promise made by MP Raju Bista to the people of the Darjeeling Lok Sabha constituency
promise made by MP Raju Bista to the people of the Darjeeling Lok Sabha constituency

सांसद राजु बिष्टको दार्जीलिङ लोकसभा क्षेत्रका जनतालाई वाचा

Share this news

दार्जीलिङका सांसद र भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले दार्जीलिङबाट संसद सदस्यको रूपमा निर्वाचित भएदेखि नै आफ्नो क्षेत्रले सामना गरिरहेको विशाल विकासात्मक खाडलहरूलाई सम्बोधन गर्ने कुरामा ध्यान केन्द्रित गरेको बताएका छन्। बिष्टले प्रेस विज्ञप्तिको माध्यमबाट यो कुरा भनेका हुन्।

सांसद बिष्टले विज्ञप्तिमा अघाडि उल्लेख गरेका छन्, ग्रामीण सम्पर्क परियोजनाहरूलाई निरन्तरता दिँदै, यो कुरा साझा गर्न पाउँदा खुसी लागेको बताएका छन्, उनले दार्जीलिङ र कालेबुङ जिल्ला, पहाडी (GTA) क्षेत्रहरूको लागि प्रधानमन्त्री ग्राम सडक योजना (PMGSY) योजना अन्तर्गत ४८ ग्रामीण सडक परियोजनाहरूको लागि प्रस्तावहरू प्राप्त गरेका छन् अनि त्यसको लागि् उनले स्वीकृति प्रदान गरेको बताए। यसमध्ये, दार्जीलिङको लागि २१ सडकहरू र कालेबुङको लागि २७ सडकहरू स्वीकृत भएका छन्।

यी परियोजनाहरूले हाम्रो क्षेत्रमा कुल २०६.९९ करोडभन्दा बढीको लगानी ल्याउनेछन्। यसमध्ये दार्जीलिङको ग्रामीण सडकहरूको लागि ₹११०.०४ करोड र कालेबुङमा ₹९६.९५ करोड छुट्याइएको छ। यसले दार्जीलिङ र कालेबुङ जिल्लाका ग्रामीण क्षेत्रका मानिसहरूको लागि राम्रो पहुँच, आर्थिक वृद्धि र जीवन सुधारको मार्ग प्रशस्त गर्नेछ।

हाम्रो दार्जीलिङ पहाड, तराई र डुवर्स क्षेत्रमा ग्रामीण सडकहरूको लागि सबै अनुरोधहरूलाई सकारात्मक रूपमा सम्बोधन गर्न म ग्रामीण विकास मन्त्रालयसँग नजिकबाट काम गरिरहेको सांसद बिष्टले उल्लेख गरेका छन्। उनले जनतालाई आश्वासन दिंदै भनेका छन् , तपाईं हरूले निर्वाचित गर्नुभएको सांसद अथक प्रयासरत छन् र तपाईं हरूको निरन्तर समर्थन र आशीर्वादले आफूले हाम्रा जनताको सबै आकांक्षा र विकास आवश्यकताहरू पूरा गर्ने वाचा गरेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ