Puran became a lieutenant colonel
Puran became a lieutenant colonel

पुरण याेन्जन आरटीलेरीमा बने भारतीय सेनामा लेफ्टिनेन्ट कर्णल

Share this news

मिरिक नगरपालिका वार्ड सात विशाले रसदल गाउँका पुरण याेन्जन आरटीलेरीमा पदाेन्नति भएर लेफ्टिनेन्ट कर्णल बनेका छन्। भारतीय सेनामा यति माथिल्लो सम्मान जनक पदमा पुगेर मिरिकका छाेरा पुरण याेन्जनले मिरिककाे नाम उच्च पार्नुका साथै देश सेवामा उनकाे याेगदान र समर्पणले पाएकाे याे पदले समग्र गाेर्खा जातिकाे छाती गर्वले फुलिएकाे छ। चियाकमानकाे परिवेशमा हुर्किएका दिलीप याेन्जन अनि मनिला याेन्जनका छाेरा पुरण याेन्जन आमा बाबाकाे लगनशीलताबाट प्रेरित भई, उनले डन बोस्को स्कूल र सेन्ट अल्फोन्सस स्कूल, खर्साङमा उत्कृष्ट प्रदर्शन गरे। त्यसपछि जी.सी. दार्जीलिङबाट गणितमा स्नातक (अनर्स) गरे। उनी सन् २००४ मा भारतीय सेनामा भर्ना भए। पाँच वर्षपछि, उनले आफ्नो कमिसन प्राप्त गरे अनि आइएमए देहरादूनमा ४ वर्षको कठोर प्रशिक्षणपछि निरन्तर अगाडि बढ्दै ८ दिसम्बर २०१२ मा लेफ्टिनेन्टको पदमा कमिसन भए। क्याप्टेनबाट मेजर हुँदै ८ दिसम्बर २०२५ मा आर्टिलरी रेजिमेन्टमा लेफ्टिनेन्ट कर्णेलको पदमा पदोन्नति भएकाे छ।
लेफ्टिनेन्ट कर्णल पुरण याेन्जनकाे पदाेन्नतिमा परिवार पक्षले निजी निवासमा केक काटेर उत्सव पालन गर्दै हर्ष प्रकट गर्दै पुरण याेन्जनलाई वधाइ दिएको छ। लेफ्टिनेट कर्णल पुरण याेन्जनका आपा आमा दिलीप याेन्जन, मनिला याेन्जन, श्रीमती सराेजा याेन्जन, छाेरी यशी याेन्जन अनि परिवारका सदस्यहरूले भारतीय सेनाकाे लेफ्टिनेट कर्णल जस्ताे गरिमामय पदमा पुगेर गाउँ घरकाे नाम उच्च पार्नुका साथै गाेर्खाहरू पनि सेनाकाे उच्च पदमा पुगेर देशकाे सेवा गर्न सक्छन भन्ने उदाहरण पुरण याेन्जनले दिएकाे बताए। उनीहरूले पुरण याेन्जनकाे उक्त उपलब्धिमा सम्पूर्ण परिवार हर्षित रहेकाे बताउँ
दै उनकाे उक्त उपलब्धिमा हामी बधाई दिदछाै भने। उनीहरूले लेफ्टिनेन्ट कर्णल पुरण याेन्जन बनेकाे खबर सुन्दा छात्ती गर्वले फुलिएकाे पनि बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ