धस्किएको सड़क किनारमा सुरक्षा देवाल नलगाइएको गुनासो

Share this news

खरसाङ,  (निसं)ः खरसाङ टुरिष्ट लजदेखि उकालो हिमाली बोर्डिङ स्कूल तर्फ जाने सड़कमा गत 4 अक्टोबरको राति जमिन धस्किएको जग्गामा सुरक्षा देवाल लगाउने कार्य अहिलेसम्म भएको छैन। जमिन धस्किन्दा सड़कमा आएको ढुंगा-माटो केही दिनपछि सोहोर्ने कार्य गरिएको थियो तापनि धस्किएको जग्गामा सुरक्षा देवाल अहिलेसम्म नलगाइएकोले जोखिम बनेको जनसाधरणको गुनसो छ।

यहाँ रेलवे इन्सटिच्युट तर्फ जाने बाटोबाट जमिन धस्किएको छ। यही धस्किएको स्थानबाट रेलवे इन्सटिच्युट तर्फ गाड़ी लगिन्छ अथवा गाड़ी ल्याइन्छ। यस्तो अवस्थामा बाटो धस्किएर खुँडे परेको स्थानमा जोखिम बनेको छ। यहाँ विभिन्न विद्यालयका विद्यार्थीहरू गाउँ-बस्तीबाट लिएर आउने गाड़ीहरू विद्यालय छुट्टी नभएसम्म राखिन्छ। कुनै कुनै समय यस स्थानमा गाड़ीको संख्या निकै बाक्लो रहने गरेको पाइएको छ। यसो हुँदा जमिन धस्किएको स्थानबाट कुनै समय गाड़ी तल सड़कमा झर्न सक्ने सम्भावना रहेको मानिसहरूले बताएका छन्‌‍।

गत वर्ष यसै स्थानबाट एउटा विद्यार्थी बोक्ने गाड़ी अर्को विद्यार्थी बोक्ने गाड़ीमाथि झरेकोले केही विद्यार्थीहरू घाइते पनि बनेका थिए। यस स्थानमा भत्किएको बाटोको कारण पुनः यस्तो घटना दोहोरिने सम्भावना रहेको मानिसहरूले बताएका छन्‌‍। यो क्षेत्र रलवेको क्षेत्र परेकोले धस्किएको स्थानमा सुरक्षा देवाल लगाउने कार्य हुन नसकेको हो भन्ने भनाइ रहेको छ। तथापि जनसाधरणको सुरक्षाको निम्ति रेलवेले कार्य गर्न पर्ने अथवा सम्बन्धित निकायले रेलवेसित सम्पर्क गरेर सुरक्षा देवाल लगाउ पर्ने जनसाधरणको माग रहेको छ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ