Nepal Judiciary history
Nepal Judiciary history

इतिहासकै कठिन मोडमा देश सम्हाल्ने नेतृत्वमा प्र.म. सुशीला कार्की

Share this news

सुशीला कार्की नेपालको न्यायिक इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशका रूपमा स्थापित नाम हो। उनले सर्वोच्च अदालतको नेतृत्व सम्हाल्दै केवल एक पद सम्हालेकी मात्र होइनन्, पुरुषप्रधान संरचनामा महिला नेतृत्वको दृढ उपस्थिति नै दर्ज गराइन्। उनले महाभियोग प्रस्तावको सामना गर्नुपर्‍यो, तीब्र राजनीतिक दबाब खेप्नुपर्‍यो। तर,उनी विचलित भइनन्। कानुन र संविधानको पक्षमा उभिने उनको अडानले उनलाई दृढ र निडर न्यायाधीशका रूपमा चिनायो।
भ्रष्टाचार, सामाजिक बेथिति र राज्य सञ्चालनका कमजोरीप्रति उनी सधैं मुखर रहिन्। न्यायपालिकाको गरिमा जोगाउन मात्र होइन, राज्यका निकायहरू उत्तरदायी बनाउने सवालमा पनि उनले प्रष्ट धारणा राखिन्। यही स्पष्टता र कठोर अडानका कारण उनी कतिपयका लागि प्रेरणाको स्रोत बनिन् भने कतिपयका लागि असहज पात्र।

जेनजी विद्रोहपछि देश नेतृत्वहीन जस्तै देखिएको, राजनीतिक अन्यौल गहिरिएको र जनतामा निराशा बढिरहेको अवस्थाबीच उनले अन्तरिम सरकारको नेतृत्व सम्हालिन् भन्ने प्रसंगले उनको सार्वजनिक जीवनको अर्को आयाम उजागर गर्छ। उमेरका हिसाबले युवा जोश नभए पनि उनको निर्णय क्षमता, प्रशासनिक दृढता र नैतिक साहस कम भएन। प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेपछि उनले दलगत प्रहार, अवरोध र शंकाहरूको सामना गर्नुपर्‍यो।
निर्वाचन सम्पन्न गराउने दायित्व उनको काँधमा थियो। धेरैले आशंका व्यक्त गरे-यो नेतृत्वले चुनाव गराउन सक्दैन, वातावरण अनुकूल छैन, परिस्थिति जटिल छ। केही दिनअघिसम्म पनि आम नागरिक र राजनीतिक नेतामाझ अन्योल कायमै थियो। तर सुशीला कार्की भने आफ्नो अडानमा अडिग रहिन् – “निर्वाचन भएरै छोड्छ।” आज निर्वाचन भयो पनि। प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्नेहरुको त ताँती नै लागेको थियो। सम्भवतःइतिहासकै कठिन मोडमा देश सम्हाल्ने नेतृत्वमा कार्की पुगेकी थिइन् भन्दा अतिशयोक्ति नहोला!

कार्कीको दृढता, कानुनी प्रक्रिया प्रति सम्मान र संस्थागत स्थायित्वप्रतिको प्रतिबद्धताले देशलाई पुनः जननिर्वाचित सरकारतर्फ अघि बढाउने बाटो खोल्यो।आज देशभरिमा निर्वाचन हुँदैछ र अब जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने घडी नजिकिँदै छ।

सुशीला कार्कीको यात्रा केवल एउटा पदसम्म सीमित छैन।त्यो साहस, नैतिक दृढता र सार्वजनिक उत्तरदायित्वको प्रतीक हो। कठिन परिस्थितिमा पनि संस्थागत प्रक्रिया जोगाउँदै अघि बढ्न सकिन्छ भन्ने सन्देश उनले दिएकी छन्।नेपालको समकालीन इतिहासमा उनको नाम पहिलो महिला प्रधानन्यायाधीश र पहिलो महिला प्रधानमन्त्रीको रूपमा मात्र होइन,दबाबबीच पनि नझुकेकी दृढ नेतृत्वकर्ताका रूपमा पनि स्मरणीय रहनेछ।

Share this news
आजको रोजाइ
रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

आजको रोजाइ