बागवानी खेतीप्रति अग्रसर बन्दै ग्रामीण कृषकहरू

Share this news

ग्रामीण कृषकहरूले कृषि जन्य बस्तु साग सब्जी खेतीहरूसितै बागवानी खेतीप्रति पनि निक्कै अग्रसर बन्दै गइरहेको देखिन्छ। विगतको दिनहरूमा अम्बक अनि सुन्तला खेतीप्रति कृषकहरूले धेरै चासो देखाउने गरेका थिए भने विशेष रूपमा सुन्तला खेतीमा धेरै बटा रोगहरूको सङ्क्रमणको कारणले हाल यस खेतीलाई कृषकहरूले बिस्तारै छोड्दै अन्य वैकल्पिक बागवानी खेतीहरू तिर अभिरूची बढाउन थालेका छन्। सुन्तलाको माग बजारमा धेरै रहेको भएता पनि भने जस्तो सुन्तला उत्पादन गर्न ग्रामीण कृषकहरू हाल असमर्थ बनिरहेका छन् विगत केही समयदेखि यता भने विभिन्न गाउँ बस्तीहरूमा आइफल खेतीप्रति कृषकहरू निक्के उत्साहित देखिन थालेका छन्। कालेबुङ जिल्लाको लाभा र पेदोङ खण्ड अन्तर्गत रहेको विभिन्न गाउँ बस्तीहरूमा कृषकहरूले आइफल खेती लगाउन थालेका छन्। यी क्षेत्रहरूमा आइफल खेतीको निम्ति उपयोग जलवायु रहेको साथै यस खेतीलाई व्यावसायिक रूपमा लगाउन सके कृषकहरूले यस खेतीबाट धेरै आर्थिक उन्नति गरेर लान सक्ने विश्वास पनि ग्रामीण कृषकहरूले प्रकट गरेका छन्। स्मरण गराइन्छ, विशेष रूपमा आइफल खेतीलाई खण्ड २ का तत्कालीन खण्ड विकास अधिकारी सुवर्ण मजुमदारको पहलमा हिमाचल प्रदेश राज्यको पालमपुरको एउटा आइफल उत्पादन संस्थासित सम्पर्क गरेपछि उक्त संस्थाका प्रतिनिधिहरू आएर यहाँको विभिन्न ग्राम पञ्चायतहरूको दौडाहाका गरेका थिए। उनीहरूले यस क्षेत्रमा आइफल खेती हुन सक्ने जलवायु साथै माटोको पोषक तत्वबारे जानकारी लिएका थिए।
त्यस पश्चात महात्मा गान्धी राष्ट्रिय ग्रामीण रोजगार योजना अर्थात सय दिने कार्य मार्फत बित्तीय वर्ष २०१८-१९मा विभिन्न ग्राम पञ्चायत क्षेत्रहरूमा उक्त आइफल खेती लगाउन शुरू गरिएको थियो। यस आइफल खेतीलाई क्षेत्रमा लगाउनुको निम्ति तत्कालीन खण्ड २ कृषि सहायक निर्देशक डा. गोपाल तामाङले पनि विशेष रूपमा सहयोग पुऱ्याएका थिए। हिमाचल प्रदेश राज्यबाट त्यस समय लोचिल प्रजातिको आइफलको विरूवा लिएर सम्बन्धित ग्राम पञ्चायत मार्फत कृषकहरूलाई वितरण गरिएको थियो। फलस्वरूप त्यस समय लगाइएको आइफलको बोटबाट केहि वर्ष पछि फल्न थालेपछि कृषकहरू यस खेतीप्रति निक्कै उत्साहित भएको अनि यस खेतीलाई लिएर धेरै चासो देखाउन थालेको कृषकहरू बताउँछन्। आइफल खेती प्रति ग्रामीण कृषकहरू प्रोत्साहित गर्दै सामाजिक कार्यकर्ता सेवास्टियन प्रधानद्वारा कृषक हरू लाई आइफलको विरूवा प्रदान गरेर
लानको निम्ति पनि पहल गर्दै आइरहेका छन्। प्रधानले पनि विशेष रूपामा ग्रामीण कृषकहरू आर्थिक विकास गरेर लान विविध कार्यहरू गर्दै कृषक हरूलाई जागरूक गराउँदै आइरहेका छन्। यद्यपि यस खेतीलाई व्यवसायिक रूपमा लगाउनको निम्ति कृषकहरूले आइफलको बोट विरुवालाई सही रूपमा मल जल अनि देखरेख गर्न जरूरी रहेको आवश्यकता रहेको पनि देखिन्छ। यस खेतीको कतिपय प्राविधिक पक्ष रहेको र अन्य फलफुल हरुको तुलनामा सम्बेदनशील रहेकोले साथै सम्बन्धित बागवानी विभागबाट आइफल खेती विशेषज्ञहरू लिएर स्थलगत निरीक्षण गर्दै कृषकहरूलाई यस खेती प्रत्ति व्यवहारिक रूपमा सचेत गराउन पर्ने पनि क्षेत्रका कृषकहरुले सुझाव पनि राखेका छन्। अर्कोतिर क्षेत्रमा आइफल खेतीसितै, निम्बु खेती, एभाकाडो (ठूलो फामपल) किवी, स्थानीय सानो प्रजातिको फामपल खेतीहरूसित अन्य बागवानी खेतीहरू गरेर कृषकहरूले
आर्थिक उन्नति गरेर जीविकोपार्जन गर्न सक्ने धेरै सम्भवना रहेको पनि मानिसहरू बताउछन्। यहाँको कतिपय गाउँहरूको जमीनमा निम्बु, एभाकाडो खेती किवी खुबै फस्टाएर जान सक्ने साथै यस खेतीलाई वृहत् मात्रमा लगाउन सके आर्थिक उपार्जनको एउटा दहिलो साधन बन्न सक्ने पनि ग्रामीण कृषकहरू जनाउँछन्। हाल बजारमा निम्बु अनि एभाकाडो र किवी माग धेरै रहेको जसको उचित मूल्यमा बिक्री हुने गरेकोले धेरै जना कृषकहरूको खाली रहेको जमीनहरूमा यी खेती गर्न सके जसबाट कृषकहरूले धेरै फाइदा उठाउन सक्ने पनि उनीहरूको भनाई रहेको छ। ग्रामीण क्षेत्रमा अलैंची, अदुवा खेती बिस्तारै मासिन्दै जान थालेपछि बागबानी खेतीलाई प्राथमिकता दिएर जमीनमा खेती गर्न सके ग्रामीण कृषकहरूले आर्थिक उन्नति सितै बेरोजगारीहरू आफ्नो गाउँमा रोजगार प्राप्त गर्न सक्ने प्रशस्तै सम्भाबना रहेको देखिन्छ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ