सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौँ : मुख्यमन्त्री तामाङ

Share this news

सरकारी कर्मचारीहरूलाई स्वतन्त्र परिवेश दिइएको दाबी
६ वर्षमा कुनै पनि सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौँ : मुख्यमन्त्री तामाङ

एसकेएम सरकारले बितेको ६ वर्षमा कुनै पनि सरकारी अधिकारी तथा कर्मचारीलाई कुनै प्रकारको राजनीतिक दबाउ नदिएको मुख्यमन्त्री प्रेमसिंह तामाङको भनाइ रहेको छ। स्थानीय मनन केन्द्रमा सिक्किम सरकारको गृह विभागद्वारा आयोजित दुई दिवसीय विकसित सिक्किमदेखि विकसित भारत २०४७ सम्म-कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बयान दिएका हुन्।
हामीले ६ वर्षको कार्यकालमा कुनै पनि सरकारी कर्मचारीलाई राजनीतिक दबाउ दिएनौं, उनले भने। सबै सरकारी कर्मचारीले स्वतन्त्र परिवेशमा काम गर्ने अवसर पाइरहेको मुख्यमन्त्रीको दावी रहेको छ। बितेको ६ वर्षमा सरकारले कहिल्यै पुलिस प्रशासनको पनि दुरुपयोग नगरेको
उनको भनाइ रहेको छ। ६ वर्षमा एसकेएम सरकारले सबैभन्दा बेसी माया सरकारी कर्मचारीहरूलाई गरेको पनि मुख्यमन्त्री तामाङको थप भनाइ रहेको छ। यो ६ वर्षमा हामीले सबैभन्दा अधिक सरकारी कर्मचारीहरूलाई न्याय दिने काम गरेका छौं। सबैभन्दा बेसी
माया सरकारी कर्मचारीहरूलाई गरेका छौं। कसैलाई अन्याय भएको छ भने भन्नुहोस, उनले भने। सरकारले सबै कर्मचारीको समयमा पदोन्नती गरेको उनले बताए।
आफ्नो सम्बोधनको क्रममा मुख्यमन्त्री तामाङले राज्य सरकारका
विभिन्न विभागबीच समन्वय र सहकार्यमाथि जोर दिएका छन्। सबै विभागलाई टीम वर्क गर्ने उनले अपील गरेका छन्। उल्लेखनीय छ, दुई दिनको सम्मेलन तथा कार्यशालामा जम्मा ४१ वटा विभागलगायत ६ वटा जिल्लाका जिल्लापाल अनि पुलिस अधिक्षकले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गरे। यी प्रतिवेदनहरूलाई नै लिएर राज्य सरकारले भिजन डकुमेन्ट २०४७ तयार पार्ने मुख्यमन्त्री तामाङले बताए।
साम्मेलनको समापन समारोमा लगभग दुई घण्टा लामो सम्बोधन राख्ने क्रममा मुख्यमन्त्रीले राज्यमा बड़दो ट्राफिक समस्याको पनि प्रसङ्ग निकाले। बड़दो ट्राफिक समस्याको एउटा कारण सड़क छेउछाउमा लामो समयदेखि राखिएको पुरानो अनि बिग्रेका वाहनहरू रहेको बताउँदै तत्काली ती वाहनहरूलाई हटाउने उनले आदेश दिएका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ