भिलेज प्लानिङ्ग कमिटिका अध्यक्ष अम्बर बहादुर छेत्रीले बताए अनुसार “मौरीपालन हाम्रो समुदायका लागि नयाँ विषय होइन, तर वैज्ञानिक रूपमा रानी मौरी उत्पादन गर्ने प्रविधि भने सिट्टोङ र सिंगो पहाडकै लागि नयाँ अवधारणा हो।” उनले थपे, “यसअघि एट्रीले ५० जना सीमान्त कृषकलाई १०० वटा वैज्ञानिक मौरी बक्स उपलब्ध गराउनुका साथै मौरी पालनसंग सम्बन्धित विविध तालिमहरु प्रदान गरिसकेको छ । अहिले ल्याइएको यो नयाँ प्रविधि अत्यन्तै रोचक छ र यसले ग्रामीण जीविकोपार्जनलाई अझ मजबुत बनाउने विश्वास लिएका छौँ।

यो रानी मौरी उत्पादन ( Queen Bee Grafting) मौरीपालनको एउटा वैज्ञानिक प्रविधि हो, जसमा उत्कृष्ट मौरी परिवारबाट अत्यन्त साना लार्भालाई विशेष रूपमा तयार गरिएको कुईन कप ( queen cups )मा सारेर नयाँ रानी मौरी उत्पादन गरिन्छ। यस प्रक्रियाबाट उच्च मह उत्पादन गर्ने, रोग प्रतिरोधात्मक क्षमता भएको, शान्त स्वभावका तथा बलिया( colony )क्लोनी निर्माण गर्न सक्षम गुणस्तरीय रानी मौरी उत्पादन गर्न सकिन्छ।
यस कार्यक्रमका प्रमुख उद्देश्यहरू:

गुणस्तरीय रानी मौरीको उत्पादन वृद्धि गर्नु * मौरी colony विस्तारमा सहयोग पुर्‍याउनु * कमजोर वा पुराना रानी मौरीलाई प्रतिस्थापन गर्नु * मह उत्पादन र colony को क्षमता अभिवृद्धि गर्नु * वैज्ञानिक तथा दिगो मौरीपालन अभ्यासलाई प्रवर्द्धन गर्नु । यस पहलमार्फत एटेरी ले ग्रामीण समुदायमा दिगो मौरीपालन आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्नुका साथै परागसेचन (pollination) सेवाको सुदृढीकरण र वातावरणीय सन्तुलन कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याइरहेको छ। विश्व मौरी दिवस (World Bee Day) को अवसरमा सुरु गरिएको यस कार्यक्रमले परागसेचक जीवहरूको संरक्षण, जैविक विविधताको संवर्द्धन तथा पहाडी समुदायको दिगो जीविकोपार्जन निर्माणमा वैज्ञानिक मौरीपालनको महत्वलाई उजागर गरेको छ भनी एट्रीका फिल्ड वर्कर सुशील मुखियाले जनाएका छन् ।

Share this news
आजको रोजाइ
पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

राशन कार्डबाट नाम हटाइएको विषयमा जानकारी लिन खाद्य तथा वितरण विभाग पुगे उपभोक्ता

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

‘हामीलाई यसमा नतान्नुहोस्’: विद्यार्थीमाथि बल प्रयोगबारे दर्ता याचिकामा दिल्ली उच्च अदालतको टिप्पणी

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

सिक्किमको समरदुङ सुरुङ दुर्घटना: सांसद राजु बिष्टद्वारा दुःख व्यक्त, सुरक्षित उद्धारको कामना

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

केएल राहुलको ब्याटिङ क्रमलाई लिएर पूर्व मुख्य चयनकर्ता श्रीकान्त असन्तुष्ट, टीम व्यवस्थापनको निर्णयमाथि प्रश्न

आजको रोजाइ