बिजनबारी,21 जनवरी(निसं): दार्जीलिङ- पुलबजार खण्डको नयाँनोर ग्राम लोवर लुङचको निवासी प्रतीक्षा राई सिक्किम टप मोडल सिजन सिक्सको प्रहिलो रनरअप बन्दै आफ्नो व्याक्तिगत उपलब्धि सँगै क्षेत्रलाई गर्ववान्तित पारेको छ। सञ्चराज राई अनि सविना राईकी छोरी प्रतिक्षा राईले पहिलो अडिसन जोरथाङ स्थित स्थानीय पार्कमा गरिएको थियो, जसमा एक सह भन्दा अधिक प्रतियोगिहरुले प्रतियोगितामा अंश ग्रहण गरेका थिए । ती मध्येबाट 11 जना फाइनल राउण्डमा पुगेका थिए जस मध्येबाट प्रतिक्षा राई फस्ट रनरअप भएकी हुन्। हाल विध्याज्योति अकादमीको कक्षा बाह्रौंमा अध्ययनरत राईले गत 2021 – 2022 सालमा बिजनबारीमा आयोजित मिस बेञ्जन बिजनबारीको उपाधी समेत जितेकी थिइन् ।
यसैवीच यस स्थानसम्म पुग्न सफल हुनुमा आमा बाबा र आफ्नो विद्यालयको ठूलो हात रहेको प्रतीक्षाले बताइन् । यसको साथमा आगमी दिनमा मिस इण्डिया जस्तो राष्ट्र स्तरीय प्रतियोगिता सम्ममा भाग लिने आफूले सोंच बनाएको उनले बताइन। गाउँका समाज अनि बिजनबारी क्षेत्रका संघ संस्थाहरुले पनि यो स्थान सम्म पुग्न सफल बन्न पुगेकी प्रतिक्षा राईलाई शुभकामना प्रकट गरिरहेका छन। उनको सफलता अब व्यक्तिगत नरहेर क्षेत्रवासीको सफलता रहेको उनीहरूको भनाई छ। यस्तै यस किसिमको प्रतियोगिताहरुमा भाग लिनाले आफ्नो कलामा निखार आउने साथै शिष्टचार व्यवहारिक ज्ञान सिक्न सकिने भन्ने उनीहरूले युवा वर्गलाई सुझाव रहेका छन। उनलाई सिक्किम टप मोडल सिजन-6 मा जान प्रोत्साहन अनि मार्ग निर्देशन गर्ने बिजनबारी निवासी मञ्जु छेत्रीलाई उनले धन्यवाद दिएकी छिन्।












