इन्टरलोक्युटर किन आए जनताले आफै बुझ्नेछन्- शान्ता छेत्री

Share this news

खरसाङ, (मोहन प्रसाद): इन्टरलोक्युटर चुनावको माहौलमा किन्‌‍ आएका वा इन्टरलोक्युटरले के गर्नेछन्‌‍ भन्ने विषयमा केही नभन्ने पक्षमा रहे तापनि इन्टरलोक्युटर आगमन जनताले नै राम्री बुझ्ने छन्‌‍ भनी दार्जीलिङ अनि कालेबुङ जिल्ला हिल तृणमूल कांग्रेसका अध्यक्ष साथै पूर्व राज्यसभा सांसद शान्ता छेत्रीले बताएकी छिन्‌‍।
खरसाङ्मा पत्रकारहरूद्वारा इन्टरलोक्युटरको पहाड़ आगमन बारे सोधिएकोमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै शान्ता छेत्रीले जनाए अनुसार, वर्तमानमा एसआईआर प्रक्रिया अन्तर्गत राज्यको अन्य ठाउँ जस्तै दार्जीलिङ पहाड़मा पनि जनमानसले विभिन्न समस्या भोगिरहेका छन्‌‍। यस अवधि यस चुनावको मुखैमा इन्टरलोक्युटरको पहाड़ आगमन वा अन्य को आउँछन्‌‍ अनि को जानछन्‌‍, के गर्छन्‌‍ त्यसमा तिनलाई केही भन्नु छैन।

तिनले थप जनाए अनुसार, दार्जीलिङ पहाड़को विभिन्न ठाउँमा जनमानसले एसआईआर अन्तर्गत विभिन्न कष्ट पाइरहेको छन्‌‍। यस चुनावको माहौलमा इन्टरलोक्युटरको आगमन जनता आफै बुझ्ने छन्‌‍। ज्ञात रहोस्‌‍, गोर्खाको दीर्घकालीन माग अनि राजनीतिक समस्यालाई लिएर भारतको गृह मन्त्रालयद्वारा लगभग तीन महिना अघि नै नियुक्त भएको इन्टरलोक्युटरको दार्जीलिङ पहाड़मा आगमनको निम्ति भाजपाका गठबन्धन दलका नेतृत्वहरू साथै कतिपय संघ-संगठनहरू धेरै अघिदेखि नै उत्साहित थिए अनि तिनको भ्रमणसित आशावादी पनि रहेको छन्‌‍ भने कतिपय पहाड़को अन्य दलहरूले इन्टरलोक्युटरको नियुक्ति अनि आगमन केवल एउटा राजनीतिक चलखेल रहेको बताएका छन्‌‍।

शुक्रवार बेलुकी इन्टरलोक्युटर बागडोगरा विमनस्थल आइपुगेका थिए भने शनिवार तिनी पहाड़ चढ़ेका हुन्‌‍। केहि दिनसम्म तिनी दार्जीलिङ गान्धी रोडस्थित रेलवे गेस्ट हाउसमा बस्ने छन्‌‍, जहाँ तिनलाई पहाड़का विभिन्न राजनीतिक दलहरूका प्रतिनिधि साथै संघ-संगठनका प्रतिनिधिहरू भेटेर पहाड़को समस्या विषयमा अवगत गराउने छन्‌‍ भनी जानकारी पाइएको छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ