प्रणयको ‘अर्किड घर’: स्वरोजगारको सुगन्ध

Share this news

युवा दर्पण 

किरण छेत्री

दार्जीलिङ पहाड़का सुन्दर देखिने हरिया चिया बगानहरू कहिलेकाहीं सपनाजस्तै लाग्छन्। तर, यी बगानका श्रमिकहरूको जीवन संघर्षमय छ।  अर्कोतिर गहिरिँदै गएको बेरोजगारीको समस्याबीच ४७ वर्षीय प्रणय राईले आत्मनिर्भरताको उदाहरण प्रस्तुत गरेका छन्। सोनादा बजारदेखि करिब चार किलोमिटर तल अवस्थित रङ्मुक चियाबारीको लोवर बीच गाउँमा आफ्नै घरमा उनले सन् २००७ देखि फूलखेती शुरु गरेका हुन्। पहिले चिया बगानका श्रमिकका रूपमा काम गर्ने प्रणय राईले हिजोआज विभिन्न प्रजातिका सुन्दर अर्किड र गोदावरीजस्ता फूलहरू हुर्काउँदैछन्। उनको आधिकारिक नाम अञ्जन राई हो, तर ‘प्रणय’ नामले परिचित छन्। ‘अर्किड घर’ नामक आफ्नो फूलखेतीबाट उनले नयाँ पहिचान बनाएका छन्।

संघर्षबाट अघि बढ़्दै

रङ्मुक चिया बगान सन् २०२२ देखि बन्द भएको छ। बगान बन्द हुँदा बेरोजगारीले सबैलाई गाँज्ने नै हो। यो बगान खोलाउन कतैबाट कसैले प्रयास गरेको केही अत्तोपत्तो छैन। बगान बन्द भएपछि अहिले त्यहाँ काम नभएको प्रणय राई बताउँछन्। यस्तो अवस्थामा उनले आफ्नै बलबुत्तामा फूलखेतीलाई अझ बढ़ी विस्तार गरे। फूलखेतीमा उनी बिहान साँड़ेे पाँच बजेदेखि साँझ 6 बजेसम्म व्यस्त रहन्छन्। यसमा उनका परिवारै लागेका छन्। दुईजना छोरी बिहे भएपछि अहिले उनका पत्नी र छोरा पनि फूलखेतीमै लागेका छन्। अर्किडमा लाग्ने रोगबारे कुरा गर्दा प्रणय भन्छन्, ‘‘मेरो अनुभवले अर्किडलाई बिमार लाग्दैन। मैले सन् २००७ देखि गरेको, तर अहिलेसम्म त्यस्तो बिमार चाल पाएको छुइनँ। विशेष गरेर महिना हेरेर मलजलमा ध्यान दिए अर्किड हत्तपत्त मर्दैन।’’ पानी हाल्दा महिनालाई विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ। राम्रोसित स्याहारसुसार गरेर घामबाट जोगाए अर्किड फूल तीन महिनासम्म स्थिर रहने उनी बताउँछन।

किङ अफ् द् शो’ 

‘अर्किड घर’मा विभिन्न प्रजातिका पाँच सय बढ़ी अर्किड फूलहरू अनि यस्तै पाँच सय भन्दा बढ़ी विभिन्न किसिमका गोदावरी फूलहरू छन्। प्रणयको यस ‘अर्किड घर’मा विभिन्न ठाउँबाट पनि फूलहरू किन्न आउँछन्। गमलाका साथमा र काटेका फूलहरू दुवैको माग राम्रो रहेको छ। यहाँ दुर्लभ प्रजातिका अर्किड ‘क्वीन अफ् हार्ट’ र ‘रकी’ जस्ता अर्किड देख्न पाइन्छ। प्रणयका अनुसार, ‘क्वीन अफ् हार्ट’को मूल्य करिब चालीस हजार रुपियाँ हुन्छ। १ मार्चदेखि ४ मार्च २०२५ सम्म सिक्किमको पाक्योङमा आयोजना भएको ‘इण्डियन अर्किड फेस्टिवल २०२५’मा उनले ‘किङ अफ् द् शो’को उपाधि जितेका छन्। यसमा उनले आफूले उमारेको अर्किड फूल ‘पाउडर पफ’ लगेका थिए। ‘इण्डियन अर्किड फेस्टिवल २०२५’ इण्डियन काउन्सिल अफ् एग्रिकल्चरल रिसर्च (आईसीएआर)-नेशनल रिसर्च सेन्टर फर अर्किड्सद्वारा आयोजना गरिएको थियो।

गाउँको सिमाना पार गर्दै अर्किड घर

प्रणय राईले उत्पादन गरेका सुन्दर फूलहरू गाउँको सिमाना पार गरेर दार्जीलिङका विभिन्न स्थानहरूसहित सिक्किम पुगेका छन्। अब अर्को खुड़्किलो भारतका उत्तरपूर्वी राज्यहरू जस्तै असम, शिलङ, मेघालय र अरुणाचल प्रदेशमा जैविक सिम्बिडियम अर्किड, लालुपाते र मौसमी फूलहरू पठाउने तयारीमा लागेका छन्।

प्रेरणाको स्रोत बन्दै

फूलखेतीको माध्यमबाट उनले न केवल आफ्नै रोजगारी सिर्जना गरेका छन्, बरु अरूलाई पनि आत्मनिर्भर बन्न प्रेरित गरिरहेका छन्। उनको यो संघर्षमय यात्रा एउटा उदाहरण मात्र नभएर, पहाड़का अन्य बेरोजगार युवाहरूका लागि नयाँ दिशानिर्देशक बनेको छ। फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै उनले बेरोजगारीको समस्याबाट मुक्त हुने मार्ग देखाइरहेका छन्।

उनको मेहनत र लगनशीलताले स्थापित ‘अर्किड घर’ आज धेरैका लागि प्रेरणाको स्रोत बनेको छ। सरकारी सहयोगको अभाव हुँदाहुँदै पनि उनले आफ्नो सपना जिउँदो राखेर आत्मनिर्भर बने।  ‘अर्किड घर’ केवल फूलहरू बेच्ने ठाउँ मात्र होइन, यो सपना परिपूर्तिको कथा हो, जसले युवाहरूलाई नयाँ बाटो देखाइरहेको छ। फूलखेतीलाई व्यावसायिक रूपमा विस्तार गर्दै उनले बेरोजगारीको समस्याबाट मुक्त हुने मार्ग देखाइरहेका छन्।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ