PM Modi Sikkim Tour
PM Modi Sikkim Tour

स्वर्णजयन्तीमा प्रधानमन्त्री मोदीः”सिक्किम पूर्वका स्वर्ग, अर्गानिक गार्डेन”

Share this news

प्रधानमन्त्री नरेन्द्र मोदीले गान्तोकको पाल्जोर स्टेडियममा आयोजित राज्य स्थापनाको स्वर्ण जयन्तीलाई सम्बोेधन गर्दै “सिक्किम पूर्वका स्वर्ग, अर्गानिक गार्डेन” भएको बयान दिएका थिए। उनले सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्ती समापन समारोहलाई सम्बोधन गर्दै यस कार्यक्रमसँगै पाँचौँ पटक प्रधानमन्त्रीको हैसियतमा सिक्किम आएको बताए। यस ऐतिहासिक कार्यक्रममा प्रधानमन्त्री मोदीसँगै राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ, राज्यपाल ओमप्रकाश माथुर, राज्यसभा सांसद डीटी लेप्चा, लोकसभा सांसद इन्द्र हाङ सुब्बा र सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष डीआर थापा पनि मञ्चमा सहभागी थिए।

यस अवसरमा स्टेडियममा हजारौँ मानिसहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन रहेको थियो, जसमा उनले सिक्किमको प्राकृतिक सुन्दरता, शान्त वातावरण, स्वच्छता, पर्यटन, जैविक खेती, अर्गानिक उत्पादनहरूको खुलेर प्रशंसा गरे। उनले मुख्यमन्त्री तामाङलाई लोकप्रिय, जनप्रिय एवं आमजन पक्षधर भएको बताए। सिक्किम राज्य स्थापनाको स्वर्णजयन्ती समापन समारोहमा सहभागी बन्ने अवसर पाएकोमा आफू अत्यन्त खुशी भएको व्यक्त गर्दै सम्पूर्ण सिक्किमवासीलाई बधाई तथा शुभकामना दिए। यसको साथै प्रधानमन्त्रीले समारोहको उद्घाटन गर्दै भने, सिक्किम राज्य र राज्यवासीलाई ५० वर्षको यात्राको बधाई दिँदै सिक्किमको यात्रा मानव मूल्यको यात्रा हो, यो विकास र विश्वासलाई सँगै लिएर अघि बढेको यात्रा हो।

उनले सिक्किमलाई अर्गानिक गार्डेनको रूपमा चित्रण गर्दै आज पाल्जोर स्टेडियमको कार्यक्रम अझ बढी उल्लासपूर्ण भएको बताए। कार्यक्रममा उपस्थित विभिन्न कलाकारहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रमहरूको समेत प्रधानमन्त्रीले प्रशंसा गरे। प्रकृति र संस्कृतिले भरिपूर्ण राज्य सिक्किमको प्रशंसा गर्दै उनले भने, “सिक्किम प्रकृतिको घर र अर्गानिकको गार्डेन हो।” प्रधानमन्त्री मोदीले सिक्किमको विकास कार्यहरूलाई उल्लेख गर्दै भाजपाको सरकारले जुन कामहरू अघि बढाएको छ, त्यसले राज्यको विकासमा थप योगदान पुगेको बताए। उनले अतीतको विरासतलाई आत्मसात गर्दै विकासको नयाँ मार्ग तय गर्नुपर्नेमा जोड दिए। यस क्रममा प्रधानमन्त्रीले सिक्किमवासीहरूको प्रेम, स्नेह र आशीर्वादप्रति कृतज्ञता व्यक्त गर्दै भने कि आफ्नो सन्तति परियोजनाको विशेष उल्लेख गरे। उनले सिक्किमको प्राकृतिक सुन्दरता र स्वच्छताको प्रशंसा गर्दै सिक्किमवासीलाई प्रकृतिको संरक्षण गर्न आग्रह गरे।कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङले पनि आफ्नो सम्बोधन राख्दै प्रधानमन्त्री नरेन्द्र मोदीप्रति आभार व्यक्त गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ