आकाशवाणी खरसाङ मुनि खेल मैदान निर्माणको माग 1976 देखि भइरहेको छ

Share this news

खरसाङ,  (निसं)ः खरसाङमा राम्रो खेल मैदानको अभाव रहेको कुरो सर्वविदितै छ। राम्रो खेल मैदान नभएकोले खरसाङ्मा फुटबल अथवा अन्य खेलकुदको कार्यक्रम आयोजना गर्न सङ्घ-संस्थाहरूले निकै समस्याको सामना गर्न परेको गुनासो धैरै छन्‌‍। खरसाङ फुटबल एसोसिएशनले वर्ष भर विभिन्न फुटबल टुर्नामेन्टहरूको आयोजना गर्ने गरेको छ भने खरसाङ महकुमा खेलकुद सङ्घले फुटबल अनि अन्य खेलकुदको आयोजना वर्षभर गर्ने गरेको छ। यसको अतिरिक्त अन्य विभिन्न सङ्घ-संस्थाहरूले पनि फुटबल लगायत विभिन्न खेलकुदको आयोजना गर्ने गरेका छन्‌‍। यसरी फुटबल टुर्नामेन्टको आयोजना गरेपछि टुर्नामेन्ट सम्पन्न गर्नको निम्ति खरसाङ्का सङ्घ-संस्थाहरू चानबारी खेल मैदानको निम्ति अनुमति प्राप्त गर्न जलपहाड़स्थित सेनाको मुख्यालयमा पुगेर सेना अधिकारी समक्ष विन्ति बिसाउन पर्ने वाध्यता छ। अन्य खेल मैदानको निम्ति सङ्घ-संस्थाहरू गोथल्स मेमोरियल स्कूल र भिक्टोरिया स्कूलको खेल मैदानको निम्ति यी विद्यालयका प्रभारीहरू समक्ष अनुमति माग्न पुग्ने गर्छन्‌‍। खरसाङ्मा रहेको मन्टभियट खेल मैदान सानो रहेकोले 11 खेलाड़ीहरूलाई लिएर फुटबल टुर्नामेन्टको आयोजना गर्न सकिन्दैन। खेल मैदान सानो रहेको त्यहीमाथि वर्तमानमा खेल मैदान वरिपरि आवशहरूको संख्यामा धेरै वृद्धि भएकोले खेलकुदको कार्यक्रमहरू गर्नलाई अझ समस्या हुने गरेको पनि कतिपय सङ्घ-संस्थाको गुनासो छ।

खरसाङ्मा रहेको राम्रो खेल मैदानको अभावलाई पुरा गरियोस भनी माग गर्दै वर्तमानमा खरसाङ स्टेडियम निर्माण समितिले कार्य गरिरहेको छ। हालैमा स्थापना भएको यस सङ्गठनले युद्ध स्तरमा कार्य गरेर विविध कार्यक्रमहरू सम्पन्न गरिसकेको छ। विभिन्न सङ्घ-संस्थाहरूका प्रतिनिधिहरूको सहभागितामा गठन भएको यो समितिले खरसाङ्मा एउटा क्षमता सम्पन्न स्टेडियम निर्माणको निम्ति प्रतिबद्ध भएर कार्य गरिरहेको छ।

समितिका पदाधिकारीहरूले स्टेडियमको निम्ति तीनवटा स्थान चिन्हित गरेको बताएका छन्‌‍। चानबारी खेल मैदान, चानबारी खेल मैदान मुनि रहेको सेरिकल्चरको जग्गा अनि आकाशवाणी खरसाङ मुनि रहेको क्यासलटन चिया बगानको जग्गा, यी तीन स्थान हुन्‌‍। जसमा चानबारी खेल मैदान सेनाको अधिनमा रहेकोले यो खेल मैदानलाई सेनाको अधिनबाट मुक्त गरेर स्टेडियम निर्माण गर्नलाई निकै कार्य गर्न पर्ने देखिएको छ। चानबारी खेल मैदानमा खरसाङ बजारदेखि दुई किलोमिटरको दुरीमा रहेकोले यहाँ स्टेडियम निर्माणपछि दर्शकहरूको चासो कस्तो रहला भन्ने पनि एउटा मनन्‌‍ योग्य विषय छ।

चानबारी खेल मैदान मुनिको जग्गा शहरदेखि निकै टाड़ोमा रहेकोले यहाँ स्टेडियम निर्माण गरिएपछि दर्शकहरूको उपस्थिति के-कस्तो रहला भन्ने कुरोमा कतिपयले आशंका प्रकट गरिरहेका छन्‌‍।

आकाशवाणी खरसाङ मुनिको जग्गा शहरको नजिक अनि निकै सम्म परेको जग्गा रहेकोले यस स्थानमा खेल मैदान अथवा स्टेडियम निर्माण समितिका पदाधिकारी लगायत धेरैले उपयुक्त ठहराएका छन्‌‍। यो स्थान क्यासल्टन चिया बगानको अधिनमा रहेको र यहाँ चियाका बोटहरू रहेकोले चिया बगान पक्षको रजामन्दी एउटा टटकारो विषय बनेको छ।

आकाशवाणी खरसाङ मुनिको जग्गामा खेल मैदान निर्माण गरिन पर्छ भनी सन्‌‍ 1976 देखि माग उठेको तथ्यहरू प्राप्त भएको छ। यी तथ्यहरूको आधारमा वर्तमान स्टेडियम निर्माण समितिले पनि यसै स्थानमा स्टेडियम निर्माण गरिन पर्छ भनी माग गरिरहेको छ। 1976 मा खरसाङ्का विशिष्ट व्यक्तिहरूले आरम्भ गरेको खेल मैदान निर्माणको अभियानलाई अघि बढ़ाउदै खरसाङ स्टेडियम निर्माण समितिले कार्य गर्ने निर्णय गरेको छ।

यस स्थानमा स्टेडियम निर्माणको निम्ति 2016 मा पनि सक्रिय रुपमा कार्य गरिएको थियो। त्यस समय पनि खरसाङ्का विभिन्न खेलकुद सङ्घ-संस्था, व्यक्ति-व्यक्तित्वहरूले यस स्थानमा खेल मैदान अथवा स्टेडियम निर्माणको निम्ति सक्रियता पूर्वक कार्य गरेका थिए। यहाँ एउटा स्टेडियम निर्माणको निम्ति प्रक्रिया अघि बढ़ाइएको पनि थियो तथापि, क्यासल्टन चिया बगान पक्षले यहाँ स्टेडियम निर्माण गरिन्दा धेरै चियाका बोट उखेलिने चिन्ता प्रकट गरेको थियो। त्यपछि पहाड़को राजनीतिक घटनाक्रमले यो प्रक्रिया अघि बढ़न नसकेको त्यस समय सक्रियता पूर्वक कार्य गर्नेहरूले बताएका छन्‌‍।

यसै स्थानमा स्टेडियम निर्माणको निम्ति दागोपाप कालमा पनि तत्कालिन खेलकुद विभागका पार्षद दावा पाखरीनले अनुमोदन गरेका दावी निर्माण समितिका कतिपय पदाधिकारीले गरेका छन्‌‍।

खरसाङ्मा खेल मैदान नभएकोले विभिन्न सङ्घ-सस्थाहरूले फुटबल अनि अन्य खेलकुदको कार्यक्रमहरू आयोजना गर्नलाई समस्याको सामना गर्न परिरहेको छ भने खेल मैदानको अभावमा प्रतिभाशाली खेलाड़ीहरूले आफ्नो खेल कौशलको अभ्यास गर्न समस्याको सामना गर्न परिरहेका छन्‌‍। शहरमा कुनै राम्रो खेल मैदान नहुनुका साथै वर्तमानमा स-साना मैदानहरूमा पनि भवनहरूको निर्माण भएकोले छुट्टीको समयमा बाल-बालिका, युवा-युवतीहरूको निम्ति खेल्ने-कुद्ने स्थानको अभाव अझ बढ़ेर गइरहेको अनुभव धेरैले गरिरहेका छन्‌‍।


Share this news
आजको रोजाइ
सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

सुशील गाउँमा गोरामुमो शाखा समिति गठन, महेश सिङ्ग सभापतिमा चयन 

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

पटनामा खान सरको कोचिङ केन्द्रमा आक्रमण, प्रतिस्पर्धी संस्थामाथि शंका

आजको रोजाइ