मुख्यमन्त्री तामाङ र प्रधानमन्त्री मोदी बीच भेटवार्ता २९ मईमा प्रधानमन्त्रीले गान्तोकको भ्रमण गर्ने आधिकारिक पुष्टि

Share this news

गान्तोक, २० मई (निस): सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा स्वर्णजयन्तीको अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यको भ्रमण गर्ने समाचारबीच आज मुख्यमन्त्री प्रेमसिंह तामाङले नयाँ दिल्लीमा प्रधानमन्त्रीसित शिष्टाचार भेट गरेर आधिकारिक रुपमा निम्तो दिएका छन्। मुख्यमन्त्रीको निमन्त्रणालाई प्रधानमन्त्रीले सहर्ष स्विकारेका छन्। यसको साथै आगामी २९ मईको दिन प्रधानमन्त्री मोदीको गान्तोक भ्रमणको आधिकारिक पुष्टी भएको छ। यसको जानकारी स्वंय मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा दिएका छन्।
अर्कोतिर यहाँ गान्तोकमा प्रधानमन्त्रीको भ्रमणलाई लिएर तयारी युद्धस्तरमा चलिरहेको छ। राज्य सरकार आफ्नो स्तरमा तयारीमा लागेको छ भने सत्तारुढ़ सिक्किम क्रान्तिकारी मोर्चाले पनि आफ्नै स्तरमा तयारी गरिरहेको छ। यसको निम्ति दुवै निकायले निरन्तर सभाहरू गरिरहेको छ। यसै क्रममा मन्त्री अरुण उप्रेतीको अध्यक्षतामा आज देउरालीस्थित उनकै निवासस्थानमा एसकेएम पार्टीको एउटा बैठक बसेको थियो।
आज नयाँ दिल्लीमा भएको भेटवार्तामा मुख्यमन्त्री तामाङले भारतीय सेनाको आतङ्कवाद विरुद्ध हालको सफल अपरेशन सिन्दूरको निम्ति सिक्किम अनि सिक्किमवासीको पक्षमा प्रधानमन्त्रीलाई बधाई दिएका छन्। उनले यसलाई आतङ्कवाद विरुद्ध भारतको महत्वपूर्ण कोशेढुङ्गा बताएका छन्। यस अपरेशनको सफलताले राष्ट्रीय गौरव साथै शान्ति अनि सुरक्षाप्रति प्रतिवद्ध राष्ट्रको रुपमा भारतको विश्वव्यापी स्थितिलाई अझ बलियो बनाउने उनको भनाइ रहेको छ। यसको साथै सिक्किम राज्यलाई निरन्तर सहयोग र मार्गदर्शनको निम्ति पनि मुख्यमन्त्री तामाङले राज्य अनि राज्यवासीको पक्षमा प्रधानमन्त्री मोदीलाई विशेष धन्यवाद दिए।
मुख्यमन्त्री तामाङले प्रजातन्त्रको स्वर्णजयन्तीको यस विशेष अवसरलाई सफल अनि स्मरणीय बनाउन साथै प्रधानमन्त्रीलाई भव्य स्वागत जनाउन सम्पूर्ण राज्यवासीलाई एक भएर अघि आउने अपील गरेका छन्।


Share this news
आजको रोजाइ
सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

सेभोक पुलिसद्वारा लागु औषधसहित पाँचजना पक्राउ

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

शहीद दिवस सम्बन्धी गाड़ीधुरामा भागोप्रमोको सभा

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

तीनधारे हिल 10 किलोमीटर रनलाई लिएर ट्रायल म्याराथन सम्पन्न: जर्सी अनावरणसितै पञ्जीकरण आरम्भ

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

युकेएफसी खरसाङ सुपर लीग 2025 को प्रीमियर डिभिजन च्याम्पियन बन्यो

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोरामुमोले अब साङ्गठनिक गतिविधि बढ़ाउने

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी  मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

गोकमा भएको दुर्घटनामा मृत्यु भएका सिंगेल चियाबारी निवासी मृतकको परिवारलाई विभागबाट 2 लाख रुपियाँको आर्थिक सहयोग प्रदान

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

फुर्वा भुटिया बने मगनको अतिरिक्त राजनीतिक सचिव

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

डीआइ र एआइद्वारा बिद्यालयको स्थलगत भ्रमण

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

राष्ट्रिय राजमार्ग दसले लाटपञ्चरमा पनि गरायो जाम

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

विधायक लेप्चालाई रिन्छेनबुङवासीको साथ रहने

आजको रोजाइ