क्षय रोगीहरुलाई पौष्टिक आहारहरु प्रदान

Share this news

इण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको आयोजनामा खरसाङ महकुमा अस्पतालमा एक कार्यक्रम आयोजना गरी खरसाङ नगरपालिका क्षेत्रमा रहेका क्षय रोगका बिमारीहरुलाई पौष्टिक आहारहरु प्रदान गरिएको थियो।‌ उक्त पौष्टिक आहारहरु खरसाङ महकुमा अस्पतालमा पञ्जीकृत क्षयरोगका बिमारीहरुलाई प्रदान गरिएको थियो। उक्त कार्यक्रमको अध्यक्षता ईण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको भाइस चेयरम्यान डा एके बारुईले गरेका थिए। कार्यक्रमलाई सचिव बिजय सेञ्चुरीले गरेका थिए।‌ कार्यक्रममा विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु साथै डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी उपस्थित रहेका थिए। यस कार्यक्रममा इण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको तर्फबाट खरसाङ नगरपालिका क्षेत्रमा रहेका क्षय रोगका 15 जना बिमारीहरुलाई पौष्टिक आहारहरु र अन्य खाद्यान्नहरु वितरण गरिएको थियो। उक्त पौष्टिक आहारहरु वितरण कार्यक्रममा नै इण्डियन रेड क्रस सोसाइटीमा सहयोग गर्ने विशिष्ट व्यक्तिहरूलाई प्रमाण पत्रहरु पनि वितरण गरिएको थियो।‌ उक्त कार्यक्रममा क्षय रोग र इण्डियन रेड क्रस सोसाइटी विषयमा पनि जानकारी गराइएको थियो।‌ यस कार्यक्रमलाई डेपुटी मजिस्ट्रेट प्रसनजीत चौधरी, व्यवसायी संगठन खरसाङका सभापति फिरोज अख्तर, सचिव राजेन्द्र प्रसाद, सभासद नुरी शेर्पा, पश्चिम बंगाल ड्रगिस्ट एण्ड केमिस्ट एसोसिएसनको तर्फबाट ओम चौरसिया, बिक्रम प्रधान, इण्डियन रेड क्रस सोसाइटी खरसाङ शाखाको भाइस चेयरम्यान डा एके बारुई आदिले वक्तव्य दिएका थिए। यसै कार्यक्रममा खरसाङ महकुमा अस्पतालका अवकाशप्राप्त नर्स मनमाया शर्मा प्रधानलाई महकुमा अस्पताल र ईण्डियन रेड क्रस सोसाइटीको तर्फबाट सम्वर्द्धना पत्र प्रदान गरेर सम्मान जनाइएको थियो। यस कार्यक्रम विषयमा सोसाइटीका सचिव बिजय सिञ्चुरीले विस्तृत रुपमा जानकारी गराएका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ